बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री चढेको विमान होल्ड प्रकरणः एटीसीको कान जाँच्नू

मङ्गलबार, ०५ चैत २०७५, ०७ : ४४
मङ्गलबार, ०५ चैत २०७५

काठमाडौँ – प्रधानमन्त्री केपी ओली चढेको विमान होल्डमा राखिएको विषयमा अध्ययन गर्न बनाइएको छानबिन समितिले काठमाडौं विमानस्थलमा रहेका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को कान जाँच्नुपर्ने प्रतिवेदन दिएको छ ।

सहसचिव सुरेश आचार्यले सोमबार संस्कृती पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढालाई बुझाएको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको मन्त्रालय स्रोतले बतायो । अघिल्लो मंगलबार प्रधानमन्त्री ओली चढेको विमान गृहजिल्ला झापाको भद्रपुर विमानस्थलबाटं फर्कदै गर्दा काठमाडौंमा अवतरण गर्ने क्रममा ६ मिनेट हाराहारी होल्डमा परेको थियो । कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप