मलेसियामा १५ महिनामा ४ सय ५ नेपालीको मृत्यु (नामावलीसहित)

क्वालालुम्पुर–वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका नेपालीमध्ये सरदर दैनिक एक जनाले ज्यान गुमाउने गरेको तथ्यांक सार्वजनिक भएको छ ।
क्वालालुम्पुरस्थित नेपाली दूतावासले जनाएअनुसार मलेसियामा रोजगारीका लागि आउने नेपालीमध्ये सरदर दैनिक एकजनाले ज्यान गुमाउने गरेका छन् ।
दूतावासका अनुसार जनवरी २०१८ को सुरुदेखि १८ मार्च २०१९ सम्म मृत्यु हुने नेपालीको संख्या ४ सय ५ जना पुगेको हो ।
दूतावासले उपलब्ध गराएको तथ्यांकअनुसार यसबीचमा ४९ जनाले झुन्डिएर आत्महत्या गरेका छन् । विभिन्न अस्पतालहरुबाट प्राप्त तथ्यांकका आधारमा उक्त डाटाबेस तयार पारिएको दूतावासले जनाएको छ ।
आत्महत्यापछि धेरै हुने मृत्युको कारणमा मुटु, कलेजो तथा फोक्सोसम्बन्धि रोग रहेको छ । मुटु, कलेजो तथा फोक्सोसम्बन्धि रोगका कारण मृत्यु हुनेको संख्या १ सय ५० भन्दा बढी रहेको छ ।
दूतावासका प्रथम सचिव प्रेमराज गौतमका अनुसार अस्पताल भर्ना हुने र मृत्यु हुने नेपालीमध्ये अधिकांशलाई मुटु, कलेजो र फोक्सोको रोग लागेको हुन्छ ।
उनीहरु सामान्य अवस्थामा अस्पताल नै पुग्दैनन् । अन्तिम अवस्थामा मात्रै अस्पताल पुग्दा उनीहरुलाई बचाउन कठिन हुने गरेको छ ।
यी रोगहरु लाग्नुको प्रमुख कारण अत्याधिक मदिरा सेवन रहेको प्रथम सचिव गौतम बताउँछन् । नेपालीहरु मुख्यतः छुट्टीको दिन वा काम सकिएपछि मदिरा सेवन गर्ने र त्यसमा पनि अस्वस्थ र अधिक मात्रामा सेवन गर्ने गर्दछन् । जसका कारण उनीहरुलाई कलेजो तथा फोक्सोसम्बन्धि रोग बढी लाग्ने गरेको छ ।
त्यसैगरी १५ महिनाको अवधिमा १३ जना नेपालीले सडक दुर्घटनामै ज्यान गुमाएका छन् । मलेसियाको सडक एकतर्फी हुने र तीब्र गतिको हुन्छ । तर नेपालीहरुले बाटो काट्न नजान्दा यस्तो दुर्घटना हुने गरेको दूतावासले जनाएको छ । नेपालीहरु ओभरहेड ब्रिज प्रयोग गर्न नखोज्ने वा नजान्ने र जेब्राक्रसिङबारे धेरै जानकारी नहुँदा पनि सडक दुर्घटनामा परी ज्यान गुमाउनु परेको दूतावासले बताएको छ ।
त्यसैगरी अन्य रोग, हत्या, कामका क्रममा मेसिनमा हुर्ने दुर्घटना वा एसिडजस्ता रसायन पोखिएर मृत्यु हुने नेपालीको संख्या अत्याधिक रहेको छ ।
मृतककाे नामावली
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन गर्मीमा फ्रिजको चिसो पानी पिउनुहुँदैन ?
-
स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार, तत्कालीन सचिव, निर्देशकलगायतविरुद्ध मुद्दा दायर
-
आज कति छ विदेशी मुद्राको खरिदविक्री दर ?
-
कस्तो रहनेछ तपाईंको आजको राशिफल ?
-
बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिँदै, यी प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना
-
तरबूजा खेती गरेरै चल्छ दुई सय परिवारको जीवन