नेपाल इन्भेष्टमेण्ट बैंकको एक्स्टेन्सन काउन्टर सोलुखुम्बुको खरीखोलामा
सोलुखुम्बु– नेपाल इन्भेष्टमेण्ट बैंकले प्रदेश नम्बर १ अन्तर्गत सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका १ स्थित खरीखोलामा आफ्नो १२औं एक्स्टेन्सन काउन्टर खोलेको छ ।
खुम्बु पासाङ ल्हामु गाउपालिकाका प्रवक्ता ल्हाक्पा छिरी शेर्पाले उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन गरे । उद्घाटनपछि गाउँपालिकाका प्रवक्ता शेर्पाले गाउँबासीमा बचत गर्ने बानीको बिकास हुनुको साथै वित्तिय साक्षरता पनि अभिबृद्धि हुने बताए ।
बैंकले खुम्बु पासाङ ल्हामु गाउँपालिका अन्तर्गत ५ मध्ये ३ वटा वडामा बैंकिङ सेवा प्रदान गरिसकेको र सोही गाउँपालिका अन्तर्गत वडा नं. ५ नाम्चेमा पनि छिट्टै एक्स्टेन्सन काउन्टर खोल्ने तयारी गरेको छ ।
यस एक्स्टेन्सन काउन्टरबाट खुम्बु पासाङ ल्हामु गाउपालिका, माप्य दुधकोशी गाउपालिका र सोलु दुधकुण्ड नगरपालिकाका बासिन्दाहरूलाई बैंकिङ कारोबार गर्न सहज हुनेछ । काउन्टरले रकम जम्मा गर्न र भुक्तानी गर्न सहयोग गनुका साथै स्थानीयमा बित्तिय साक्षरता अभिबृद्धि गर्न सहयोग गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी