शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेदरल्याण्डमा अन्धाधुन्ध गोलीबारीः तीनको मृत्यु, पाँच घाइते

मङ्गलबार, ०५ चैत २०७५, ०८ : ५१
मङ्गलबार, ०५ चैत २०७५

नेदरल्याण्डको युट्रेख्ट शहरको ट्राममा गोलीबारी गर्ने संदिग्धलाई पक्राउ गरिएको पुलिसले जानकारी दिएको छ ।

युट्रेख्टका मेयर जान वेन जानेनका अनुसार सोमबार बिहान १० बजेर ४५ मिनेटमा ट्राममा भएको गोलीबारीमा तीनजनाको ज्यान गएको थियो ।

यो घटनामा पाँचजना घाइते भएका थिए । प्रशासनका अनुसार हमलाकर्ताको उद्देश्य के थियो, त्यसबारे अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

नेदरल्याण्डको पुलिसले ३७ वर्षका गोकमेन तानिसलाई हमलाको थुप्रै घण्टापछि पक्राउ गर्न सफल भयो । उनलाई कहाँबाट पक्राउ गरियो भन्नेबारे पनि स्पष्ट जानकारी छैन ।

बीबीसी टर्की सेवासँग कुरा गर्दै एक स्थानीय व्यापारीले संदिग्ध हमलाकर्तालाई यसअघि पनि इस्लामिक स्टेटसँग सम्बन्ध भएका कारण पक्राय गरिसकिएको छ । यद्यपी, उनलाई केही समय पछि नै रिहा गरिएको थियो ।

पुलिसले यसलाई आतंकवादी घटनाको रुपमा हेरेको छ ।

हमलाबारे के भन्छन् नेदरल्याण्डका प्रधानमन्त्री ?

नेदरल्याण्डका प्रधानमन्त्री मार्क रुटेले हमलाले त्यहाँका जनता निकै आहत भएको बताए । उनले भने, ‘हाम्रो देश यो हमलाले विक्षिप्त भएको छ । यो हामीलाई आहत गरिदिने हमला हो । यो हमलामा ट्राममा बसिरहेका मानिसहरुमाथि गोली चलाइयो । पुलिसले यसबारे अनुसन्धान गरिरहेको छ । ’

यस्तै, पुलिस अधिकारी पिटर जाप एलबर्सबर्गले सोमबार एक पत्रकार सम्मेलनमा भने, ‘हामी यो हमलामा आतंकवादी उद्देश्य नभएको कुरा अस्विकार गर्न सक्दैनौं ।’

यसका साथै उनले ट्रामाबाहेक अन्य स्थानमा पनि गोलीबारी भएको जानकारी दिएका छन् । तर उनले कहाँ भएको थियो भन्नेबारे केही बताएनन् ।

उक्त हमलापछि सर्वसाधारणलाई घरभित्र बस्न र स्कूलका गेटहरु बन्द राख्न आदेश दिइएको छ ।

यूट्रेख्ट सेन्ट्रल रेलवेबाट रेलको आवतजावत पनि रोकिएको छ ।

यूट्रख्ट युनिभर्सिटी मेडिकल सेन्टरबाट घाइतेको उपचारका लागि आपत्कालीन वार्ड खोल्न भनिएको छ । यसका साथै शहरमा हाई अलर्ट घोषित गरिएको छ ।

यूट्रेख्ट युनिभर्सिटीका सबै भवन बन्द गरिएको छ र अर्धसैनिक बललाई हवाई अड्डा र मस्जिदको सुरक्षाका लागि पठाइएको छ ।

कहिले र कसरी भयो हमला ?

पुलिसका अनुसार गोलीबारीको यो घटना स्थानीय समयानुसार बिहान १० बजेर ४५ मिनेटमा भयो ।

हमलाका प्रत्यक्षदर्शीले डच न्यूजसाइट एनयू डट एनएललाई ‘एक व्यक्तिले अचानक अन्धाधुन्ध गोली चलाउन सरु गरेको’ बताए ।

यस्तै, एक घाइते महिलाको मद्दत गर्ने व्यक्तिले नेदरल्याण्डको सरकारी समाचार च्यानल एनओएसलाई भने, ‘जब मैले एक रगताम्मे महिलालाई देखेँ तब उनलाई आफ्नो कारमा ल्याएर मद्दत गर्ने कोसिस गरेँ । तर जबसम्म पुलिस घटनास्थलसम्म पुग्यो तबसम्म ती महिला बेहोस भइसकेकी थिइन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप