केन्द्रीय संस्करण

विश्वविद्यालयको लापरबाहीले ८२ विद्यार्थीको भविष्य अन्योलमा

person explore access_timeचैत ५, २०७५ chat_bubble_outline0

काठमाडौं–पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पस अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट गैँडाकोट २ नवलपुरका ८२ जना विद्यार्थीको भविष्य अन्योलमा परेको छ । 

सिभिल इन्जियरिङको तेस्रो सेमेस्टरमा प्रोजेक्ट फस्ट र पाँचौ सेमेस्टरमा प्रोजेक्ट सेकेण्ड भन्ने विषय हुन्छ । त्यो विषयको परीक्षा विद्यार्थीले तीन वर्ष अगाडि नै दिइसकेका थिए । 

क्याम्पसले विद्यार्थीलाई नम्बर आइसकेको पनि भन्यो । कलेजले भनेको भरमा विद्यार्थीले ट्रान्सकिप निकाल्न गए । तर, ट्रान्सकिपको फारम बुझाइसकेपछि साढे दुई महिना सम्म पनि विद्यार्थीको ट्रान्सकिप आएन । के भएको रहेछ भनेर बुझ्न जाँदा युनिभर्सिटिले नै नम्बर नपठाएको पाइएको अक्सफोर्ड कलेज अफ इञ्जिनियर एण्ड म्यानेजमेन्टका विद्यार्थी सागर पाठकले जानकारी दिए । 

अहिले आफूहरुको भविष्य अन्योलमा परेको भन्दै विद्यार्थीहरु क्याम्पसअगाडि धर्नामा बसेका छन् । 

पाठकका अनुसार सातौ र आठौँ सेमेस्टरमा दुई विषयमा फेल भयो भने चान्स परीक्षा दिने व्यवस्था हुन्छ । तर, त्यही प्रोजेक्ट परीक्षाको कारण तीन जना विद्यार्थीलाई पनि उक्त परिक्षा दिनबाट बञ्चित गरिएको पाठकले जानकारी दिए । 

पाठकले भने,  ‘क्याम्पसले नम्बर नपठाएको कारण हाम्रो एक वर्ष लस हुने भयो । ट्रान्सकिप नआएको कारण हामीले धेरै मौका गुमाइसक्यौँ ।’ 

उनले थपे ‘रजिष्टार हामीसँग एकदमै रुष्ट हुनुहुन्छ । तीन वर्ष अगाडिको परिक्षा हामीसँग खोज्न आउने हो भन्दै अभद्र व्यवहार गर्नुभयो । हिजो पनि तिमिहरु घर गए हुन्छ भन्नुभयो ।’ 
आइतबार भने कलेजले फर्म भराइरहेको तर  फर्म किन भराइरहेको छ भन्ने नै आफूहरुलाई थाहा नभएको पाठकले बताए । 

अक्सफोर्ड कलेजका प्रध्यानाध्यापक हरि भण्डारीले भने  बयासी जना विद्यार्थीको समस्या समाधान भइसकेको दाबी गरे । चान्स परीक्षा दिने विद्यार्थीको लागि अर्काे निर्णय भइसकेको पनि उनले जिकिर गरे । 

पोखरा विश्वविद्यालयका रजिष्टार गोविन्द शर्माले भने क्याम्पसले रिजल्ट नै नपठाएकाले नआएको बताए । 


 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...