के आलियाले ड्राइभर र सहयोगीलाई उपहारमा दिइन् घर ?
बलिउड नायिका आलिया भट्टले केही दिन अघि साथीभाइ र परिवारसँग आफ्नो २६ औं जन्मदिन मनाएकी थिइन् । आलियाको जन्मदिनमा प्रेमी रणबीर कपुरले उनका लागि रोमान्टिक डेट पनि प्लान गरे । तर जन्मदिनको मौकामा आलिया भट्टले सबैभन्दा सुन्दर उपहार आफ्ना ड्राइभर र सहयोगीलाई दिइन् । रिपोर्टका अनुसार आलियाले दुबैलाई घर खरिद गर्नका लागि ५०–५० लाखको चेक दिइन् ।
भारतीय संचारमाध्यम पिंकविलाको रिपोर्ट अनुसार अािलयाको पहिलो फिल्म स्टूडेन्ट अफ द इयरदेखि अहिलेसम्म आलियाका लागि सुनिलले ड्राइभर र अनमोलले सहयोगीको काम गरिरहेका छन् । आलियाको अहिलेसम्मको यात्रामा दुबै सधैं सँगै छन् । त्यसकारण नायिकाले आफ्नो जन्मदिनको मौकामा उनीहरुलाई घर खरिद गर्नका लागि रकम दिएकी छिन् ।
आलिया चाँडै नै फिल्म कलंकमा देखिँदै छिन् । यो फिल्मको टिजर रिलिज भइसकेको छ । आलियाले पहिलो पटक आफ्नो क्लासिकल डान्सको प्रतिभा देखाउँदै गीतमा शानदार काम गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा