बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मोटरसाइकलको ठक्करबाट १६ वर्षीया किशोरीको मृत्यु

सोमबार, ०४ चैत २०७५, १३ : ४९
सोमबार, ०४ चैत २०७५

बुटवल– मोटरसाइकलको ठक्करबाट कपिलवस्तुमा एक किशोरीको मृत्यु भएको छ । महेन्द्र राजमार्ग अन्तर्गत जिल्लाको शिवराज नगरपालिका ५, खैरीमा मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएकी  १६ वर्षीया कमला बस्यालको उपचारको क्रममा बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस्याल शिवराज नगरपालिका २, बालापुरकी हुन् । शिवपुरबाट चन्द्रौटातर्फ आइरहेको ना ६ प ७४२१ नम्बरको मोटरसाइकलले विपरित दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा मोटरसाइकल चालक शिवराज नगरपालिका १ बस्ने वर्ष २१ का सुशान्तराज थापा, तथा मोटरसाइकलमा सवार सोही ठाउँका २१ वर्षीय सन्दीप पोख्रेल र कपिलवस्तु नगरपालिका ९, श्रीनगर बस्ने वर्ष २० का दिलीप बञ्जाडे सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।  

गम्भिर घाइते बस्यालको उपचारको क्रममा बुटवलको चौराहा हस्टिलमा मृत्यु भएको प्रहरीले जनाएको छ । शव अहिले लुम्बिनी अञ्चल अस्पतालमा राखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप