शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

न्युजिल्याण्ड गोलिकाण्ड: मस्जिद आक्रमणमा मर्नेमा ७ जना भारतीय

सोमबार, ०४ चैत २०७५, १६ : ४७
सोमबार, ०४ चैत २०७५

एजेन्सी– शुक्रबार न्युजिल्याण्डका दुई मस्जिदहरुमा भएको आतंकवादी आक्रमणमा मस्जिदमा प्रथना गरिरहेका ५० मुसलमानहरु मारिए । मारिनेहरुमा ७ भारतीय पनि परेका छन् । 
आइतबार भारतीय उच्चायोगले यो जानकारी दियो । 

न्युजिल्याण्डस्थित भारतीय उच्चायोगले ट्वीट गर्दै भनेको छ, ‘हामी निक्कै गहु्रङ्गो मनका साथ यो खबर बताउन गरिरहेका छौं कि क्राइस्टचर्चको आतंकवादी आक्रमणमा हामीले आफ्ना ७ नागरिकहरु गुमाएका छौं । मृतकहरुको नाम यसप्रकार छ– ‘हफिस मूसा पटेल, रमिज वोरा, आसिफ वोरा, एन्सी अलीबावा, मोहम्मद इमरान खान, फरहज अहसान र जुनेद कारा ।’

उच्चायोगले क्राइस्टचर्च आक्रमणका पीडित परिवारलाई सम्पूर्ण रुपले सहयोग गरिने पनि बताएको छ ।  आक्रमणमा एक केराला निवासी एन्सी अली पनि परेकी छिन् । गोलीवारीको दौरान गम्भिर रुपमा घाइते भएकी अलीको शनिवार उपचारका क्रममा मृत्यु भयो । 

एन्सी क्राइस्टचर्चमा बसेर ‘पोस्ट ग्राजुएट’ गर्दै थिइन् । उनका पति पनि न्युजिल्याण्डमा बसेर काम गर्छन् । दुईजना अघिल्लो वर्ष न्युजिल्याण्ड गएका थिए ।  शुक्रबार आक्रमणलगतै भारतीय उच्चायुक्त सञ्जीव कोहलीले ९ भारतीय बेपत्ता रहेको जानकारी दिएका थिए । उनले हराएका भारतीयबारे सूचना पाउन आफूहरु न्युजिल्याण्ड सरकारसँग लगातार सम्पर्कमा रहिरहेको जानकारी दिएका थिए ।

न्युजिल्याण्डका प्रहरी आयुक्त माइक बुशले मृतकहरुको नाम हालसम्म सार्वजनिक नगरिएको बताएका छन् । अहिलेसम्म मृतकको प्रारम्भिक सूची परिवारजनलाई बुझाएको मात्र छ । मृतकहरुको शव पनि बुझाइएको छैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप