पीडितलाई नै बिचौलिया बनाएर अढाई करोड ठगी
काठमाडौं - अमेरिका पुग्ने आसमा रोल्पा र दाङका ५ युवा दर्जनभन्दा बढी देशका हन्डर र ठक्कर खाँदै झन्डै साढे दुई करोड रुपैयाँ सिध्याएर वर्ष दिनपछि स्वदेश फर्र्किए । फर्केलगत्तै उनीहरुले महानगरीय अपराध महाशाखामा आपूmहरुलाई ठग्नेहरुविरुद्ध उजुरी दिए । त्यसैका आधारमा प्रहरीले दाङबाट महेश बाठामगरलाई पक्राउ गरेको छ । फागुन २१ गते पक्राउ परेका महेशलाई प्रहरीले काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि भन्दै तेस्रो पटक १५ दिन म्याद थप गरेर थुनामा राखेको छ ।
अमेरिका जाने भन्दै नेपालबाट भारतको दिल्ली, रुसको मस्को, क्युबाको हभाना, पानामा, हैटीका.े पोर्ट औ प्रिन्स र बेलायत शासित टक्र्स एन्ड केकोस आइसल्यान्ड पुगेको ती युवा छ महिना प्रहरी हिरासतमा बसेका थिए । अमेरिका जान भन्दै हैटी पुगेर फर्किएका यसअघिका पीडितकको कथासँग पछिल्लो कथा मिल्दोजुल्दो देखिन्छ । यो समाचार जनकराज सापकोटाले कान्तिपुरमा लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान
-
उथलपुथलकाे चौथो शृङ्खलामा अमेरिकी स्वतन्त्रता सङ्ग्राम
-
पार्टी रुपान्तरण जरुरी छ : कांग्रेस उपसभापति खड्का
-
सरकारले अब सबैखाले विपद्बाट क्षति भएका घरको पुनर्निर्माण गर्न अनुदान दिने
-
दैलेखमा चट्याङ पर्दा ३ जना विद्यार्थी घाइते
-
सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति