भूमाफियालाई सघाएको आरोपमा आठ सरकारी कर्मचारी पक्राउ
बाँके । सरकारी जग्गा व्यक्तिको निजी नाममा गर्ने भूमाफियालाई सघाएको आरोपमा बाँके प्रहरीले आठ सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
सरकारी जग्गाको कागजात कीर्ते गरेको आरोपमा गए राति भूमिसुधार तथा मातपोत कार्यालय बाँके र बर्दियाका आठ कर्मचारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।
मालपोत कार्यालयका नायव सुब्बा रुद्र देवकोटा, टङ्क शर्मा र रामबहादुर खड्का, कम्प्युटर अपरेटर यज्ञश्वर वली, प्रेम चन्द र भूमिसुधार तथा मालपोत कार्यालय बर्दियाका नायव सुब्बा कृष्णलाल शर्मा र खरिदार भूमीराज पोखरेललाई प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी मालपोत कार्यालय बाँकेबाट हाल हुलाक कार्यालय बाँकेमा सरुवा भएका अधिकृत पुष्पा श्रेष्ठलाई पनि बाँके प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।
पक्राउ परेका व्यक्तिले सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए । उनीहरु जग्गा कीर्तेमा मात्र नभई शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा समेत संलग्न रहेको आशङ्का देखिएकाले केही दिनभित्रै सबै तथ्य बाहिर आउने उनले बताए ।
सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन सक्रिय गिरोहलाई पक्राउ गरेपछि प्रहरीले उनीहरुको बयानका आधारमा भूमाफिया गिरोहलाई सघाउने कर्मचारीलाई पनि अनुसन्धानका लागि पक्राउ गरेको जनाएको छ ।
सेवाग्राहीको भीडभाड हुने भूमिसुधार तथा मालपोत कार्यालय बाँकेका पाँच कर्मचारी प्रहरीको नियन्त्रणमा परेपछि कार्यालयको काम प्रभावित हुने भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सेवा प्रवाहमा समस्या आउने स्थिति आए अन्य कार्यालयबाट कर्मचारी झिकाएर काम नियमित पारिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसीसी प्रिमियर कप क्रिकेट : नेपालले यूएईलाई दियो १२० रनको लक्ष्य
-
सुप्रिम सहकारी प्रकरण: थुनछेक बहस सकियो
-
१२ बलमा १७ रन बनाउँदै आउट भए करण केसी
-
मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी
-
नेपालले सातौँ विकेट गुमायो, दुई रन बनाउँदै आउट भए सोमपाल
-
अर्धशतक बनाउँदै आउट भए सन्दीप जोरा