प्रहरी इन्सपेक्टर न्यौपानेमाथि आक्रमण गर्ने समातिए
ललितपुर । मादक पदार्थ सेवन गरेर चलाएको मोटरसाइकललाई ट्राफिक प्रहरीले चिट काटेको निहुँमा प्रहरी इन्सपेक्टरमाथि आक्रमण गर्ने ललितपुर मंगलबजारका दशलाल महर्जन पक्राउ परेका छन् ।
गत फागुन १८ गते साँझ मंगलबजारमा मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाएका दशलाल महर्जन र सनिस अवालेलाई ट्राफिक प्रहरीले रोकेर चेकजाँच गरेपछि विवाद भएको थियो ।
ट्राफिक प्रहरीसँग विवाद भएपछि घटनास्थलमा पुगेका महानगरीय प्रहरी प्रभाग मंगलबजारका इन्सपेक्टर केशर न्यौपानेलाई दशलाल र सनिस अवालेले आक्रमण गरेका थिए ।
‘ड्युटीमा खटिएका इन्सपेक्टरमाथि आक्रमण गर्ने मध्येका दशलाल महर्जनलाई नियन्त्रणमा लिएका छौं,’ महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख (एसएसपी) रविन्द्र धानुकले भने, ‘सार्वजनिक हित विरुद्वको अपराध मुद्दामा म्याद लिएर थप अनुसन्धान गर्छौं ।’
मंगलबजार प्रहरीको प्रतिवेदनको आधारमा ललितपुर परिसरले महर्जन र अवाले विरुद्व मुद्दा दर्ता गरेको बताइएको छ । दशलाल सोमबार ललितपुरबाट पक्राउ परेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरीमा डुबेर बालिकाको मृत्यु
-
आईपीएलमा आज : दिल्ली र हैदराबादबिच सधैँ कडा टक्कर
-
बुवाको हत्या गरेको अभियोगमा एक युवक पक्राउ
-
हाइड्रोजनमा केन्द्रित बन्दै नेपाल, केयूको सहयोगमा बुद्धभूमिले सम्भाव्यता अध्ययन गर्ने
-
जबरजस्ती करणी गरेको अभियोगमा दुई युवक पक्राउ
-
एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक : अध्यक्ष ओलीले पेस गरे राजनीतिक प्रतिवेदन