केन्द्रीय संस्करण
अन्तरवार्ता

अमेरिकाले भेनेजुएलाको अरबौं डलर हडपेर, सुन चोरेर कुहिएको खाद्यान्न सहायता गर्न खोजिरहेको छ

भेनेजुएलाका राष्ट्रपति माडुरोसँगको पठनीय अन्तरवार्ता

person explore access_timeचैत ५, २०७५ chat_bubble_outline0
cdnph.upi.com

दक्षिण अमेरिकी देश भेनेजुयलामा फेब्रुअरीबाट सुरु भएको राजनीति द्वन्द्वको अवस्था अझ जटिल बनेको छ । खासगरी भेनेजुएलाको प्राकृतिक स्रोतसाधनमाथि एकाधिकारवादी हालिमुहाली चलाउने उद्देश्यका साथ एकातिर संरा अमेरिकालगायत उसको पिछलग्गु देशहरूले उचालेका हुँवा गुइडोले अलग अन्तरिम सरकारको दाबी गरिरहेको छ भने अर्कोतिर निर्वाचित राष्ट्रपति निकोलस माडुरो नेतृत्वको सरकारले विदेशी हस्तक्षेपको प्रतिरोध गरिरहेको छ । मार्च महिनाको दोस्रो साता भेनेजुयलाभरि विद्युत आपूर्ति ठप्प भयो । विपक्षी राजनीतिक खेमाको प्राविधिक हमलाको कारण विद्युत आपूर्ति बन्द भएको माडुरो सरकारले बताएको छ । विद्युत वितरण प्रणालीमा भएको हमलाको माडुरो सरकारले सफलतापूर्वक प्रतिरोध गर्‍यो । केही दिनमै अधिकांश क्षेत्रमा विजुली आपूर्ति नियमित गरियो ।

संरा अमेरिका, बेलायतलगायत केही देशहरूले भेनेजुयलास“ग सिमाना जोडिएको कोलोम्बिया क्षेत्रमा सहायताका सामना थुपारेका छन् । तर, भेनेजुयलाको माडुरो सरकारले ती कथित सहायता सामग्री आफ्नो देशको अपमान र हस्तक्षेपको लागि ल्याइएको भन्दै आफ्नो सिमानाभित्र जान दिन अस्वीकार गर्दै आएको छ । केही पश्चिमा सञ्चारमाध्यमले यसरी सहायता सामग्रीभित्र पस्न नदिएर माडुरो सरकारले आफ्नो जनतामाथि अन्याय गरेको प्रचार गर्दै आएका छन् । त्यत्ति मात्र होइन, भेनेजुयलाको विषयमा बेलाबेला अनेकन चकित पार्ने समाचारहरू आउने गरेका छन् । त्यहा“को मुद्रास्फीति दर एक हजार प्रतिशत रहेको जस्ता समाचारले कहिले बजार पाउने गरेका छन् । वास्तवमा भेनेजुयलाको अवस्था के हो र माडुरो सरकारले यसलाई कसरी लिइरहेको छ भन्ने बारे बुझ्न राष्ट्रपति माडुरोस“ग बीबीसीका संवाददाताले ओर्ला ग्युरिनले लिएको अन्तरवार्ता त्यहाँको वास्तविक वस्तुस्थिति बुझ्न उपयोगी हुने भएकाले नेपाली अनुवाद गरी प्रकाशन गरेका छौं । 

www.aljazeera.com

सैनिक हस्तक्षेपलाई सही ठहर्याउन वा ‘मानवीय’ पुष्टि गर्न अमेरिका भेनेजुएलामा मानवीय सङ्कट सिर्जना गर्न खोजिरहेको छ । यसैको सिलसिला यतिबेला हामी देखिरहेका छौँ । त्यसै कारण उनीहरूले केही विशाक्त खाना र केही बचेका खाद्यमार्फत् देखाउन खोजेको सान्त्वनालाई हामी अस्वीकार गरिरहेका छौँ ।

ग्युरिन :  अन्तरवार्ताका लागि हामी बस्दै गर्दा अमेरिकाले पठाएको सहायता कोलोम्बियामा थन्किएका छन् । यहाँ हामीले धेरै मानिस भेट्यौँ, जसले आफ्ना लागि सहायताको अत्यन्त आवश्यकता रहेको बताए । किन सहायता रोक्नुभएको ?

मदुरो : सबैभन्दा पहिलो कुरा, अमेरिकाले कोलोम्बिया सरकारसँग मिलेर भेनेजुएली जनताको अपमान गर्न यो प्रपञ्च बुनिएको हो । भेनेजुयला आफ्ना जनताका सबै आवश्यकता पँरा गर्न सक्ने क्षमता भएको देश हो ।

अरू देश जस्तै भेनेजुएलाका पनि आफ्नै समस्या छन् । धेरै वर्षदेखि हामी एउटा लडाइँ लडिरहेका छौँ– गरिबी र दुःख कम गर्ने लडाइँ । यो लडाइँमा हामी क्रमशः सफल पनि हुँदैछौँ । हामी रोजगारका अवसर बढाउन चाहन्छौँ, पेन्सन पकाएका सबै ज्येष्ठ नागरिकलाई हामी सामाजिक सुरक्षा दिन चाहन्छौँ । सबै भेनेजुएलाको पहुँचमा सार्वजनिक स्वास्थ्य सेवा पुर्याउन चाहन्छौँ । हाम्रा ९० प्रतिशत छात्रछात्रा र सबै युवकलाई शिक्षा दिने व्यवस्था गर्न चाहन्छौँ ।

भेनेजुएला आफ्नै आत्मसम्मान भएको देश हो । सैनिक हस्तक्षेपलाई सही ठहर्याउन वा ‘मानवीय’ पुष्टि गर्न अमेरिका भेनेजुएलामा मानवीय सङ्कट सिर्जना गर्न खोजिरहेको छ । यसैको सिलसिला यतिबेला हामी देखिरहेका छौँ । त्यसै कारण उनीहरूले केही विशाक्त खाना र केही बचेका खाद्यमार्फत् देखाउन खोजेको सान्त्वनालाई हामी अस्वीकार गरिरहेका छौँ । भेनेजुएलाको आफ्नै आत्मसम्मान छ । भेनेजुएला आफै काम गर्न र उत्पादन गर्न सक्षम छ । भेनेजुएलाका जनता कसैसामु हात पसारेर बाँच्दैनन् ।

ग्युरिन : तपाईंले मानवीय सहायतालाई देखावटी भन्नुभयो । के वास्तवमा तपाईं भोकलाई पनि देखावटी नै देख्नुहुन्छ ? हामीले आफ्नै आँखाले भोक देख्यौँ । मैले पाँच बच्चाकी आमालाई भेटेको थिएँ । उनी भन्दैथिइन्, मेरा बच्चाहरू हरेक रात भोको पेट सुत्छन् । यहाँबाट केही पर मात्र हामीले मानिसहरू खाना खोज्दै फोहोरको डङ्गुर चलाइरहेको देख्यौँ । के तपाईं इमानदारीका साथ भेनेजुएलामा भोक छैन भन्दै  हुनुहुन्छ ?

मदुरो : म तपाईंलाई भन्दैछु, लन्डनको बीबीसीले भ्रमको खेती गरिरहेको छ । अमेरिकी मिडियाहरू पनि त्यही गर्दैछन् । भेनेजुएलामा के भइरहेको छ भन्नेमा उनीहरू गलत प्रचार गरिरहेका छन् । भेनेजुएलामा चरम गरिबी र अभाव ४.४ प्रतिशत छ । निःसन्देह हामीले सुधार्न बाँकी विषय धेरै छन् । तर, कँल २५ प्रतिशत चरम गरिबीबाट हामी आजको स्थानमा आइपुगेका हौँ । हामीले असमानताका अरू पनि मानक घटाइसकेका छौँ । सामाजिक क्षेत्रमा लगानीको हिसाबमा भेनेजुएला सबभन्दा उच्च सामाजिक समानता भएको तथ्याङ्क अन्तर्राष्ट्रिय सङ्घ–सङ्गठनले पनि स्वीकारेको विषय हो ।

के हामीकहाँ समस्याहरू छन् ? छन् । तर भेनेजुएला भोक भएको देश होइन ।

भेनेजुएलामा पौष्टिक तत्वको उच्चता भएका खानामा ज्यादै माथिल्लो पहुँच भएको देश हो । तर पनि हामीमाथि त्यस्तो गलत र पूर्वाग्रह थोपर्नु पछाडि एउटै कारण छः भेनेजुएलामा हुँदै नभएको मानवीय सङ्कटलाई अघि देखाएर हस्तक्षेपको बाटो बनाउनु ।

म अमेरिकाको डोनाल्ड ट्रम्प सरकारलाई भन्न चाहन्छु, तिमीले बैङ्क खाताहरूबाट १० अर्ब अमेरिकी डलर हडपेका छौ । उनीहरूले लन्डनमा सुनको रूपमा अरर्बौं अरब डलर चोरेका छौ । त्यो पैसाले हामी दैनिक आवश्यकताका वस्तु, कच्चा सामग्री, खान र औषधि किन्न सक्थ्यौँ ।

म अमेरिकाको डोनाल्ड ट्रम्प सरकारलाई भन्न चाहन्छु, तिमीले बैङ्क खाताहरूबाट १० अर्ब अमेरिकी डलर हडपेका छौ । उनीहरूले लन्डनमा सुनको रूपमा अरर्बौं अरब डलर चोरेका छौ । त्यो पैसाले हामी दैनिक आवश्यकताका वस्तु, कच्चा सामग्री, खान र औषधि किन्न सक्थ्यौँ । हामीले युरोक्लियरबाट खाद्यान्न, औषधि किन्दै गरेको १ अर्ब ४० करोड अमेरिकी डलर उनीहरूले महिनौँदेखि छिनेका छन् ।

कुरा सामान्य छ, उनीहरूले भेनेजुएलालाई सहयोग गर्नै चाहेको हो भने हाम्रै स्वामित्वको स्रोतमा रहेका अरबौँ डलरलाई खुला गरिदेओस् । तर सस्तो लोकप्रियताको चालबाजी हामीलाई स्वीकार्य छैन । अपमान र हेपाहा प्रस्ताव हामीलाई स्वीकार्य छैन । उनीहरू आज २ करोड अमेरिकी डलर बराबरको विषाक्त र कुहिएको खाद्यान्न सहायता गर्न खोजिरहेका छन् ।

ग्युरिन : राष्ट्रपति मदुरो, मैले तपाईंको भनाइ बुझेँ । तपाईं भेनेजुएलामा कुनै प्रकारको मानवीय सङ्कट नभएको भन्दै हुनुहुन्छ । यदि तपाईंको यो विश्वास नै सत्य भए भेनेजुएलाबाट किन ३० लाखभन्दा बढी मानिस देश छोडेर गए ? त्यति मानिस भनेको भेनेजुएलाको कुल जनसङ्ख्याको एक दसांश हो । अमेरिकाले भेनेजुएलाबाट हरेक दिन ५ हजारको दरले मानिसहरू देश छोडेर गएको बताइरहेको छ । यदि कुनै सङ्कट नभएका किन ती मानिसहरू आफ्नो देश छोडेर गइरहेका छन् ?

मदुरो : पश्चिमा मिडिया सबैमा एउटा समस्या छ । कुनै पनि प्रचारमा ल्याइएका झुठा कुरालाई पनि तपार्इंहरू तथ्यको रूपमा बुझ्नुहुन्छ । भेनेजुएलालाई जोडेर प्रचारमा ल्याएको अप्रवासनको अभियान अतिरञ्जनापूर्ण प्रचारबाजी हुन् । भेनेजुएला त आप्रवासीलाई स्वागत गर्ने देश हो । हामीले आप्रवासीलाई स्वागत गरेको कुरा त तपाईंहरू लेख्नुहुन्न, प्रसारण गर्नुहुन्न । कोलोम्बियामा भएको युद्धका कारण भेनेजुएलामा ५८ लाख कोलोम्बियालीहरू बस्दै आएका छन् । युद्धको समयमा कोलोम्बियामा भएको मानवअधिकार हनन र चुलिँदो अभावका कारण उनीहरू भेनेजुएलामा बस्न आएका हुन् । भेनेजुएलामा ३ लाखभन्दा बढी इटालियन, ३ लाखभन्दा बढी पोर्चुगिज, ३ लाखभन्दा बढी स्पेनी र लाखौँ अरबी जनता बस्छन् । ३ लाखभन्दा बढी इक्वेडरका मानिसहरू र त्यही सङ्ख्या पेरुभियाली जनता बस्छन् ।

हरेक वर्ष भेनेजुएलामा १ करोडभन्दा बढी आप्रवासीहरू भित्रिने गर्छन् ।

तर यतिबेला आर्थिक युद्धका कारण बसाइँसराइले उल्टो गति लिएको मात्र हो ।

हाम्रो आधिकारिक तथ्याङ्कअनुसार गएका दुई वर्षमा आर्थिक कारणले ८ लाखबाट बढेर एक जना पनि भेनेजुएली देश छोडेर गएका छैनन् । उनीहरूले नयाँ विकल्पको खोजीमा देश छोडेका हुन् ।

यसरी देश छोडेर गएका अधिकांश भेनेजुएलीहरूले जहाँ पाइला राखेका छन्, त्यहाँ हण्डर खाएका छन् । किनभने उनीहरूले अपेक्षा नै नगरेसरी उनीहरूले आफै गएको ठाउँमा जातिवाद, विभेद, श्रम दासता भोगे । अहिले हजारौँ भेनेजुएलीहरू स्वदेश फर्कंदैछन् । म तपाईंलाई भन्न सक्छु– आर्थिक नाकाबन्दी, आर्थिक तगारा र आर्थिक कारबाहीहरूबीच भेनेजुएला सामाजिक विकास, सामाजिक सुरक्षाजस्ता क्षेत्रमा अवसर दिने देश हो । भेनेजुएला अझै पनि आप्रवासीलाई स्वागत गर्ने देश हो । यही सत्य हो ।

पश्चिमा देशहरूमा भेनेजुएलाको अवस्थाबारे भ्रम प्रचार गर्ने खाका स्थापित बनाइएको छ । त्यो खाकाले कुनै पनि हस्तक्षेप र हमलालाई सही ठहर्याउन खोजिएको छ । अहिले भइरहेको यही हो ।

गएको वर्ष सन् २०१८ को डिसेम्बर महिनामा मात्र कति जना कोलोम्बियाली जनता भेनेजुएलामा आए थाहा छ ? १ लाख २० हजार कोलोम्बियाली जनता भेनेजुएला आए । उनीहरू थपिए पछि भेनेजुएलामा कोलोम्बियालीको सङ्ख्या ५८ लाख पुगेको हो । यो कसैले भन्न नचाहेको सत्य हो । पश्चिमा देशहरूमा भेनेजुएलाको अवस्थाबारे भ्रम प्रचार गर्ने खाका स्थापित बनाइएको छ । त्यो खाकाले कुनै पनि हस्तक्षेप र हमलालाई सही ठहर्याउन खोजिएको छ । अहिले भइरहेको यही हो ।

ग्युरिन : तर राष्ट्रपति मदुरो, तपाईंले हरेक दिन ठूलो सङ्ख्यामा मानिसहरू कोलोम्बियातिरबाट देश छोडिरहेका छन् । तपाईंकै तथ्याङ्कलाई नै सही मान्दा पनि ८ लाख मानिस त देश छोडिसकेका रहेछन् । किन झण्डै दस लाख मानिस देश छोडेर जानुपर्यो ? अनि तपाईं अझै पनि देशमा मानवीय सङ्कट छैन भन्नु हुन्छ ?

मदुरो : तपाईंले हामीले सामना गरिरहेको आर्थिक युद्ध र वित्तीय अप्ठ्यारालाई देख्नुपर्छ । संसारको कुनै पनि कुनामा भेनेजुएलाको नाममा रहेको बैङ्क खाता खोजी पत्ता लगाइएको छ । यसले हाम्रो आर्थिक अवस्थामा प्रभाव पारेकै छ । केही भेनेजुएली जनता सामाजिक सञ्जालका प्रचारबाजीका कारण विदेश गएर कुनै वैकल्पिक प्रकारको रोजगारीको खोजीमा लागेका छन् । शैक्षिक रूपमा उच्च योग्यता भएका भेनेजुएलीहरू नै विदेश गएका छन् । विश्वविद्यालयका शिक्षक र प्राध्यापकहरू विदेशिएका छन् । निकै राम्रो क्षमता भएका मानिसहरू बाहिरिएका छन् । उच्च प्रविधिमा दक्ष जनशक्ति विदेशिएका छन् । उनीहरू विदेशमा कुनै विकल्पको खोजी गर्न गएका हुन् । तर उनीहरूले त्यहाँको अवस्था अझ भयावह भएको अनुभव गरेका छन् । आर्थिक कारणले विदेशिएका ती भेनेजुएली जनतामध्ये अधिकांश घर फर्कनेमा तपाईं ढुक्क भए हुन्छ ।

अरू कुनै पनि दक्षिणी गोलाद्र्धका, तेस्रो विश्वका, ल्याटिन अमेरिकाका देशहरूमा जस्तै भेनेजुएलामा पनि समस्याहरू छन् । सामाजिक विकासका मानकमा हमीले धेरै प्रगति गरिसकेका छौँ । यो नै वास्तविकता हो । सिङ्गो महादेशमा सामाजिक प्रगतिको क्षेत्रमा सबभन्दा उच्च सफलता पाएको देश नै भेनेजुएला हो ।

अहिले हाम्रो देशमा समस्या भएको कुरा सत्य हो । तपाईं भन्नुस् त ओर्ला, संसारकै सबभन्दा शक्तिशाली साम्राज्य हामीविरुद्ध खनिदैछ, हाम्रा खातालाई निशाना बनाइरहेका छन्, विदेशमा रहेका हाम्रा सबै सम्पत्तिलाई रोक्का लगाइन्छ, भेनेजुएला जान हिँडेका कुनै पनि जहाजमाथि कडा निगरानी राखिन्छ भने निःसन्देह त्यसले यहाँको जीवनका उल्लेखनीय समस्या निम्त्याएको हुन्छ । हामीले यही सामना गरिरहेका छौँ । तर, हामी यो समस्यालाई समाधान गर्नेछौँ र यी चुनौतीमाथि विजय हासिल गर्नेछौँ ।

ग्युरिन : तपाईंले यहाँ देखिएका कतिपय समस्या अरू देशमा देखिने भन्नुभयो । तर राष्ट्रपति महोदय गएको साल त भेनेजुएलाको मुद्रास्फीति दर त निकै उच्च थियो । १० लाख प्रतिशतको मुद्रास्फीति देखियो । संसारका कुनै पनि देशले यति अचाक्ली मुद्रास्फीति त अनुभव गरेको थिएन । तपाईं राष्ट्रपति पदमा आउँदा यहाँको मुद्रास्फीति दर २० प्रतिशत थियो । के तपाईंलाई यो आर्थिक दुरावस्थाको निम्ति तपार्इंको कुनै सम्बन्ध भन्दै हुनुहुन्छ ?

हामी कहाँ आर्थिक हमलाका समस्या छन् । तर, ग्युरिन तपाईं आफै भन्नुहोस्, दस लाख प्रतिशतको मुद्रास्फीतिमा संसारको कुन देश टिक्न सक्छ ? तर, तपाईंहरू त्यसैलाई सत्य मानिदिनुहुन्छ । भेनेजुएलाको विरोधमा हुने बित्तिकै तपाईंहरू कुनै अङ्कलाई समेत प्रश्न गर्नुहुन्न ।

मदुरो : म फेरि पनि दोहोर्याउँछु, तपाईं पश्चिमा मिडियामा आएका कुरालाई नै आधार बनाइरहनुभएको छ । म तपार्इंलाई भेनेजुएलाको अवस्थाबारे गरिहाइमा बुझ्न आग्रह गर्न चाहन्छु । निःसन्देह हामी कहाँ आर्थिक हमलाका समस्या छन् । तर, ग्युरिन तपाईं आफै भन्नुहोस्,  दस लाख प्रतिशतको मुद्रास्फीतिमा संसारको कुन देश टिक्न सक्छ ? तर, तपाईंहरू त्यसैलाई सत्य मानिदिनुहुन्छ । भेनेजुएलाको विरोधमा हुने बित्तिकै तपाईंहरू कुनै अङ्कलाई समेत प्रश्न गर्नुहुन्न । भेनेजुएलाको विषयमा भनिएका कुनै पनि झुठप्रति तपाईंहरू आलोचनात्मक रूपमा समेत हेर्नुहुन्न ।

हो, तपाईंहरू यस्तै हुनुहुन्छ । बीबीसी यस्तै छ । सीएनएन यस्तै छ । तपाईंहरू पश्चिमा मिडिया हुनुहुन्छ किनभने तपाईंहरू हाम्रो देशमा हस्तक्षेपको खाका बोकेर आइरहनुभएको छ । पश्चिमका लागि भेनेजुएला किन यति चासोको विषय बन्ने गरेको छ ? अमेरिकाका लागि भेनेजुएला किन यति चासोको विषय बनेको छ ? हामीले आलु उत्पादन गरे, हामीले धनियाँ उत्पादन गरे, हामीले स्याउ उत्पादन गरे सम्भवतः हामी त संसारको भूराजनीतिक नक्सामा अस्तित्वमा हटाइसकेका हुन्छौँ ।

तर भेनेजुएलाले तेल उत्पादन गर्छ । भेनेजुएला संसारकै सबभन्दा धेरै तेलको खानी भएको देश हो । भेनेजुएलासँग संसारकै चौथो सबभन्दा ठूलो ग्यासको खानी छ । हामीसँग संसारकै सबभन्दा ठूलो सुनको खानी छ । यो पुष्टि भइसकेको विषय पनि हो । त्यसकारण भेनेजुएला महत्त्वपूर्ण बनेको छ । भेनेजुएला तेल उत्पादक देशहरूको सङ्गठन ओपेकको नेता देश हो । आजभोलि ओपेकको अध्यक्ष नै भेनेजुएला छ । त्यसकारण भेनेजुएलामाथि कुनै पनि प्रकारको आरोप लगाउन जरुरी मानिएको छ । सामाजिक, आर्थिक, राजनीतिक र सैनिकलगायत सबै खाले हमला गर्न आवश्यक ठानिएको छ । भेनेजुएलालाई पन इराक र लिविया जस्तै बनाउन भेनेजुएलालाई चारैतिरबाट घेर्न खोजिएको छ । तर भेनेजुएला भनेको इराक वा लिबिया होइन । भेनेजुएलाको आफ्नै क्षमता छ । हामी यस्ता सबै मुद्दाको सामना गर्नेछौँ । तपाईं ढुक्क हुनुहोस्, मिडियामार्फत भइरहेका सबै हमला, झुठमाथि हामी सत्यको अस्त्रमार्फत विजय हासिल गर्नेछौँ ।

ग्युरिन : तपाईंलाई हामीले कुनै विचार पहिले नै बोकेर आएको जस्तो लागेको रहेछ । दुई साताअघि म पहिलो पटक भेनेजुएला आएको हुँ । यसक्रममा हामी स्वयंले यहाँको जीवन अवस्था नियालेर हेरेका छौँ । हामीले एक जना क्यान्सरको रोगी युवकलाई भेटेका छौँ । उनकी आमालाई बायोप्सीको पैसा लाग्ने बताइएको रहेछ । बायोप्सीका लागि तिर्न पुग्ने पैसा कमाउन उनको आमालाई कम्तीमा दुई वर्ष लाग्ने रहेछ । क्षयरोगीले थलिएका एक जना बिरामीलाई पनि हामीले भेटेका थियौँ । औषधि अभावका कारण उनको उपचार भइरहेको थिएन । ब्रेन ट्युमर भएका एक जना युवकलाई पनि भेटेका थियौँ । उनले शल्यक्रियाको एक वर्षदेखि प्रतीक्षा गरिरहेको बताए । शल्यक्रियाका लागि आवश्यक सामग्रीको जोरजाम गर्ने उनकै जिम्मेवारी रहेछ । म स्वयम्ले यी मानिसहरूसँग भेटेर उनीहरूका अनुभव आफैले सुनेको हुँ । उनीहरूलाई तपाईं के भन्नुहुन्छ ?

मदुरो : हामीले यही विषयमा लडाइँ लडिरहेका छौँ । युरोक्लियरमा हडपेको १ अर्ब ४० करोड अमेरिकी डलरमध्ये आधा पैसा त मधुमेह र क्यान्सर रोगका औषधिका लागि थियो । त्यो पैसा त्यहीँ रोक्का गरिएको छ । अनि हामीले पोर्चुगलबाट पनि प्रयास गर्यौँ । त्यहाँ पनि २ अर्ब अमेरिकी डलर रोक्का गरियो । तथापि हामीले औषधि किन्न सफल भयौँ । यो ज्यादै ठूलो प्रयासबाट सम्भव भएको थियो । हामीले जस्ता समस्या सामना गर्यौँ, त्यस्तो समस्या त अरू कुनै पनि देशले सामना गरेन होला ।

आर्थिक नाकाबन्दी र आर्थिक तगाराबीच पनि हामीले यसरी जनतासम्म सेवा बिस्तार गरिरहेका छौँ र निकै मिहिनेतका साथ सबै बन्दोबस्त गरिरहेका छौँ । हामीले औषधि कारखाना र राष्ट्रिय औषधि उद्योगलाई प्राथमिकता दिइरहेका छौँ । नाकाबन्दी नलगाइएको देशको तुलनामा हामीले तीन गुणा बढी मिहिनेत गरेर यो सबै कुराको व्यवस्था गरिरहेका छौँ ।

ग्युरिन : तर मानिसहरूले औषधि किन्न सकिरहेका छैनन् । औषधि त होला तर हामीले त्यस्ता मानिस भेट्यौँ, जसले दुई बट्टा एन्टिबायोटिक किन्न पूरै महिनाभरीको तलब लाग्ने भन्दै थिए ।

मदुरो : पहिलो कुरा त तपाईं शल्यक्रिया गरिएका र उपचार गराइरहेका केही मानिसका एकाध घटनाको कुरा गरिरहनुभएको छ । ढुक्क हुनुहोस्, भेनेजुएलाको स्वास्थ्य प्रणाली उनीहरूसम्म पक्का पुग्नेछ । चिकित्सा प्रणालीले गर्नुपर्ने सबै काम उनीहरूको सन्दर्भमा पनि गर्नेछ । औषधि वितरणको प्राथमिक व्यवस्थाको कुरा गर्दा संसारका अरू कुनै पनि देशको भन्दा हाम्रो देशमा उत्तम बन्दोबस्त छ । हामी कहाँ पारिवारिक चिकित्सकको पनि व्यवस्था छ । ३० हजारभन्दा बढी चिकित्सकहरू समुदाय र गाउँगाउँमा परिचालित छन् । चिकित्सकहरू स्वास्थ्य चौकीमै बसेर मात्र जनताको सेवा गर्दैनन् । उनीहरू जनताको घर–घर पुगेर जनताको सेवामा अहोरात्र खटिरहेका हुन्छन् । स्वास्थ्य चौकीमा होस् वा घर–घर पुग्दा होस्, चिकित्सकले जनतालाई आवश्यक पर्ने औषधि आफै बोकेर लगेका हुन्छन् । आर्थिक नाकाबन्दी र आर्थिक तगाराबीच पनि हामीले यसरी जनतासम्म सेवा बिस्तार गरिरहेका छौँ र निकै मिहिनेतका साथ सबै बन्दोबस्त गरिरहेका छौँ । हामीले औषधि कारखाना र राष्ट्रिय औषधि उद्योगलाई प्राथमिकता दिइरहेका छौँ । नाकाबन्दी नलगाइएको देशको तुलनामा हामीले तीन गुणा बढी मिहिनेत गरेर यो सबै कुराको व्यवस्था गरिरहेका छौँ । निजी क्षेत्रमार्फत भएको औषधि आपूर्ति र बिक्री वितरणलाई नियमित बनाइरहेका छौँ ।

ग्युरिन : तर, हामी यहाँबाट नजिकै एउटा अस्पतालमा पुग्दा त्यहाँ इन्सुलिन नभएको पायौँ । उनीहरूसँग इन्सुलिन नभएको पाँच वर्ष भइसकेको रहेछ । उनीहरूसँग आधारभूत औषधि पनि रहेनछ । काराकसकै एउटा सार्वजनिक अस्पतालको अवस्था यस्तो छ भने भेनेजुएलाका अन्य क्षेत्रको अवस्था कस्तो भयो होला ?

मदुरो : मैले भेनेजुएलाको कुनै भूभाग वा काराकसको मात्र कुरा गरिरहेको छैन । म समस्याले पिल्सिएको सिङ्गो भेनेजुएलाको विषयमा कुरा गर्दैछु । उनीहरू (पश्चिमा शक्ति) हाम्रो नाक मुख बन्द गरिदिन्छन् अनि सोध्दैछन्, तिमी कसरी निस्सासिरहेका छौ ? तपाईंको प्रश्न यही हो । तपाईंहरू सबै कुरामाथि प्रश्न गर्नुहुन्न । वित्तीय कारबाही, नाकाबन्दी र पश्चिमबाट, लन्डनबाट तपाईंहरूले बोकेको सोचको अभिप्राय भनेको निस्सासिएको मानिसलाई मार्ने र सिध्याउने हो ।

तर, हाम्रो सोच फरक छ । हाम्रो सोच भनेको जनताको सेवा गर्न प्रतिरोध गर्ने हो । तपाईं सबै हमला र त्यो हमलाले निम्त्याउने सामाजिक दुष्प्रभावलाई सही प्रमाणित गर्न आउनु हुन्छ । हाम्रो देशका नाममा रहेका बैङ्क खातामा रहेको पैसा सबै हडपिन्छ । औषधि खरिद गर्न राखिएको पैसा यसरी रोक्का गरेर अनि फेरि हामीसँग औषधि किन भएन भनी प्रश्न सोधिन्छ । हामीसँग किन औषधि भएन ? हामी पनि प्रतिप्रश्न गर्छौं–किन त्यस्तो अवस्था आयो ? तपाईं आफ्नो सोच परिवर्तन गर्ने प्रयास गर्नुहोस् । भेनेजुएला किन विश्वको भूराजनीतिक केन्द्र बनिरहेको छ ? भेनेजुएला नै किन ? एसिया वा ल्याटिन अमेरिका वा अफ्रिकाको कुनै देश किन भएन ? किन ? तपाईं आफैलाई सोध्नुहोस् । किनभने उनीहरू हामीमाथि कब्जा जमाउन चाहन्छन्, हामीलाई उपनिवेश बनाउन चाहन्छन् । तर, त्यसो गर्न उनीहरूले सक्नेछैनन् । हामी दृढ छौँ, वैधानिक छौँ र जनप्रिय छौँ । समस्यासँग जुझिरहेका जनतालाई किन यी सबै समस्या भोग्नुपरिरहेको छ भन्नेबारे राम्ररी थाहा छ । उनीहरू हामीले दिएका सबै कुरा जोगाउन तयार छन् र क्रान्तिलाई समर्थन गर्छन् । यदि जनताको यस्तो विश्वास नहुँदो हो त हामी बितेका बीस वर्षदेखि सरकारमा हुने थिएनौँ । यो अवधिमा भएका २५ निर्वाचनमध्ये हामीले २३ वटा निर्वाचनमा विजय हासिल गरेका छौँ । तपाईंले आफूले आफैलाई सोध्नु सक्नुपर्छ, किन तपाईंले बोक्नुभएको बुझाइले काम गरिरहेको छैन । उत्तरबाट ल्याइएको यस्तो सोच भेनेजुएलामा किन भुत्ते भएको छ । किन ?

ग्युरिन : तर, गएको साल भएको निर्वाचनलाई तपाईंको विजयलाई त धेरै मानिसले स्वीकारेका छैनन् । भेनेजुएलाको अन्तरिम राष्ट्रपतिको रूपमा हुवाँ गुइएडोलाई स्वीकार्ने सरकारको सङ्ख्या पचासभन्दा बढी पुगिसकेको छ ।

तपाईं कतिको वस्तुगत र विश्वसनीय पत्रकार हो भन्ने कुराको तय गर्ने जिम्मेवारी तपाईंमै भर पर्ने कुरा हो । नभए तपाईं यहाँ भेनेजुएलाविरुद्ध आफ्नो प्रचार युद्ध, बीबीसीको प्रचार युद्ध र पश्चिमाहरूको प्रचार युद्धको पुष्टि मात्र गर्न आउनुभएको प्रमाणित हुनेछ ।

मदुरो : पचास रे, यो सङ्ख्या तपाईंले कहाँबाट ल्याउनुभयो ? तपाईंसँगको यो मनको लड्डु कतिसम्म सही हो– होइन, त्यसमा विचार गर्नुपर्छ । तपाईंले यो बुझाइमा पुनर्विचार गर्नुपर्छ । म तपाईंलाई केही भन्दिनँ । तपाईं कतिको वस्तुगत र विश्वसनीय पत्रकार हो भन्ने कुराको तय गर्ने जिम्मेवारी तपाईंमै भर पर्ने कुरा हो । नभए तपाईं यहाँ भेनेजुएलाविरुद्ध आफ्नो प्रचार युद्ध, बीबीसीको प्रचार युद्ध र पश्चिमाहरूको प्रचार युद्धको पुष्टि मात्र गर्न आउनुभएको प्रमाणित हुनेछ ।

भेनेजुएला भद्र देश हो । शान्तिपूर्वक बाँच्नु पाउनु भेनेजुएलाको अधिकार हो । हामीले यो प्रचारयुद्धको सामना गरिरहन पर्नु उचित होइन । भेनेजुएला युद्धको पक्षमा छैन । भेनेजुएला तपाईंहरूले चलाउनुभएका यी सबै प्रचार युद्धको नतिजा चाहँदैन । त्यो नतिजा भनेको एक दिन हाम्रो देशमा कब्जा जमाउन विदेशी सेनाले परेड खेल्नेछन् । भेनेजुएला शान्ति चाहन्छ, सम्मान चाहन्छ र तपाईंहरूको हरेक दिनको झुठ बन्द भएको चाहन्छ ।

ग्युरिन : तर के तपाईं यो तथ्याङ्कमा विमति राख्नुहुन्छ ?  विपक्षी नेता हुवाँ गुइएडोलाई पचासवटा देशले मान्यता दिइसकेको कुरा तपाईं मान्नुहुन्न ?

मदुरो : म सहमत हुने नहुने कुरा होइन, कुरा तपाईं झुठ बोल्दै हुनुहुन्छ भन्ने हो । तपाईं त्यस्तो व्यक्ति हो जसले जडता व्यक्त गर्नुहुन्छ । भेनेजुएलाविरुद्ध पश्चिमाको जडता तपाईंहरू प्रचार गर्नुहुन्छ । तपाईं जड हुनुहुन्छ । आफूले भनेको कुरा कति सही हो– होइन समेत परीक्षण गर्ने सामथ्र्य नभएको जडता । तपाईंहरूसँग आलोचनात्मक चेत नै छैन । तपाईंहरूको सोच्ने एउटै तरिका मात्र छ । त्यही भएर तपाईंहरू आफै तय गर्नुहुन्छ– यही हो सोच्ने तरिका ।  

ग्युरिन : राष्ट्रपति मदुरो, यो तथ्य हो । यी देशहरूले विपक्षी दलको नेतालाई राष्ट्रपतिको रूपमा स्वीकारिसकेका छन् । तपाईं ती देशहरूलाई के भन्नुहुन्छ ?

मदुरो : सर्वप्रथम त, यो सङ्ख्या पचास होइन । युरोपेली सङ्घलाई यसमा सामेल गर्न मिल्दैन ।

तपाईंले आफैलाई सोध्नुपर्ने प्रश्न के हो भने यस्ता सबै राजनीतिक हमला कहाँबाट भइरहेका छन् ? सत्ताविप्लवको अवस्था कहाँबाट आइरहेको छ ? कहाँबाट आउँछन् यी सबै कुरा ? कसैले पनि निर्वाचित नगरेको सरकारलाई भेनेजुएलामा थोपर्ने प्रयास भइरहेको छ । चोकमा घोषणा गरेको सरकार नितान्त असंवैधानिक र अनियमित छ । कहाँबाट आइरहेको छ यो ? ह्वाइट हाउसबाट ।

त्यसो त यसो भन्नु मेरो कर्तव्य होइन । तर, डोनाल्ड ट्रम्पको राजनीतिमा सम्बद्ध दसवटा सरकारले, देशले होइन, सरकारले मात्र यसो गरेका हुन् । तपाईंले आफैलाई सोध्नुपर्ने प्रश्न के हो भने यस्ता सबै राजनीतिक हमला कहाँबाट भइरहेका छन् ? सत्ताविप्लवको अवस्था कहाँबाट आइरहेको छ ? कहाँबाट आउँछन् यी सबै कुरा ? कसैले पनि निर्वाचित नगरेको सरकारलाई भेनेजुएलामा थोपर्ने प्रयास भइरहेको छ । चोकमा घोषणा गरेको सरकार नितान्त असंवैधानिक र अनियमित छ । कहाँबाट आइरहेको छ यो ? ह्वाइट हाउसबाट । कसले चलाइरहेको छ यो सबै खेल ? डोनाल्ड ट्रम्पले । ह्वाइट हाउसभित्रको अतिवादले भेनेजुएलामा सत्ताविप्लव थोपर्न आफै अघि सरेका छन् । हामीले यो अस्वीकार गरेका छौँ, सिङ्गो विश्वले यसलाई अस्वीकार गरेको छ । आज पश्चिमा प्रचारबाजी निकै राक्षसी तरिकाले बेगवान बनिरहेको छ । डोनाल्ड ट्रम्पको राजनीतिले निरन्तरता पाएको छ । म युरोप, लन्डन, बेलायत लगायत सम्पूर्ण विश्वलाई आग्रह गर्न चाहन्छु, आफैलाई प्रश्न गर्नुहोस्– संयुक्त राष्ट्र सङ्घको बडापत्र उल्लङ्घन गरेर डोनाल्ड ट्रम्पले नेतृत्व गरिरहेको पूर्णतः अतिवादी अवैधानिक राजनीतिलाई साथ दिएर तपाईंहरू कतै बन्द गल्लीमा त फस्दै हुनुहुन्न ? असफलताको अचानोमा त पर्ने होइन ? भेनेजुएला यो कुरामा समर्थन गर्न सक्दैन ।

कोहीबाट पनि निर्वाचित नभएको सरकार थोपर्ने राजनीति असफल भइसकेको छ । भेनेजुएलाको संविधानअनुसार सार्वभौमिकता जनतामा निहित छ र त्यो कसैलाई हस्तान्तरण गर्न सकिन्न ।

जनताको मतले मात्र भेनेजुएलामा राष्ट्रपति निर्वाचित हुन सक्छ । कसैले लन्डनको कुनै चोकमा उभिएर आफूलाई बेलायतको महारानी वा प्रधानमन्त्री घोषणा गरे र उसलाई दुई–चार सरकारले समर्थन गरे के होला ? यो त चकित पार्ने घटना हुनेछ । अन्तर्राष्ट्रिय राजनीतिमा यो सबभन्दा ठूलो राजनीतिक आश्चर्य हुनेछ । भेनेजुएलामा संविधानअनुसार जनताले मतदान गर्छन् । जनताले नै कसैलाई सत्तामा राख्न वा निकाल्न सक्छ ।

ग्युरिन : तपाईंले सबै कुराको निर्णय सरकारले गर्ने कुरा भन्नुभयो । त्यसो भए किन नयाँ राष्ट्रपति निर्वाचनको आह्वान गर्नुहुन्न ? स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचनमार्फत जनतालाई आफ्नो कुरा भन्न दिऊँ । को राष्ट्रपति बन्नुपर्छ भन्ने प्रश्नमा यतिबेला तपाईंको देश निकै विभाजित भएको देखिएको छ ।

मदुरो : कुनै पनि देशमा प्रधानमन्त्री को बन्नुपर्छ, को राष्ट्रपति बन्नुपर्छ भन्ने विषयमा बहस–छलफल हुनसक्छ । तर हरेक देशमा चुनावको निश्चित तालिका हुने गर्दछ । हरेक देशको आफ्नै चुनावी कानुन हुन्छ । गएका अठार महिनामा भेनेजुएलामा २३ जना गर्भनर छान्न चुनाव सम्पन्न भयो । २३ जनामध्ये हामीले १९ स्थानमा जित्यौँ । भेनेजुएलामा ३३५ नगरपालिका छन् । ३३५ नगरपालिकामध्ये ३०७ वटामा हामीले चुनाव जित्यौँ । हामीले चुन्यौँ र बितेका १८ महिनामा ६ पटक निर्वाचन भइसकेका छन् । गएको वर्षको २० मेको दिन हामीले संविधानअनुसार देशको राष्ट्रपति चुन्न निर्वाचन गर्यौँ । मैले कुल मतको ६८ प्रतिशत मत प्राप्त गरेँ । विपक्षीले त्यतिबेला पनि अमेरिकी सरकारको सल्लाहमा निर्वाचन बहिष्कार गरेको थियो ।

उनीहरूले चुनाव बहिष्कार गरे किनभने उनीहरूलाई थाहा थियो, मलाई पराजित गर्न सक्ने विपक्षी दलमा कोही उम्मेदवार थिएन । उनीहरूले एक वर्षअघि नै सत्ताविप्लव गर्ने प्रयास गरेका थिए । भेनेजुएलामा निर्वाचन त भइसकेको छ ।

हुन बाँकी चुनाव भनेको संसदीय चुनाव हो, त्यसका लागि हामी अघि बढ्छौँ । संसद भेनेजुएलाको प्रजातान्त्रिक संस्थाको महत्त्वपूर्ण अङ्ग हो । त्यसलाई पुनः वैधानिक बनाउने काम भएको छैन । चुनाव हुनुपर्नेमा म पूर्णतः सहमत छु । संसदीय चुनाव हुनुपर्छ । संसदको सभामुखको चुनाव हुनुपर्छ । हेर्नोस्, यो महत्त्वपूर्ण प्रक्रिया हो ।

हाम्रो संविधानमा प्रत्याह्वानको व्यवस्था गरेको छ । संसारमा यस्तो व्यवस्था भएको संविधान निकै कम देशमा मात्र छन् । त्यसको अर्थ कुनै पनि सरकारको कार्यकालको बीचमा जनताले प्रत्याह्वानका लागि जनमत सङ्ग्रहको माग गर्न सक्छ ।

विपक्षीहरूसँग एउटा विकल्प बाँकी छ । त्यो भनेको सन् २०२२ मा प्रत्याह्वान प्रक्रियाको माग अघि बढाउने । खेलको नियमको सबैले पालना गरौँ । भेनेजुएलालाई आफ्नो नियम तोड्न लगाउन वा चुनावी कानुन मिच्न लगाउन संसारभरको सौदाबाजी, अन्तर्राष्ट्रिय सौदाबाजी भेनेजुएलामा नथोपरौँ ।

विपक्षीहरूसँग एउटा विकल्प बाँकी छ । त्यो भनेको सन् २०२२ मा प्रत्याह्वान प्रक्रियाको माग अघि बढाउने । खेलको नियमको सबैले पालना गरौँ । भेनेजुएलालाई आफ्नो नियम तोड्न लगाउन वा चुनावी कानुन मिच्न लगाउन संसारभरको सौदाबाजी, अन्तर्राष्ट्रिय सौदाबाजी भेनेजुएलामा नथोपरौँ ।

ग्युरिन :  के तपाईं अब राष्ट्रपति निर्वाचन जित्न सक्नुहुन्छ ?

मदुरो : मैले त चुनाव जितिसकेँ । पछिल्लो समयमा भएका सबै निर्वाचनले मैले प्रतिनिधित्व गरेको द पपुलर बोलिभारियन फोर्ससँग सामाजिक बहुमत, सांस्कृतिक, राजनीतिक र चुनावी बहुमत भएको पुष्टि गरेको छ । हामीले चुनाव जितेका छौँ । बितेका बीस वर्षमा भेनेजुएलामा भएका २५ निर्वाचनमध्ये २३ निर्वाचन त हामी जितेका छौँ । राष्ट्रपति चुनाव, गर्भनरको चुनाव, मेयरको चुनाव, संसदको चुनाव, जनमतसङ्ग्रहमा हामीले जितेका छौँ । 

ग्युरिन : तर, धेरैले ती चुनाव निष्पक्ष भएका थिएनन् । विशेषतः पछिल्लो राष्ट्रपति निर्वाचनमा धाँधली भएको भन्दैछन् । बुथ कब्जा गरेको र विपक्षलाई भाग लिन नदिएको जस्ता आरोप लाग्ने गरेका छन् । पछिल्लो चुनाव समान सतहमा उभिएर गरिएको चुनाव नभएको भनाइ छ । त्यसैकारण पछिल्लो चुनावको नतिजालाई सन्देहका साथ हेरिएको छ । तपाईंलाई आगामी चुनावमा पनि आफ्नो विजय हुन पक्का भए नयाँ निर्वाचनमा जान किन डराउनुहुन्छ ?

मदुरो : चुनाव फेरि दोहोर्याउनुको तर्क र कारण के हुन् ? निर्वाचनका लागि सबभन्दा माथिल्लो न्यायिक शाखा भनेको निर्वाचन आयोग हो र निर्वाचन आयोगमाथि कुनै पनि प्रकारको वैधानिक प्रश्न उठेको छैन । जति पनि प्रश्न उठेका छन्, राजनीतिक प्रश्न उठाइएका छन् । कसले उठाइरहेको छ ? अमेरिकाको सरकारले । चुनाव हुनुभन्दा चार महिनाअघि सन् २०१८ को जनवरीदेखि नै अमेरिकी सरकारले भेनेजुएलामा हुने राष्ट्रपति निर्वाचनको कुनै पनि नतिजालाई मान्यता नदिने सङ्केत गरिसकेको थियो । त्यतिबेला त हामीले चुनावको मितिसमेत घोषणा गरेका थिएनौँ । हेर्नोस्, ग्युरिन यो प्रष्टतः युद्ध हो । तपाईंलाई यो कुरा बुझ्न भगवानले विवेक देओस् । बीबीसी हेरिरहनुभएका दर्शकलाई पनि यो सद्बुद्धि देओस् । यो अमेरिकाले थालेको युद्ध हो । आज सत्तासीन अतिदक्षिणपन्थी वर्ग, कु क्लक्स क्लानको स्वार्थको लागि यो हमला भइरहेको हो । ह्वाइट हाउसमा शासन गर्ने वर्गले भेनेजुयलयामाथि कब्जा जमाउन यस्तो गरिरहेका छन् । भेनेजुएलामाथि कब्जा जमाउन उनीहरूसँग राजनीतिक रणनीति, सञ्चार, कूटनीति, युद्धपिपासु चरित्र छ । हामी हाम्रो देशका सबै सत्यलाई बोकेर सबै प्रकारका अतिरञ्जना भत्काउँदैछौँ । हरेक दिन रटान लगाइने झुठको विरोध गरिरहेका छौँ ।

ग्युरिन : के तपाईं वास्तवमै अमेरिकामा कु क्लक्स क्लानले शासन गरिरहेको सोच्नुहुन्छ ?

मदुरो : अमेरिकामा कु क्लक्स क्लानको गोरा अहंकारवादीको अतिवादी समूहले अमेरिकाको नेतृत्व गरिरहेको म विश्वास गर्छु । यो अतिवादीहरूको डफ्फा भएको म विश्वास गर्छु ।

ग्युरिन : के तपाईं राष्ट्रपति ट्रम्पलाई गोरा अहंकारवादी भन्दै हुनुहुन्छ ?

मदुरो : सबैको सामु खुलमखुला उनी गोरा अहंकारवादी हुन् । अमेरिका, युरोप र ल्याटिन अमेरिकामा उनी फासीवादी सोचलाई उकास्दैछन् । नवफासीवादी, नवनाजीवादी सोचको प्रवद्र्धन गर्दैछन् ।

संसारलाई घृणा गर्ने यो अतिवादी खेमा हो । उनीहरू ल्याटिन अमेरिकी, मध्य अमेरिकी, मेक्सिकाली, भेनेजुएलीलाई घृणा गर्छन् । उनीहरू हामीलाई घृणा गर्छन्, हामीलाई होच्याउँछन् । उनीहरू सिङ्गो संसारलाई घृणा गर्छन् किनभने उनीहरू आफ्नै स्वार्थमा मात्र विश्वास गर्छन् । उनीहरू अमेरिकाको हितलाई मात्र विश्वास गर्छन् । त्यसकारण भेनेजुएलाको लागि हामीले नेतृत्व गरिरहेको लडाइँ भनेको हाम्रो देशको सिमानाभन्दा परको पनि लडाइँ हो । यो लडाइँ प्रतिक्रियाको लडाइँ हो । हेर्नोस् त, केही दिनअघि मात्र डोनाल्ड ट्रम्प हामीलाई सैनिक हमलाको धम्की दिइरहेका छन् । भेनेजुएलामा अमेरिकी सेना पठाउने भन्दै थिए– ट्रम्प ।

किन ? एउटा शान्तिपूर्ण देश भेनेजुएलामाथि युद्ध घोषणा गर्नुको कारण, अवस्था र मनसाय के हो ? म संसारका जनतालाई आह्वान गर्न चाहन्छु–निद्राबाट ब्युँझनुस् । आँखा उघार्नुस् । एउटा शान्त देशविरुद्ध कसरी हमला भइरहेको छ । संसारका धेरै देशमा जस्तै भेनेजुएलामा पनि समस्याहरू छन् । तर, शान्तिपूर्ण अवस्थामा मात्र ती समस्याका समाधान हुनसक्छन् । तपाईं वास्तवमै भेनेजुएलामा सहयोगको हात बढाइरहनु भएको छ भने तपाईंले शान्तिलाई समर्थन गर्नुपर्छ ।

अमेरिकालाई भन्नुपर्यो– हस्तक्षेप बन्द गर । भेनेजुएलामा हात नहाल । संवाद र वार्तामार्फत आफ्ना समस्या समाधान गर्ने भेनेजुएलाको पहलकदमीलाई समर्थन गर ।

ग्युरिन : तपाईंले अमेरिकीहरूलाई भेनेजुएलाबाट हात झिक्न भन्नुभयो । यो कुरा जायज छ । किनभने भेनेजुएला तपाईंको देश हो । तर, के तपाईं ल्याटिन अमेरिकी देशहरूबाट पनि आलोचना सामना गरिरहेको मान्नुहुन्छ ? यतिबेला वासिङ्टनले मात्र होइन, ल्याटिन अमेरिकाका अन्य छिमेकी देशहरूले पनि तपाईंको आलोचना गरिरहेका छन् ।

मदुरो : दुर्भाग्यवश केही देशमा यतिबेला अतिदक्षिणपन्थी सरकारहरू शक्तिमा छन् । कोलोम्बिया र चिलीका सरकारहरू यसका दृष्टान्त हुन् । चिलीका राष्ट्रपति पिनेरा पिनोचेको परम्पराबाट आएका हुन् । अर्जेन्टिनाको मार्की पनि उही परम्परामा आधारित हुन् । यतिबेला उनीहरूले अतिदक्षिणपन्थी मोर्चा निर्माण गरिरहेका छन् ।

उनीहरूले सम्मान र सहिष्णुताको अन्तर्राष्ट्रिय नीतिलाई विस्थापित गरेर अन्तर्राष्ट्रिय राजनीतिमा ठूलो असहिष्णुता थोपर्ने, विचारधारा थोपर्न खोजिरहेका छन् । हामी यो दृष्टिकोणको कडा विरोध गरिरहेका छौँ । उनीहरूले एघारवटा देशको समूह बनाएका छन् । तीबाहेक ल्याटिन अमेरिका र क्यारिबियाली देशहरूसँग हाम्रो स्थायी सम्बन्ध छ । हालैसालै मोन्टेभिडियोमा हाम्रो एउटा बैठक भएको थियो । सबैले जान्नुपर्ने निकै महत्त्वपूर्ण बैठक भएको थियो त्यहाँ । कारिकम र क्यारिबियाली क्षेत्रबाट मेक्सिको, बोलिभिया, उरुग्वेलगायत चौधवटा सरकारले त्यहाँ भाग लिएका थिए । उनीहरूले भेनेजुएलालाई चार चरणमा सहयोग गर्न संवादका लागि संयन्त्र बनाउने प्रस्ताव गरेका थिए । त्यो संयन्त्रमा ल्याटिन अमेरिका र क्यारिबिया क्षेत्रका जम्मा १७ वटा देश सामेल हुनेछन् । आजभोलि उनीहरू वार्ता प्रक्रिया कस्तो बनाउने भन्ने विषयमा तयारी गरिरहेका छन् । मैले त्यसलाई पूर्ण समर्थन गरेको छु । त्यो वार्तामा कुनै कुरा गोप्य रहनेछैन । खुला वार्ता हुनेछ । त्यस्तो शैलीको वार्ताले भेनेजुएलालाई शान्तिपूर्वक विषयवस्तु समाधान गर्न मद्दत मिल्नेछ ।

ग्युरिन : तर युरोपले त तपाईंको वैधानिकतामाथि प्रश्न उठाइरहेको छ नि । ह्वाइट हाउस मात्र होइन, ल्याटिन अमेरिकामा तपाईंका छिमेकमा रहेका केही देश मात्र होइनन्, युरोपका शक्तिशाली देशहरू पनि यो कुरा उठाइरहेका छन् ।

ahtribune.com

डोनाल्ड ट्रम्पले लात मारेपछि युरोपका केही देश, केही सरकार डोनाल्ड ट्रम्पको पछाडि लाग्नु दुःखद् कुरा हो । उनीहरू बिनाकारण डोनाल्ड ट्रम्पका पूर्णतः अवैधानिक नीतिको पछि लागेका छन् ।

मदुरो : डोनाल्ड ट्रम्पले लात मारेपछि युरोपका केही देश, केही सरकार डोनाल्ड ट्रम्पको पछाडि लाग्नु दुःखद् कुरा हो । उनीहरू बिनाकारण डोनाल्ड ट्रम्पका पूर्णतः अवैधानिक नीतिको पछि लागेका छन् । युरोपेली सङ्घका राजदूतहरूसँग म बरोबर बैठक बसेको छु । मैले उनीहरूका संविधान पढेको छु । मैले उनीहरूलाई खेलको आपसी सम्मानको कानुनभन्दा बाहिर गएको भनी प्रष्ट बताएको छु । उनीहरूले भन्ने गरेका कुराहरू झुठा छन् । गलत निर्णय गरेका र निर्णय लिन पर्खिबसेका देशहरू समेत सबै युरोपेली देशहरूबाट मैले वास्तवमै बढी आशा गरेको छु । उनीहरूले हामीलाई सुन्नेमा म आशावादी छु । मैले उनीहरूलाई भनी पनि सकेको छु– उनीहरू एकपक्षीय कुरा मात्र सुनिरहेका छन् । युरोपेली सङ्घले जारी गरेका जति पनि वक्तव्य र भनाइहरू छन्, सबै भेनेजुएली अतिदक्षिणपन्थी शक्तिले भन्दै आएको कुराको पूर्णतः पुनःउत्पादन मात्र बनिरहेको छ । यस्तो हुनुहुन्नथ्यो ।

ग्युरिन तपाईं त वास्तवमा ऐतिहासिक, सांस्कृतिक र राजनीतिक एवं प्रजातान्त्रिक पृष्ठभूमि बोकेको एउटा शक्ति हुनुहुन्छ । कमान्डर चाभेजले थालनी यो बोलिभारियाली क्रान्ति अस्तित्ववान शक्ति हो । भेनेजुएलामा यो क्रान्ति शक्तिशाली छ र यो क्रान्ति सुनिन आवश्यक छ । मैले युरोपलाई भनेको छु– कान खोल्नुहोस्, सुन्नुहोस् । आपसी सम्मानको बाटो रोज्नुहोस् ।

ग्युरिन : द बैङ्क अफ इङ्ल्यान्डमा तपाईंहरूको कति सुन रोक्का गरिएको छ ? भेनेजुएलाको स्वामित्वमा रहेको सम्पत्ति बैङ्क अफ इङ्ग्ल्यान्डमार्फत आफ्नो पहुँचमा ल्याउन खोजिरहनुभएको छ । कति सुन रोक्का गरिएको छ र तपाईंहरूले त्यो निकाल्ने कुनै मौका पाउनुभयो कि पाउनुभएन ?

मदुरो : बेलायतमा थपघट ८० टन सुन हुनुपर्छ । वैधानिक रूपमा त्यो सुन भेनेजुएलाको हो ।

त्यसको संरक्षण केन्द्रीय बैङ्कहरूले गरेको हुन्छ । त्यो सुन पनि भेनेजुएलाको केन्द्रीय बैङ्कको स्वामित्वको सुन हो । म आशा गर्छु– अन्तर्राष्ट्रिय कानुनको सम्मान गरिनेछ । भेनेजुएलाको केन्द्रीय बैङ्कको सम्मान गरिनेछ । कानुन नै बलियो हुनेमा म आशावादी छु । वैधानिक रूपमा त्यो सुन हाम्रै भएकाले हामीबाट त्यो सुन लुटिएको छैन ।

ग्युरिन : बेलायतको सरकार र प्रधानमन्त्री थेरेसा मेलाई तपाईं के भन्नुहुन्छ ?

यर्थाथमा प्रधानमन्त्रीसँग हाम्रो उति सम्बन्ध भएको छैन । यदि उनी हाम्रो कुरा सुन्छन् भने म उनीलाई भन्न चाहन्छु– कान खोल्नुहोस् र भेनेजुएलामाथिको हमलालाई नियालेर हेर्नोस् । ल्याटिन अमेरिकामा युद्ध बन्न सक्ने हमलाको साझेदार नबन्नु होस् । त्यो हमला अपराध हो । ह्वाइट हाउसमा बसेको अतिवादी समूहले भेनेजुएलाको नाममा जे पनि गर्न चाहिरहेको छ । म उनीलाई वास्तविकता नियालेर हेर्न आग्रह गर्छु । भेनेजुएलाको हृदयलाई हेर्नोस् । हामीविरुद्ध दैनिक रूपमा मच्चाइने अभियान र जानकारीभन्दा पर छ भेनेजुएलाको वास्तविक अवस्था । आशा गरौँ, बेलायत र समग्र युरोपसँग भेनेजुएलीबीच आपसी सम्मानम आधारित संवादको प्रस्ताव आउनेछ । ल्याटिन अमेरिका र क्यारिबियाली क्षेत्रको शान्तिमा गम्भीर खतरा छ । आवश्यक पर्दा भेनेजुएला लड्न तयार छ । हाम्रो स्वतन्त्रता र स्वाधीनताको निम्ति हामी लड्नेछौँ । हामी विगतमा पनि लडेका थियौँ । विगतमा पनि भेनेजुएलाको लडाइँको मैदानमा धेरै अङ्ग्रेज र आइरिस जनता सामेल भएका थिए । म प्रधानमन्त्री मेमार्फत् बेलायती जनता र सिङ्गो संयुक्त अधिराज्यको जनतासमक्ष हामीप्रति ऐक्यबद्धताका लागि आग्रह गर्न चाहन्छौँ । साथै शान्तिको पक्षमा उभिन आह्वान गर्छौं । जोन लेननको गीत ‘गिभ पिस अ चान्स’लाई सम्झौँ । शान्तिलाई मौका दिऔँ र भेनेजुएलामा सत्यलाई मौका दिऔँ । यही मेरो आह्वान हो ।

ग्युरिन : तपाईंले लड्नका लागि तयार भएको बताउनुभयो । यदि अमेरिकाले भेनेजुएलाको सिमाना नाघेर आए के तपाईं सशस्त्र प्रतिरोध गर्न तयार हुनुहुन्छ ?

मदुरो : त्यस्तो परिस्थितिमा उनीहरूले हामीलाई अर्को कुनै विकल्प छोडेको हुनेछैन । हाम्रो देशको अस्तित्वको अधिकारका लागि हामीले प्रतिकार गर्नैैपर्ने हुन्छ । शान्तिपँर्वक बाँच्न पाउने हाम्रो अधिकार हामीले जोगाउनै पर्ने हुन्छ । त्यस्तो हुनेछैन भन्नेमा म आशा गर्छु । जनताको मत शान्तिको पक्षमा हुनेमा म आशा गर्छु । भेनेजुएली जनता कति भद्र छन् भन्ने कुरा उनीहरूले देखून् । हाम्रा समस्याबारे शान्तिपूर्वक कुराकानी अधिकार हामीलाई छ । कसैले पनि भेनेजुएलामा हस्तक्षेप नगरोस् । कसैले पनि । संसारभरका शक्तिशाली जनमतसामु ह्वाइट हाउसको त्यो अतिवादी समँह पराजीत भइसकेको छ । म यसमा विश्वास गर्छु । म आस्तिक हुँ । म क्रिस्चियन हुँ र म सधैँ ईश्वरसामु हामीलाई सद्बुद्धि दिन र रक्षा गर्न प्रार्थना गर्छु । हामीले सबै कुरा शान्तिपूर्वक नै हासिल गर्नेमा म आस्था राख्छु ।

ग्युरिन : विपक्षहरू स्वयंसेवकहरूको कुरा गरिरहेका छन् । भेनेजुएलाभित्र सहायता सामग्री भित्र्याउन मानिस परिचालन गर्ने कुरा गरिरहेका छन् । यदि उनीहरूले त्यस्तो प्रयास गरे के तपाईंहरूले उनीहरूमाथि गोली वर्षाउनुहुन्छ ?

मदुरो : हामीले त्यस्तो कहिल्यै गरेनौँ । हामी त्यस्तो कहिल्यै गर्दैनौँ । विपक्षीको आफ्नै रणनीति र राजनीति छ । उनीहरू आफ्नै प्रकारले काम गर्न सक्छन् । यो देशमा उनीहरूले जे चाहन्छन्, त्यसै गर्न स्वतन्त्रता राख्छन् । तर, त्यस्तो खालको दमन न कहिल्यै भएको थियो न हुने नै छ ।

ग्युरिन : तर, सरकारविरोधी प्रदर्शनको क्रममा त मानिस मारिएका छन् नि । गएको महिना मात्र संयुक्त राष्ट्र सङ्घले चालिस जना मानिस मारिएको बताएको थियो । तीमध्ये झण्डै २६ जना सुरक्षाकर्मीले मारेको बताएको थियो । मानिसहरूले अझै प्रदर्शन जारी राखेका छन् ।

अन्तर्राष्ट्रिय समाचारमाध्यमले त्यस्तो भेनेजुएला देखाइरहेका छन्, जो यहाँमा सडक हुने गरेको हुँदैन । गएको जनवरी २३ मा ठूला जुलुस भएका थिए । विपक्षीहरूले पनि ठूलो जुलुस निकाले, हामीले पनि निकाल्यौँ । ती तस्बिर र सडकमा तनावका अन्य तस्बिर देखाएर उनीहरू बितेका पन्ध्र दिनदेखि भेनेजुएलामा ठूलठूला प्रदर्शन भइरहेको फलाकिरहेका छन् ।

मदुरो : कुन प्रदर्शन ? उनीहरू बढीमा पन्ध्र दिन टिक्ने कुनै पनि आन्दोलन गरेको कुनै पनि प्रमाण देखाउन सक्दैनन् । मैले हेरेको छु । म अन्तर्राष्ट्रिय समाचारमाध्यम हेर्ने गर्छु । अन्तर्राष्ट्रिय समाचारमाध्यमले त्यस्तो भेनेजुएला देखाइरहेका छन्, जो यहाँमा सडक हुने गरेको हुँदैन । गएको जनवरी २३ मा ठूला जुलुस भएका थिए । विपक्षीहरूले पनि ठूलो जुलुस निकाले, हामीले पनि निकाल्यौँ । ती तस्बिर र सडकमा तनावका अन्य तस्बिर देखाएर उनीहरू बितेका पन्ध्र दिनदेखि भेनेजुएलामा ठूलठूला प्रदर्शन भइरहेको फलाकिरहेका छन् । जनवरीको २५, २८, २९  र फेब्रुअरी १ मा मलाई फोनमार्फत सम्पर्क गर्ने संसारका विभिन्न देशका राष्ट्रप्रमुख र सरकारप्रमुखले मलाई सोध्दै थिए– के भेनेजुएलाका सडकमा ठूलठूला प्रदर्शन भइरहेका छन् ? मैले भने, “अहँ छैन । भेनेजुएला आफ्नै काममा मस्त छ । भेनेजुएलामा शान्ति छ ।”

सत्ताविप्लवको प्रयत्नलाई जायज प्रमाणित गर्न र अन्तर्राष्ट्रिय समर्थन जुटाउन भेनेजुएलाका प्रमुख सहर ठप्प गर्ने उनीहरूको योजना थियो । तर, उनीहरू आफ्नो योजनामा असफल भए । केही ससाना अराजक समूह नै सडकमा देखिएका हुन् । उनीहरूलाई त्यसो गर्न विपक्षीहरूले पैसा दिएका छन् । उनीहरू आफ्ना हिंसात्मक गतिविधिको चेपुवामा फसेका छन् ।

ग्युरिन : धेरै ठूलठूला विरोध प्रदर्शन भएका थिए । तीमध्ये केही प्रदर्शन त हामी स्वयंले पनि देखेका छौँ । हामीले तपाईंका समर्थकहरू पनि देखेको थियौँ । विपक्षीहरूले धेरै सङ्ख्यामा मानिस सडकमा उतारेको र उनीहरू परिवर्तनको आह्वान गर्दै सडकमा प्रदर्शनमा उत्रेकोमा के तपाईं विमति राख्नुहुन्छ ?

मदुरो : हो, मैले पनि देखेको छु । विरोध गर्ने उनीहरूको अधिकार सुरक्षित राखिएको छ । हामीले जस्तै विपक्षीहरू पनि ठूला प्रदर्शन गरेका छन् । भेनेजुएलाको प्रजातन्त्र गतिशील प्रजातन्त्र हो । क्रान्तिको समर्थन गर्ने मानिस पनि छन्, क्रान्तिको विरोध गर्ने जनता पनि छन् । उनीहरू जतिबेला पनि प्रदर्शन गर्न पाउँछन्, उनीहरूको त्यो अधिकार सुरक्षित गरिएको छ । मैले सधैँ भन्ने गर्छु, उनीहरूले गर्ने सबै त्यस्ता प्रदर्शन शान्तिपूर्वक होस् । उनीहरूभित्र सानो आकारको हिंसात्मक टोलीहरू छन् । विपक्षीहरूका विरोध प्रदर्शन जब सकिन्छ तब जहिल्यै उनीहरू शान्ति सुव्यवस्थामा दखल पुर्याउन प्रहरीसँग भीड्न निहुँ खोज्ने गर्छन् । विपक्षीले जति पटक मनपर्छ, त्यत्ति पटक प्रदर्शन गर्न पाउँछन् । उनीहरूले आफ्ना नारा र माग राख्न सक्छन् । हामीले पनि जनपरिचालन गर्छौं । सुखद् पक्ष भनेको हामी जनतासँग गतिशील प्रजातन्त्र छ ।

ग्युरिन : तपाईंले सत्ता छोड्ने कुनै प्रकारको अवस्था छ ?

मदुरो : हेर्नोस् ग्युरिन, व्यक्तिको रूपमा शक्तिमा बसिरहनु मेरो चाहना होइन । शक्ति छोड्नु पनि मेरो व्यक्तिगत चाहनामा भर पर्ने विषय होइन । म सामाजिक, राजनीतिक र ऐतिहासिक क्रान्तिकारी आन्दोलनको हिस्सा हुँ । त्यही जनताको आन्दोलनले मलाई यो जिम्मेवारी सुम्पेको हो । संविधानद्वारा निदृष्ट सबै प्रक्रिया पुरा गरेर, चुनावी आवश्यकता पूरा गरेर मलाई दिएको यो म्यान्डेट निकै शक्तिशाली छ । त्यो म्यान्डेट मैले जीवन दिएर पूरा गर्नुछ । मैले त्यसैका लागि शपथ खाएको छु । मैले सर्वोच्च अदालतसामु संविधान जोगाउन र बलियो बनाउन आफ्नो ज्यान दिने सपथ खाएको छु । यो म्यान्डेट हो । जनताले दिएको यो जिम्मेवारी पूरा गर्न सम्भव सबै काम म गर्नेछु ।

ग्युरिन : तपाईंलाई सेनाको समर्थन अझै छ भन्ने कुरामा तपाईंलाई कति विश्वास छ ? सेनाभित्र एक प्रकारको त्रास व्याप्त छ । तपाईंको विरोधमा बोल्ने कोही पनि मानिसलाई जेल कोचिएको छ ।

भेनेजुएलाको संविधानअनुसार म नै यतिबेलाको राष्ट्रप्रमुख र सरकार प्रमुख हुँ । म नै प्रधानसेनापति हुँ । उनीहरू बफादार छन् किनभने उनीहरूमा विवेक छ र नैतिकवान् छन् । उनीहरू विद्रोही सेना होइनन् । उनीहरू अमेरिका, डोनाल्ड ट्रम्प साम्राज्यको स्वार्थको सेवा गर्ने सशस्त्र सेना होइन ।

मदुरो : मविरुद्ध चलिरहेको प्रचार अभियानले बनाएको यो अर्को मिथक हो । भेनेजुएलाको राष्ट्रिय बोलिभारियाली सशस्त्र सेना संरचनागत रूपमै मानवतावादी छ । उनीहरू बोलिभारियाली छन् । प्रजातान्त्रिक छन् । संरचनागत रूपमा संस्थागत छन् । आफ्नै मूल्य र नयाँ चिन्तनमा बनेको सेना हो त्यो । प्राध्यापकहरूबाट पढाइने र नियमित शिक्षणको परिपाटी बनेको सेना हो भेनेजुएलाको राष्ट्रिय सेना । यो नयाँ किसिमको सशस्त्र फौज हो । जथाभावी मानिसको समूहले बनेको सेना होइन भेनेजुएली राष्ट्रिय सेना । वास्तवमा यो सेना सेना मात्र पनि होइन । न त यो विद्रोही सेना नै हो । यो पिनोचे (चिलीका पूर्व तानाशाह) शैलीको सेना होइन । न यो त्यस्तो बन्ने नै छ । यो सेना भेनेजुएलाको संविधानप्रति बफादार सेना हो । संविधानप्रति दृढतापूर्वक बफादार सेना । सुरक्षामा परिचालित । देशको रक्षाका लागि आफैलाई सदा तयार राख्ने सेना । उच्च नैतिक मूल्य मान्यता बोकेको सेना । उनीहरू सिद्धान्तनिष्ठ छन् । उनीहरू संविधानले देखाएको आफ्नो प्रधानसेनापतिप्रति बफादार छन् । यतिबेला उनीहरूको प्रधानसेनापति बनेको निकोलस मदुरो हो । भेनेजुएलाको संविधानअनुसार म नै यतिबेलाको राष्ट्रप्रमुख र सरकार प्रमुख हुँ । म नै प्रधानसेनापति हुँ । उनीहरू बफादार छन् किनभने उनीहरूमा विवेक छ र नैतिकवान् छन् । उनीहरू विद्रोही सेना होइनन् । उनीहरू अमेरिका, डोनाल्ड ट्रम्प साम्राज्यको स्वार्थको सेवा गर्ने सशस्त्र सेना होइन । डोनाल्ड ट्रम्पले ट्विटरमा आदेश दिएका छन् । यो पत्याउनै गाह्रो कुरा छ, ग्युरिन । डोनाल्ड ट्रम्प, जोन बोल्टन, माइक पम्पेओ, माइक पेन्स– उनीहरूले भेनेजुएलाको सेनालाई आफ्नो देशका राष्ट्रपतिविरुद्ध विद्रोह गर्न आदेश दिएका छन् । यो त हद पार गरेको अवस्था हो नि । मलाई लाग्छ, आजसम्म संसारका कुनै पनि देशको सन्दर्भमा यस्तो सीमा पार गरिएको थिएन । तर सेना अहिले कहाँ छ ? के उनीहरू डोनाल्ड ट्रम्पको आदेश माने ? अहँ गएनन् । सेना बफादार छन् । आफ्नो देश र संविधानप्रति उनीहरू बफादार छन् र आफ्नो प्रधानसेनापतिलाई वैधानिक प्रमुख मानेका छन् । कमान्डर ह्युगो चाभेजको समयदेखि नै यो तहको सम्बन्ध कायम हुँदै आएको हो । त्यसकारण यो सम्बन्ध निकै गहिरो, इमान्दार र सबै सैनिक अधिकारी, सेना र सिपाहीहरूबीचको वस्तुगत सम्बन्ध हो । अनि यो नै हाम्रो देशको सबभन्दा बलियो शक्ति हो ।

ग्युरिन :  ह्युगो चाभेजले आजको भेनेजुएला देखेका भए के भन्नुहुन्थ्यो होला ?

मदुरो : जसरी पहिला आफ्नो देशको लागि लड्न उनी उत्प्रेरित हुने गर्दथे, त्यसरी नै उत्पे्ररित हुने थिए । सन् २००२ को अप्रिल ११ र १२ मा तत्कालीन जर्ज डब्ल्यु बुश सरकारले चाभेजविरुद्ध सत्ताविप्लव गराउन यस्तै प्रयास गर्दा उनले यस्तो प्रकारको चुनौतीको सामना गर्नुपरेको थियो । उनलाई अपहरण गरिएको थियो । उनीहरूले चाभेजको हत्या गर्ने योजना बनाएका थिए । तर चाभेज एक सेकेन्डका लागि पनि आत्तिएनन् । आफ्नो सिद्धान्त जोगाउन कति पनि हरेस खाएनन् । आफ्नो आदर्श जोगाउन र जीवनको लागि लड्न कति पनि पछि सर्नुभएन । त्यसैकारण चाभेज हाम्रो लागि ठूलो प्रेरणाका स्रोत हुनुहुन्छ । म पनि सधैँ सोच्छु– यस्तो अवस्थाम चाभेज भइदिए के गर्नुहुन्थ्यो होला ? त्यही प्रश्नले मलाई अगाडिको सही बाटोमा हिँड्न मद्दत गर्दै आएको छ । हरेक दिन के गर्ने भन्ने विषयमा निक्र्यौल गर्न मद्दत गर्दै आएको छ ।

ग्युरिन : एउटा अन्तिम प्रश्न । यदि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलोम्बियाको सिमानामा ५ हजार सेना तैनाथ गरे तपाईंले कस्तो प्रतिक्रिया जनाउनुहुन्छ ?

उनले चाहे ५ हजार किन, लाखौँ सेना नै राखे पनि सक्छन् । कोलोम्बियाको सिमानाभित्र भए उनले लाखौँ ट्याङ्क ल्याउन सक्छन् । लाखौँ लडाकु विमान र लाखौँ लाख सिपाही ल्याउन सक्छन् । यसमा केही समस्या छैन । कोलोम्बियाको सिमानाभित्र बसेसम्म कुनै समस्या हुनेछैन ।

मदुरो : उनले चाहे ५ हजार किन, लाखौँ सेना नै राखे पनि सक्छन् । कोलोम्बियाको सिमानाभित्र भए उनले लाखौँ ट्याङ्क ल्याउन सक्छन् । लाखौँ लडाकु विमान र लाखौँ लाख सिपाही ल्याउन सक्छन् । यसमा केही समस्या छैन । कोलोम्बियाको सिमानाभित्र बसेसम्म कुनै समस्या हुनेछैन । हामी भेनेजुएलाको रक्षा गर्छाैं र उनीहरूलाई भेनेजुएलाप्रति सम्मान गर्नुपर्ने बनाउँछौँ । संसारको विवेकले र संसारका उत्पीडित जनताको एकताले डोनाल्ड ट्रम्पको हात बाँध्नुपर्छ । ल्याटिन अमेरिकामा नयाँ युद्ध सुरु गर्न डोनाल्ड ट्रम्पलाई रोक्नुपर्छ । म संसारभरका सबै जनतालाई विचारधाराभन्दा माथि उठेर विवेकपूर्वक सक्रिय ऐक्यबद्धताका लागि आह्वान गर्छु । भेनेजुएलामा युद्ध हुन नदिऔँ । भेनेजुएलामा हमला हुन नदिऔँ । सबैले डोनाल्ड ट्रम्पलाई भनौँ– भेनेजुएलाबाट हात झिक । भेनेजुएला शान्ति, अमनचयन र खुसी चाहन्छ ।

ग्युरिन : विनाअनुमति कुनै पानी जहाज भेनेजुएलाभित्र आए के तपाईंहरू गोली हान्नुहुन्छ ? कुनै विमान विनाअनुमतिभित्र पसे के तपाईं आक्रमण गर्नुहुन्छ ?

मदुरो : उनीहरूले हामीबाट चोरेको डलर राखेर पानीजहाज पठाउनुपर्छ । ८० टन हाम्रो सुनसहितको पानीजहाज पठाउनुपर्छ । पैसा राखिएको पानी जहाज आओस् । हाम्रो पैसाले भरिएको जहाज । त्यो पैसाले हामी हाम्रो देशका समस्या समाधान गर्ने थियौँ ।

ग्युरिन : भोकोले पिरोलिएका मानिसहरू, खाने कुरा नपाएका मानिस, स्वास्थ्य सेवा पाउन नसकेका मानिस, इन्धन नपाएर आत्तिएका मानिसहरूलाई तपाईं यतिबेला के भन्नुहुन्छ ?

मदुरो : मैले केही भन्नुभन्दा पनि उनीहरूको लागि केही गर्छु । म रोजगारी सिर्जना गर्नेछु । निवृत्तिभरण व्यवस्था गर्नतिर लाग्नेछु । भेनेजुएलाका परिवारको रक्षाका लागि काम गर्नेछु, यो कामलाई निरन्तरता दिनेछु । चरम गरिबी घटाउन मिहिनेत गर्नेछु । सन् २०१७ देखि २०२५ भित्रमा हामीले गरिबीलाई शून्यमा पुर्याउने हामीले प्रतिबद्धता व्यक्त गरेका छौँ र हामी त्यो उपलब्धि हासिल गर्नेछौँ । हामी के गर्नेछौँ, तपाईंले देख्नुहुनेछ ।

ग्युरिन : अब अन्तिम प्रश्न । भेनेजुएलामा आजभोलि चिज किलोको कति पर्छ तपाईंलाई थाहा छ ?

मदुरो : त्यो त क्षेत्रअनुसार फरक फरक छ ।

ग्युरिन : हामीलाई बताइएअनुुसार भेनेजुएलामा एक किलो चिजको मूल्य एक महिनाको तलब बराबर हुन आउँछ ।

मदुरो : हामीकहाँ तलबको दर फरक फरक छ । यो नितान्त भेनेजुएलाको मामिला हो ।

मलाई लाग्छ, तपाईंका दर्शकलाई यो विषयमा कुनै चासो होला । तर, हेर्नोस्, यदि हामीसँग भेनेजुएली जनताको रोजगारी,  सामाजिक सुरक्षा, सार्वजनिक स्वास्थ्य र सार्वजनिक शिक्षाको तुलना गर्ने समय भएको भए तपाईंका दर्शकले यो विषयमा अझ प्रष्ट कुरा बुझ्नु हुने थियो । आजलाई यति मात्र भनौँ, भेनेजुएलामा हामीसँग रोजगार सिर्जना गर्ने सामाजिक सुरक्षा नीति छ । भेनेजुएली जनताले आफ्ना समस्या आफ्नै तरिकाले प्रगतिशील तरिकाबाट समाधान गर्दैजानेछ । त्योबाहेक उनीहरूले केही चाहेका छैनन् । म तपाईंलाई यो प्रष्ट पार्न चाहन्छु ।

ग्युरिन : तपाईंले बेलायतका विपक्षी दलका नेता जेरेमी कोरबनबारे यो सङ्कटको बारेमा सुन्नुभएको छ ? तपाईंलाई उहाँले पुग्दो सहयोग नगरेको जस्तो लाग्छ ? विगतमा उनी भेनेजुएलाका बलिया समर्थक थिए ।

मदुरो : अहँ । उहाँसँग मेरो कुरा भएको छैन ।

ग्युरिन : के तपाईंलाई उहाँले समर्थन चालु राख्नुपर्छ भन्ने लाग्छ ?

मदुरो : मेरो विचारमा उहाँ बेलायतको नेता बन्न चालु राख्न जरुरी छ ।

नेपाली अनुवाद : नीरज लवजू

 

 

 

 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...