बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

परराष्ट्र मन्त्रालयमा दुई सचिव र तीन विशेष सचिव राख्न चलखेल सुरु

मङ्गलबार, ०५ चैत २०७५, ०६ : ५६
मङ्गलबार, ०५ चैत २०७५

काठमाडौं । राजनीतिक र प्रशासनिक नेतृत्वको रुचिका आधारमा परराष्ट्र मन्त्रालयले राज्यकोषमा करोडौं रुपैयाँ व्ययभार पार्दै अनावश्यक रूपमा उच्च पद सिर्जनाको गृहकार्य थालेको छ । एउटै मन्त्रालयमा दुई जना सचिव र तीन जना विशेष सचिव रहनेगरी परराष्ट्रले गृहकार्य अघि बढाएपछि आलोचनासमेत सुरु भएको छ ।

परराष्ट्र स्रोतका अनुसार नेता र प्रशासकका नातागोतालाई बढुवा गर्न दरबन्दी थप्न लागिएको हो । मन्त्रालयका एक अधिकारीका अनुसार संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) समितिले अनावश्यक पद आवश्यक नभएको सुझाव दिए पनि चलखेलका आधारमा दरबन्दी थप्न लागिएको हो ।

मन्त्रालयले संगठन तथा व्यवस्थापन (ओएन्डएम सर्वेक्षण) गरी विशिष्ट श्रेणी अधिकृतसरहको परराष्ट्र सचिवसहित ६ पद थप्ने प्रक्रिया अन्तिम चरणमा पु¥याएको हो ।

यसअघि गठन भएका प्रशासन सुधार सुुझाव समितिका विभिन्न प्रतिवेदनले एउटै मन्त्रालयमा दुई जना सचिव नराख्न सरकारलाई पटकपटक सुझाव दिँदै आएको थियो ।

सरकारले पनि सकेसम्म एउटै मन्त्रालयमा दुई जना सचिव नराख्ने नीति लिँदै आएको छ । तर, त्यसविपरीत परराष्ट्र मन्त्रालयले मन्त्रालयमा दुई जना सचिव राख्नेगरी गृहकार्य अघि बढाउनुलाई आश्चर्यका रूपमा हेरिएको छ । राजधानी दैनिकमा खबर छापिएकाे छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप