अवैध सुनसहित त्रिभुवन विमानस्थलबाट चार पक्राउ
मङ्गलबार, ०५ चैत २०७५, १० : ३९
काठमाडौँ । महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अवैधरूपमा सुन विदेश लैजाने क्रममा चार जनालाई पक्राउ गरेको छ ।
कार्यालयले विदेश लैजानका लागि अन्तर्राष्ट्रिय उडानतर्फको पार्किङ क्षेत्रबाट चितवनका सुनिल राउत, बाराका सन्दीप पटेल, मकवानपुरका अर्पण केसी र खोटाङका मनोज राईलाई सोमबार साँझ पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ परेकामध्ये राउत र पटेलसँग रु १० लाख १५ हजार मूल्य पर्ने चार थान सुनको ठूलो बाला, केसी र राईसँग रु १७ लाख ४६ हजार मूल्य बराबरको पाँचथान सुनको ठूलो बाला, तीन मोबाइल र ल्यापटप बरामद गरेको छ ।
पक्राउ परेका चारै जनालाई सुन र सामानसहित आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘उकाली ओराली’ गीत गाउँदै सोनु निगमले भने,‘नेपाली फ्यान भेट्न आतुर छ ’
-
दुर्गा प्रसाईँले प्रधानमन्त्रीको‘नक्कली कागजात’बारे भने, ‘झुटो रहेछ’
-
नारायण गोपालको स्मृतिमा तीन संगीतकर्मीलाई सम्मान गरिने
-
दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा राम्रो बनेको छ : मुख्यमन्त्री कँडेल
-
रवि र निकिताको २१ करोडको बैंकिङ कारोबार, स्रोत खोज्दै प्रहरी
-
सुदूरपश्चिम रोयल्सको ग्याजेट पार्टनरमा एक्स-एज