शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले निषेधको राजनीति गरेको भन्दै सदनमा काँग्रेसको चर्को विरोध

सोमबार, ०४ चैत २०७५, १८ : ०१
सोमबार, ०४ चैत २०७५

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकार निषेधको राजनीतिमा अघि बढेको भन्दै उसको कार्यशैलीको विरोध गरेको छ । 

प्रतिनिधिसभाको सोमबार बसेको दोश्रो बैठकमा बोल्दै काँग्रेसका सांसद सञ्जयकुमार गौतमले विप्लव समुहलाई प्रतिबन्ध लगाएर सरकारले निषेधको राजनीति गरेकोमा आपत्ति जनाउदै त्यसको विरोध गरे । प्रतिबन्धले नियन्त्रण नभई अराजकता निम्त्याउने र हिंसाको वातावरण बनाउने भन्दै उनले सरकारले अबलम्बन गरेको निषेधको नीतिले मुलुकलाई हानी पुर्याउने दाबी समेत गरे । उनले भने, ‘यो सरकार वार्ता र संवादको सट्टा निषेधको राजनीतिलाई अगाडि बढाईरहेको छ । यो सर्वथा गलत छ ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीका सार्वजनिक अभिव्यक्तिप्रति पनि आपत्ति जनाए । उनले भने, ‘कहिले प्रधानमन्त्री ज्यू भन्नुहुन्छ ९÷९ महिनामा अर्को सरकार देख्न पल्केकाहरुले विरोध गरेका छन् । कहिले सिके साउतको नाममा रोटी सेक्न पल्केकाहरुले के कुरा गर्छन् के कुरा गर्छन् भन्नुहुन्छ । हिजो मात्रै पनि उनले भनेका छन्, मलाई यो देशका बुद्धिजीवी र अगुवा भन्नेहरुको बुद्धि देखेर दया लाग्छ । के हामी सबै त्यो दयाका पात्र भएका छौ, सम्माननीय सभामुख महोदय ? यो आपत्तिजनक छ ।’

सरकारले सिके राउतसँग सहमति गर्दा सदन र प्रतिपक्षी दलको बेवास्ता गरेकोे आरोप उनले लगाए । उनले शान्ति सुरक्षा, भ्रष्टाचार, सुनकाण्ड, महिला हिंसा लगायतको अवस्थामा सुधार आउन नसकेको भन्दै सरकारको प्रभावकारितामा प्रश्न उठाए ।
सरकारका कार्यशैलीले संघीयतालाई झन् झन् कमजोर बनाइँदै लगेको तथा संसदको मर्यादा र गरिमालाई कायम राख्न नसके टिप्पणी उनले गरे । उनले भने, ‘अति सर्वत्र बर्जते । दम्भले अधिनायवादतर्फ जान प्रेरित गर्छ । प्रधानमन्त्रीका अभिव्यक्तिप्रति हामी राम–राम भन्न सक्छौ काँध थाप्न सक्दैनौ ।’

काँग्रेसले विधिसम्मत रुपमा संसदका कारवाही सञ्चालन गर्न सभामुख र सरकारको ध्यानाकर्षण गराएको छ । सांसद गौतमले नियमावलीमा भएको प्रधानमन्त्रीलाई प्रश्न सोध्ने व्यवस्था कार्यान्वयन गर्न माग समेत गरे । उनले भने, ‘प्रतिनिधिसभा नियमावली २०७५ को परिच्छेद ९ को धारा ५६ ले प्रत्येक महिनाको पहिलो हप्ता बस्ने पहिलो बैठकको पहिलो एक घण्टा प्रधानमन्त्री वा निजको कार्यक्षेत्र भित्र पर्ने मन्त्रालयसँग सम्बन्धित महत्वपुर्ण विषयहरुमा प्रश्न सोध्ने व्यवस्था रहेको छ । म विधिसम्मत तरिकाले सदन सञ्चालन होस् भनेर जोडदार माग गर्दछु र सम्माननीय प्रधानमन्त्री ज्यूले रोष्टममा आएर हामीलाई जवाफ दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।’

गौतमले बोलिसकेपछि सभामुख कृष्णबहादुर महराले नियमावलिको सो व्यवस्थाप्रति सरकारको ध्यानाकर्षण गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप