बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव नेतृत्वको नेकपाको कार्यालयमा प्रहरी हस्तक्षेप

सोमबार, ०४ चैत २०७५, १९ : १२
सोमबार, ०४ चैत २०७५

बुटवल– विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीको कार्यालय ‘रातो घर’ मा प्रहरी र राष्ट्रिय बाणिज्य बैंकका कर्मचारीहरुले हस्तक्षेप गरेका छन् ।

कार्यालयमा लगाएको ताल्चा तोडेर नेपाल कम्युनिस्ट पार्टीको नाम लेखिएको मुख्य ब्यानरसहितको झण्डा समेत प्रहरीले आज साँझ हटाएको हो । सो कार्यालय एक दशकदेखि तत्कालीन नेकपा ,त्यसपछि बैद्य समुह र अहिले विप्लव समुहले  कब्जामा लिएको थियो ।  

जनयुद्धकालमा राष्ट्रिय वाणिज्य बैंकको कार्यलय रहेको सो भवनलाई सुरुदेखिनै विप्लव नेतृत्वको नेकपाले आफ्नो पार्टी कार्यालयको रुपमा प्रयोग गर्दै आइरहेको थियो । 

सो भवनमा रहेका झण्डा र ब्यानर प्रहरीले हटाएको भन्दा पनि माथिको आदेश पालना गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए ।  

सिदार्थ राजमार्गको छेउमा पर्ने यो घर विप्लव नेतृत्वको पार्टीले कब्जामा लिएपछि राष्ट्रिय बाणिज्य बैंक भाडामा बस्दै आएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप