नेपाल पत्रकार मञ्चको शाखा क्यानडा र कोरियामा
काठमाडौं– नेपाल पत्रकार मञ्चको क्यानडा र दक्षिण कोरियामा मञ्चको शाखा गठन भएको छ ।
नेपाल पत्रकार मञ्चसँग आवद्ध क्यानडामा स्थायी वसोवास गर्ने पत्रकारहरुको एक भेलाले पत्रकार श्रीकृष्ण फुयालको अध्यक्षतामा शाखा गठन भएको हो ।
शाखा गठन गर्दा नेपाल पत्रकार मञ्चका केन्द्रीय सदस्य लक्ष्मण पन्थीको उपस्थितिमा शाखा गठन भएको हो । शाखाका उपाध्यक्षमा रामकृष्ण रेग्मी, सचिवमा हेमबहादुर थापा, कोषाध्यक्षमा दिपेन्द्र मैनाल र सदस्यमा पार्वती पौडेल रहेको शाखाका अध्यक्ष श्रीकृष्ण फुयालले जनाएका हुन् ।
कार्यक्रम एभरेस्ट तेकेन्दो एकेडेमी, ओन्टारियो,तोरोन्टो क्यानडामा भएको हो । त्यसैगरी दक्षिण कोरियामा पनि नेपाल पत्रकार मञ्च दक्षिण कोरिया शाखाको गठन भएको छ ।
दक्षिण कोरियाको छुनछ्न नाम्दो छनान सि सङ्ह्वानस्थित नामसौल विश्वविद्यालयमा एक कार्यक्रमकाबीच नेपाल पत्रकार मञ्च दक्षिण कोरिया शाखाको हो । नामसौल विश्वविद्यालयको सभाहलमा मञ्चका केन्द्रीय सल्लाहकार एवं नामसौल विश्वविद्यालयका प्राध्यापक तथा नेपाल विभाग प्रमुख डा.सृजना थापाको सभापतित्वमा बसेको बैठकले सन्तोष खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा राजकुमार तामाङ, महासचिवमा सत्य प्रकाश यादव, सचिवमा वेदनाथ आचार्य, कोषाध्यक्षमा प्रमिला बुढाथोकी र सदस्यहरुमा क्रमशः सुमन कार्की, शुभराज कडरिया, कान्ति खतिवडा, नवराज पाण्डे, शान्तिकला राई, गंगा प्रजापति, तुलसी तिमिल्सिना र शिवकुमार कार्की रहेका छन् ।
यी दुई शाखालाई नेपाल पत्रका मञ्चको केन्द्रीय समितिको बैठकले अनुमोदन समेत गरेको नेपाल पत्रकार मञ्चका महासचिव विमलकुमार थापाले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर
-
मुग्लिङ-नारायणगढ सडकको पाँचकिलो नजिकै माईक्रो बस दुर्घटना
-
१२ बजे, १२ समाचार : डेंगु सङ्क्रमणदर घटे पनि जोखिम कायमैदेखि विवाह गर्ने उमेर घटाउनु पर्ने मागसम्म
-
महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ‘ऐतिहासिक जित’ : मोदी
-
निजी मेडिकलले विद्यार्थीलाई सरकारी सरह तलब भत्ता उपलब्ध गराउन नसक्ने
-
सडकमा शव राखेर विरोध प्रदर्शन, सहमतिपश्चात् खुल्यो यातायात