नक्कली सुन देखाई ठगी गर्ने समूह प्रहरी फन्दामा
काठमाडौं । प्रहरीले नक्कली सुन देखाई ठगी गर्ने समूहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६ जना रहेका छन् ।
पक्राउ पर्नेहरुमा नुवाकोटका चार जना रहेका छन् भने गोरखाका दुई जना छन् । नुवाकोटका ३८ वर्षीय मसा तामाङ, ३१ वर्षीय बुद्धिमान तामाङ, २८ वर्षीय मंगले तामाङ र २६ वर्षीय राउसिंह तामाङ रहेका छन् ।
यस्तै गोरखा अजिकोट गाउँपालिका घर भएका ३९ वर्षीय कुशल अधिकारी र गोरखा नगरपालिका–१ ताप्लेका ३२ वर्षीय गोबिन्द पोखरेल रहेको प्रहरीले जनाएको छ ।
काठमाडौंको विभिन्न स्थानबाट नक्कली सुन २ थान र १ हजार दरका नक्कली नेपाली नोट ५ थानसहित उनीहरुलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले विगत केही महिनादेखि काठमाडौं उपत्यकाको विभिन्न स्थानहरुमा नक्कली सुनलाई सक्कली सुन हो भनी विभिन्न व्यक्तिहरुलाई लोभनमा पारी ठगी गर्ने गरेको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ