शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राजपाद्वारा तेश्रो पटक पनि संसद बैठक अवरुद्ध

सोमबार, ०४ चैत २०७५, १४ : ५७
सोमबार, ०४ चैत २०७५

काठमाडौं– राष्ट्रिय जनता पार्टीका सांसदको विरोधका कारण सोमबारको प्रतिनिधिसभा बैठक पनि प्रभावित भएको छ । पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाका सांसदहले सोमबारको बैठक पनि अवरुद्ध पारेका हुन् । 

सभामुख कृष्णबहादुर महराले बैठक सुरु भएको जनाउ दिने वित्तिकै राजपका सांसदहरुले उभिएर विरोध जनाएका थिए ।  त्यसपछि बोल्ने समय पाएका सांसद अनिलकुमार झाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सभामुखले सरकारलाई गरेको रुलिङ  कार्यान्वयन नभएको भन्दै प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरे । 

पटक पटक सभामुखले आशन ग्रहणका लागि अनुरोध गर्दा पनि राजपाका सांसदहरुले उभिएर विरोध जनाइरहेपछि सभामुखले बैठक दश मिनेटका लागि स्थगित भएको घोषणा गरे ।

राजपाका सांसदको अवरोधका कारण आइतबारको बैठक पनि प्रभावित भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप