शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखाको फुजेलमा बाँदरको आक्रमणबाट रेग्मी घाइते

सोमबार, ०४ चैत २०७५, १९ : १०
सोमबार, ०४ चैत २०७५

गोरखा । जिल्लाको गण्डकी गाउँपालिका–४ स्थित फुजेलमा बाँदरको आक्रमणबाट एकजना महिला घाइते भएकी छिन् । घाइते हुनेमा शुभ प्रसाद रेग्मीका श्रीमती कल्पना रेग्मी रहेकी छिन् ।

सोमबार दिउँसो बारीमा काम गर्न जाँदा धारापानी धारा नजिकै कल्पनालाई ४/५ वटा बाँदरको समूहले आक्रमण गरेको स्थानीय नारायण घिमिरेले बताए । 

घिमिरेका अनुसार घाइते भएकी कल्पनाको निधारमा बाँदरले पिट्दा गम्भिर चोट लागेको छ । त्यस्तै शरीरमा विभिन्न भागमा पनि चोट लागेको छ । 

बाँदरले आक्रमण गरेलगत्तै कल्पनालाई फुजेलमै सामान्य ड्रेसिङ गराएर थप उपचारको लागि काठमाडौं पठाइएको छ । 

एकमहिना अघि फुजेलमै बाँदरले आक्रमण गर्दा एक वृद्वघाइते भएका थिए । यतिमात्र होइन करिब ६ महिनाको अवधीमा फुजेलमा बाँदरको आक्रमणबाट १० जनभन्दा बडि घाइते भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप