बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकतासहितको गुपचुप बैठकको तरङ्ग फैलाउने निर्णय

सोमबार, ०४ चैत २०७५, १७ : १२
सोमबार, ०४ चैत २०७५

सिरहा–सिरहाको लाहानमा दुई दिनसम्म चलेको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषदको वैठकबाट डा.सिके राउतले मुलधारको राजनीतिक यात्रा आरम्भ गरेका छन् । २ दिनसम्म अतिनै गोप्य ढंगले चलेको बैठकबाट विभिन्न निर्णयहरु गर्दै डा.राउतले मुलधारको राजनीतिक यात्रा आरम्भ गरेका हुन् ।

यस्ता छन् बैठकले गरेका ९ निर्णयहरु 
सिरहाको लाहानमा भएको गठबन्धनको दुई दिवसीय बैठकले पार्टीको नाम परिवर्तन मात्र गरेन ९ बुँदे घोषणापत्र समेत जारी गरेको छ ।

गठबन्धनले सरकारसँग भएको ११ बुँदे समझ्दारी पश्चात मुलधारको राजनीतिक यात्रा तय गरेको छ ।  बैठकले डा.राउतको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय समिति निर्माण गर्दै पार्टीको नयाँ नाम समेत जुराएको छ । पार्टीको ‘नाम जनमत पार्टी’ राखिएको छ ।

पार्टीलाई तत्काल निर्वाचन आयोगमा दर्ता गर्ने तयारी भैरहेको केन्द्रीय सदस्य अब्दुल खानको हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा नयाँ पार्टीको गठनसँगै जनतापक्षीय मागहरुको सम्बोधन गर्न जनतासमक्ष जाने जनाइएको छ । 

त्यस्तै, बैठकले स्वतन्त्र गठबन्धनका समर्थकहरुमाथि लगाइएको मुद्दाहरु अविलम्ब फिर्ता लिन पहल गर्ने निर्णय समेत गरेको छ ।  त्यसका लागि चन्दन सिंहको संयोजकत्वमा ३ सदस्यीय सहमति कर्याान्वयन समिति समेत निर्माण गरिएको छ । बैठकले प्रहरी हिरासतमा मारिएका बाँके जिल्लाका संयोजक राममनोहर यादवको परिवारलाई क्षतिपूर्ति तथा परिवारको एक सदस्यलाई रोजगारी उपलब्ध गराउन समेत माग गरेको छ । 
त्यस्तै, बैठकले पार्टीको नयाँ झण्डा समेत बनाउने निर्णय गरेको छ । पार्टीको झण्डा क्रमशः रातो, सेतो र हरियो रंगको ठाडो धर्का बीचको सेतो स्ट्रीपमा रातो रंगको अष्टदल रहने छ भने पार्टीको छापमा अष्टदलको छेउमा देवनागरी र रोमन दुवैमा पार्टीको नाम रहने विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, पार्टीको चुनावचिन्हमा अष्टदललाई राख्ने गरी निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको छ ।

को–को छन् ३५ सदस्यीय कार्य समितिमा ?

पार्टीको केन्द्रीय अध्यक्षमा डा.सिके राउत रहेका छन् भने केन्द्रीय सदस्यहरुमा क्रमशः कैलाश महतो(महोत्तरी), राजकुमार यादव(सिरहा), अब्दुल खान(बर्दिया), चन्दन सिंह(महोत्तरी), बबिता ईसर (सप्तरी), कौशिल महतो(झापा), परमेश्वर मुर्मु(मोरङ), सीतारामा पण्डित (सुनसरी), सुरेन्द्र शर्मा (सप्तरी), सतिला यादव (सिरहा), ईन्द्रजीत यादव(धनुषा), सञ्जय यादव (महोत्तरी), नरेश कुशवाहा(सर्लाही), वीरेन्द्र साह( रौतहट), दिनेश यादव (बारा), सञ्जय साह(पर्सा), धु्रव गौड(नवलपरासी), भोपेन्द्र यादव(रुपन्देही), हकिकुल्ला खान (कपिलवस्तु), राधा यादव (दाङ), इरफान अहमद शेष(बाँके), महेन्द्रप्रसाद चौधरी (कैलाली), दुर्गा चौहान(नवलपरासी) र आशा मेहता(सुनसरी) रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप