बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यी हुन् ‘शुभलभ’की आकर्षक कृष्टिन

सोमबार, ०४ चैत २०७५, २० : ०४
सोमबार, ०४ चैत २०७५

काठमाडौं – फिल्म क्षेत्र यतिबेला सबैको आकर्षणको केन्द्र बनेको छ । थोरै मिहिनेत गरेर पनि नाम, दाम र चर्चा धेरै कमाउन सकिने भएकोले फिल्म क्षेत्र रोज्नेको भीड दिन प्रतिदिन बाक्लिदो छ । 

फिल्ममा भविश्य खोज्दै भित्रिने मध्यकी एक हुन्– कृष्टिन पौडेल । कृष्टिन ‘शुभलभ’ फिल्ममार्फत यो क्षेत्रमा देखिएकी हुन् । १५ चैत्रबाट प्रदर्शनमा आउने यो फिल्को अहिले प्रचार–प्रसार भइरहेको छ । सोही कारणले पनि उनी यतिबेला चारैतिर मिडियामा छाउन सफल छिन् ।

‘राम्रो टिम र ब्यानरको फिल्मबाट डेब्यु गर्ने अवसर पाए’ आइतबार एक कार्यक्रममा उनले भनिन्, ‘एकदमै धेरै मेहनत गरेकी छु । त्यो अनुसारको फल पनि प्राप्त होला ।’ फिल्मको ट्रेलर र गीतको सफलताले फिल्म पनि सफल हुने बिश्वास आफुलाई लागेको उनले सुनाइन् । 

उनका अनुसार ‘शुभलभ’ प्रेमकथामा बनेको फिल्म हो । फिल्ममा उनले रियलका ज्योतिस हरिरह अधिकारीसँग रोमान्स गरेकी छन् । हरिहरको पनि यो डेब्यु फिल्म हो । प्रेमकथामै बनेको भएपनि यो फिल्म अन्यभन्दा फरक रहेको उनको भनाई रहेको छ ।

प्रदीपकुमार उदय प्रस्तुतकर्ता रहेको फिल्म बुद्ध इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको हो । यसलाई पुराना निर्माता तथा निर्देशक सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् ।

सौन्दर्य प्रतियोगिता हँुदै फिल्म क्षेत्रमा प्रवेश गरेकी उनलाई जीउडालले पनि राम्रो साथ दिएको छ । सुन्दर अनुहार, आकर्षक शरीरकी धनी उनलाई शुभलभमा अभिनय गरेपछि अन्य केही फिल्मका अफर पनि आएका छन् । पहिलो फिल्मको रिजल्ट नहेरी अन्य अभिनय नगर्ने मनसायले अफर स्वीकार्न नसकेको उनी बताउँछिन् । 

सफल अभिनेत्री बन्ने लक्ष्यका साथ फिल्म क्षेत्र रोजेकी उनी परिहनमा भने त्यति सौखिन छैनन् रे । भन्छिन्, ‘जुनै पहिरनमा पनि म राम्री देखिन्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप