मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय तहमा आफूअनुकुल परीक्षा लिँदै

मङ्गलबार, ०५ चैत २०७५, ०६ : १०
मङ्गलबार, ०५ चैत २०७५

कालिकोट - कालिकोटका स्थानीय तहले आफूअनुकु ल आधारभूत तहको परीक्षा लिने थालेका छन् । जिल्लाका नौँ वटा स्थानीय तहमध्ये केहीले शैक्षिक सत्र सकिनु एक महिना अगाडि नै परीक्षा लिएका छनु् । केहीले भने शैक्षिक सत्रको अन्त्यमा परीक्षा लिएका छन् । संघीयताको कार्यन्वयनसँगै आधारभूत तहको परीक्षाको जिम्मा स्थानीय तहमा हस्तान्तरण भएको छ ।

जिल्लाका महावै, शुभकालिका गाउँपालिका, खाँडचक्र नगरपालिका र रास्कोट नगरपालिकाले शैक्षिक सत्र सकिनु एक महिनाअगाडि नै परीक्षा लिएका छन् । सान्नीत्रिवेणी, पचालझरना, पताला र नरहरिनाथ, गाउँपालिकाले शैक्षिक सत्रको अन्त्यमा परीक्षा लिन थालेका छन् । यो समाचार रमेश रावलले नयाँ पत्रिकामा लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप