सीके राउतको पार्टीको नाम फेरियो, अब जनमत पार्टी
काठमाडौं– सीके राउत नेतृत्वको पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने निर्णय भएको छ । सिरहामा सम्पन्न पार्टीको राष्ट्रिय परिषद् बैठकले पार्टीको नाम फेरेर जनमत पार्टी राख्ने निर्णय गरेको हो ।
यसअघि राउत समूह ‘स्वतन्त्र मधेस गठबन्धन’ का नाममा सक्रिय थियो ।
पार्टीका केन्द्रीय सदस्य अब्दुल खानका अनुसार पार्टीको अध्यक्ष सीके राउत चयन भएका छन् भने पार्टीको केन्द्रीय कमिटी ३५ सदस्यीय रहनेछ यस्तै पार्टीको झण्डा रातो, सेतो र हरियो रङको ठाडो धर्काको बीचमा बीचको सेतो स्ट्रीपमा रातो रङको अष्टदल रहने निर्णय गरिएको छ ।
यस्तै चुनाव चिन्हमा ‘अष्टदल’ राख्ने गरी निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको पनि खानले जानकारी दिए । आयोगमा दर्ता भएपछि हाल कायम रहेको केन्द्रीय समिति थप विस्तार गरिनेछ ।
दुई साताअघि सरकारसँग ११ बुँदे समझदारी भएपछि सीके राउत मुलधारको राजनीतिमा आएका थिए । सरकारसँग सहमतिपछि राउतको यो पहिलो औपचारिक बैठक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण