शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘मरुभूमि’मा निराज र कविताको रोमान्स

सोमबार, ०४ चैत २०७५, १९ : ४५
सोमबार, ०४ चैत २०७५

काठमाडौं– गायक भुषण राईले ‘मरुभूमी’ बोलको गीत बजारमा ल्याएका छन् । गायक राईको आवाजमा समावेश यो गीतमा शब्द तथा संगीत पनि उनकै छ । 

उनले गीतमा एक यूवकका लागि एक यूवतीको आगमन कति विशेष हुन्छ भनेर भन्न खोजेका छन् । यो गीतको भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् । अर्जुनले गीतको भावअनुसार नै लोकेशन खोजिएको बताए । 

गीतको भिडियोमा मोडल निराज प्रधान र कविता नेपालीको प्रेम देख्न सकिन्छ । निराजन र कविताको जोडी खुबै सुहाएको छ । कवितालाई गीतमा बोल्ड एवं ब्यूटी देखाइएको छ ।

यो गीतको भिडियोमा उत्सव दाहालको छायाँकन, विकास दाहालको सम्पादन छ । प्रेममा परेका वा नपरेका दुबै खालका यूवापुस्तालाई यो गीत मनपर्ने दाबी गायक भुषणको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप