शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस नेताहरु ‘कोठे’ बैठकमा व्यस्त, नेविसंघ नेताहरु धर्नामा मस्त

सोमबार, ०४ चैत २०७५, १५ : ३०
सोमबार, ०४ चैत २०७५

काठमाडौं– नेपाली काँग्रेस केन्द्रीय कार्य समिति बैठक ४ घटासम्म पनि बस्न सकेको छैन । बैठक बिहान ११ बजेलाई बोलाइएको थियो । 

अनुशासन समिति र निर्वाचन समिति गठनका प्रयोजनका लागि बैठक डाकिएको थियो । समितिमा कुन पक्षबाट कति जना र कुन समूहले नेतृत्व गर्ने भन्नेमा संस्थापन र इतर पक्षबीच सहमिति हुन सकेको छैन । 

प्रमुख नेताहरु यस विषयमा सहमति जुटाउन ‘कोठे’ बैठकमा व्यस्त छन् । सहमतिको प्रयासस्वरुप सभापति शेरबहादुर देउवाले चैत ३ गते (हिजो आइतबार) सहमति जुटाउने पदाधिकारी र पूर्व पदाधिकारीलाई बूढानीलकण्ठ बोलाएका थिए । तर सो बैठकमा पनि सहमति जुट्न सकेन । 

सभापति देउवा सहमतिबाट निर्णय गर्न राजी भएपनि भागबण्डामा कुरा नमिलेको बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीको थियो । हिजोको बैठकलाई निरन्तरता स्वरुप अहिले पार्टी कार्यालयमा नेताहरु कोठे बैठकमा छन् । 

पौडेल पक्षले अनुसाशन, निर्वाचन समितिमध्ये एकको नेतृत्व आफूले गर्न पाउने पर्ने दाबी गर्दै आएको छ । साथै पौडल पक्षले आफ्ना दुई र कृष्ण सिटौला पक्षको  एक जनालाई राख्नु पर्ने माग अघि सारेको छ । जसमा सभापति पक्षले आफू अल्पमतमा परेर समिति गठन गर्न नसक्ने अडान राखेको छ ।

यता,नेविसंघको तदर्थ समिति ३२ वर्षमुनिको ल्याउन माग गर्दै पार्टी कार्यालय सानेपामा नेविसंघका कार्यकर्ताहरु धर्नामा बसेका छन् । काँग्रेस केन्द्रीय समिति बैठकमा सहभागी हुन आएका शीर्ष नेतृत्वलाई दबाब दिन धर्नामा बसेका हुन् । 

नेता कृष्णप्रसाद सिटौला निकट मानिएका विद्यार्थीले नेविसंघको महाधिवेशन यथाशीघ्र हुनुपर्ने, तदर्थ समिति गठन गर्दा ३२ वर्षे उमेर हद लागू हुनुपर्ने, विधान कार्यान्वयन हुनुपर्ने लगायत माग राखेका छन् । संघका निर्वतमान केन्द्रीय सदस्य सुशील भट्टले तत्काल ३२ बर्ष मुनिको नेविसंघ केन्द्रीय समितिमा ल्याउनुपर्ने माग राखेको बताए ।

पटक–पटक म्याद थप्दा पनि महाधिवेशन गर्न नसकेपछि तत्कालिन सभापति नैनसिंह महरले राजीनामा दिएपछि नेविसंघ हाल नेतृत्वविहिन छ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप