रणबीर कपुर र दीपिका पादुकोणको विशेष सम्बन्ध, भेट हुँदा यसरी अँगालो हाले
रणबीर कपुर र दीपिका पादुकोण बलिउडका यस्ता जोडी हुन् जो ब्रेकअपपछि पनि साथीको सम्बन्ध कायम राख्न सफल भएका छन् । सोमबार आयोजित एक कार्यक्रममा दीपिका र रणबीरको विशेष सम्बन्ध देखिएको छ । दुबैलाई एउटा कार्यक्रममा सँगै देखिएको थियो ।
रणबीर कपुर र दीपिकाको तस्बिर सोसल मिडियामा चर्चाको विषय बनेको छ । यी तस्बिरमा रणबीर र दीपिका एक–अर्कालाई अँगालो हालिरहेको देख्न सकिन्छ ।
यी दुईको ब्रेकअप भएको करिब ६ वर्षपछि सँगै स्क्रिनमा देखिएका छन् । उनीहरु एउटा विज्ञापनको सुटका लागि सँगै देखिएका थिए । दीपिका पादुकोणले आफ्नो इन्टाग्राम अकाउन्टमा यसको एउटा तस्बिर सेयर गरेकी थिइन् । यो तस्बिरमा रणबीर कपुरले कमेन्ट गर्दै लेखेका थिए, ‘हेलो डिम्पल, हाम्रो पुनः भेट भयो ।’
कामको कुरा गर्नुपर्दा दीपिका पादुकोण फिल्म छपाकमा देखिनेछिन् भने रणबीर कपुरको फिल्म ब्रम्हास्त्र यसै वर्ष रिलिज हुने तयारीमा छ । फिल्ममा उनीसँग आलिया पनि देखिनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा