विश्वविद्यालयको लापरबाहीले ८२ विद्यार्थीको भविष्य अन्योलमा

काठमाडौं–पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पस अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट गैँडाकोट २ नवलपुरका ८२ जना विद्यार्थीको भविष्य अन्योलमा परेको छ ।
सिभिल इन्जियरिङको तेस्रो सेमेस्टरमा प्रोजेक्ट फस्ट र पाँचौ सेमेस्टरमा प्रोजेक्ट सेकेण्ड भन्ने विषय हुन्छ । त्यो विषयको परीक्षा विद्यार्थीले तीन वर्ष अगाडि नै दिइसकेका थिए ।
क्याम्पसले विद्यार्थीलाई नम्बर आइसकेको पनि भन्यो । कलेजले भनेको भरमा विद्यार्थीले ट्रान्सकिप निकाल्न गए । तर, ट्रान्सकिपको फारम बुझाइसकेपछि साढे दुई महिना सम्म पनि विद्यार्थीको ट्रान्सकिप आएन । के भएको रहेछ भनेर बुझ्न जाँदा युनिभर्सिटिले नै नम्बर नपठाएको पाइएको अक्सफोर्ड कलेज अफ इञ्जिनियर एण्ड म्यानेजमेन्टका विद्यार्थी सागर पाठकले जानकारी दिए ।
अहिले आफूहरुको भविष्य अन्योलमा परेको भन्दै विद्यार्थीहरु क्याम्पसअगाडि धर्नामा बसेका छन् ।
पाठकका अनुसार सातौ र आठौँ सेमेस्टरमा दुई विषयमा फेल भयो भने चान्स परीक्षा दिने व्यवस्था हुन्छ । तर, त्यही प्रोजेक्ट परीक्षाको कारण तीन जना विद्यार्थीलाई पनि उक्त परिक्षा दिनबाट बञ्चित गरिएको पाठकले जानकारी दिए ।
पाठकले भने, ‘क्याम्पसले नम्बर नपठाएको कारण हाम्रो एक वर्ष लस हुने भयो । ट्रान्सकिप नआएको कारण हामीले धेरै मौका गुमाइसक्यौँ ।’
उनले थपे ‘रजिष्टार हामीसँग एकदमै रुष्ट हुनुहुन्छ । तीन वर्ष अगाडिको परिक्षा हामीसँग खोज्न आउने हो भन्दै अभद्र व्यवहार गर्नुभयो । हिजो पनि तिमिहरु घर गए हुन्छ भन्नुभयो ।’
आइतबार भने कलेजले फर्म भराइरहेको तर फर्म किन भराइरहेको छ भन्ने नै आफूहरुलाई थाहा नभएको पाठकले बताए ।
अक्सफोर्ड कलेजका प्रध्यानाध्यापक हरि भण्डारीले भने बयासी जना विद्यार्थीको समस्या समाधान भइसकेको दाबी गरे । चान्स परीक्षा दिने विद्यार्थीको लागि अर्काे निर्णय भइसकेको पनि उनले जिकिर गरे ।
पोखरा विश्वविद्यालयका रजिष्टार गोविन्द शर्माले भने क्याम्पसले रिजल्ट नै नपठाएकाले नआएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्येष्ठ नागरिकलाई निःशुल्क तीर्थयात्रा
-
सहिद परिवारको घरमा प्रचण्डको बास
-
करोडौँ राजस्व तिरिरहेका ‘फेसबुक’लगायत सामाजिक सञ्जाल किन बन्द गर्न खोज्दै छ सरकार ?
-
पिछडिएका समुदायको उत्थानका लागि स्वरोजगार कार्यक्रम
-
डोटीमा सवारी दुर्घटना, एकको मृत्यु, छ जना घाइते
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य