शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१० हजार भन्दा बढीले लिए कृषि कर्जा,  कसरी लिने कर्जा ?

सोमबार, ०४ चैत २०७५, १२ : ५२
सोमबार, ०४ चैत २०७५

काठमाडौँ–सरकारले पाँच प्रतिशत ब्याज अनुदान दिने कृषि कर्जा लिनेको संख्या अहिलेसम्म झण्डै साढे १० हजार पुगेको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्म यस्तो कर्जा १० हजार ४ सय ८७ जनाले लिएका छन् । ८८ करोड ५ लाख रुपैयाँ ब्याज अनुदान प्रदान गरिएको यस्तो कर्जा १८ अर्ब ६४ करोड रुपैयाँ बक्यौता छ । 

बैंकहरुले आफ्नो आधारदरमा बढीमा २ प्रतिशतसम्म जोडेर यस्तो ऋण दिन सक्छन् । विशेषगरी बाणिज्य बैंकहरुले यस्तो ऋण प्रवाह गर्छन् । आधारदरमा २ प्रतिशतसम्म जोड्दा जति ब्याजदर हुन्छ त्यसमा पाँच प्रतिशत सरकारले नै तिरिदिन्छ । बाँकी ऋणीले तिर्नुपर्छ ।यो ऋण  बिनधितो पाइन्छ ।

मकै, धान, गहुँ, केराउ, चना, भटमास,  चिया, अलैची नरिवल, कपास, अल्लो, अदुवा, रबर, उखु, मरिच, बेसार जस्ता नगदेबाली गर्नेहरुले यस्तो ऋण पाउँछन् । अन्नबाली उत्पादन र प्रशोधनका लागि यस्तो ऋण लिन सकिने राष्ट्र बैंकले जनाएको छ  । ऋण लिनका लागि पहिले फर्म वा कम्पनी दर्ता गर्नुपर्छ । 

आन्तरिक राजस्व कार्यालयमा दर्ता भएको प्यान नम्बर पनि लिनुपर्छ । बैंकले उपलब्ध गराएको ढाँचामा प्रक्रिया पुर्याएर ऋण माग गरे पाइन्छ । कागजात पुगेर पनि ऋण पाइएन भने राष्ट्र बैंकमा उजुरी गर्न पाइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप