मलेसिया रोजगारीबारे राजदूत पाण्डे र मलेसियन अधिकारीबीच छलफल

मलेसिया– मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे र मलेसियाका परराष्ट्र मन्त्रालयका अतिरिक्त सचिव राजा दातो नुशिरवान वीन जैनाल अबिदिनबीच भेटवार्ता भएको छ । सोमबार मलेसियाको परराष्ट्र मन्त्रालय, पुत्राजयामा भएको भेटवार्तामा राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा द्विपक्षीय सहयोग तथा नेपाली श्रमिकहरुको हकहितका बारेमा छलफल भएको हो ।
त्यसक्रममा दुई देशबीचको उच्चस्तरीय भ्रमणको सम्भावना र लगानी लगायतका विषयमा पनि दुइपक्षबीच कुराकानी भएको राजदूत पाण्डेले बताए । त्यस्तै दुई देशबीच हालै भएको मेमोरेन्डम अफ अन्डरस्ट्यान्डिङ लागू गर्ने सम्बन्धमा पनि कुराकानी भएको छ ।
छलफलका क्रममा राजदूत पाण्डेले एमओयुअनुसार दुईपक्षबीच भएका सहमतिहरु खासगरी स्वास्थ्य परीक्षणसम्बन्धी नयाँ मापदण्डको व्यवस्थाबारे जानकारी गराउदै मलेसियन सरकारले चाँडो काम अघि बढाउन आग्रह गरेका थिए । त्यस्तै राजदूत पाण्डेले कलिङ भिषा लागेर बसेका नेपाली कामदारहरुलाई मलेसिया ल्याउने व्यवस्था गर्न अनुरोध गरेका छन् । भेटमा चैतमा नेपालमा हुने लगानी सम्मेलनमा मलेसियन लगानीकर्ताहरुको सहभागिताको बारेमा पनि छलफल भएको छ ।
अतिरिक्त सचिव राजा दातो नुशिरवान वीन जैनाल अबिदिनले मलेसियन कम्पनी एक्जियटाले लगानी गरेको नपालको एनसेल कम्पनीको कर प्रकरणसम्बन्धमा कुरा जिज्ञासा राख्दै नेपालसँग दोहोरो कर तथा लगानी ग्यारेन्टीसम्झौता सम्बन्धी थप छलफल गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए ।
त्यसैगरी छलफलका क्रममा विगत लामो समयदेखि दुई देशबीच उच्चस्तरी भ्रमण हुन नसकेकोले त्यस्तो भ्रमणको लागि पहल सुरु गर्ने, मलेसियामा रहेका नेपाली श्रमिकहरुको अवस्था र समस्याहरु लगायतका द्विपक्षीय हितका विषयहरुमा कुराकानी भएको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंहदरबारमा मेलम्चीको खानेपानी जडान गरिँदै
-
पहलगाम हमला : नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी
-
भुवनेश्वर कुमार बने आईपीएलमा दोस्रो सर्वाधिक विकेट लिने बलर
-
जेएनयू विद्यार्थी संघ चुनाव: अध्यक्ष सहित तीन पदमा वामपन्थी विजयी
-
क्यानडामा कारले ठक्कर दिँदा मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सिरी’ए : इन्टर मिलान हार्दा नापोली उक्लियो शीर्ष स्थानमा, उपाधिका लागि कडा टक्कर