मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानका प्रधानमन्त्री इमरान खानको तलब यत्ति ?

सोमबार, ०४ चैत २०७५, १२ : २९
सोमबार, ०४ चैत २०७५

पाकिस्तानको आम निर्वाचन जितेर पूर्व क्रिकेटर इमरान खान नयाँ प्रधानमन्त्री बनेका छन् ।

पाकिस्तानी मिडियाले प्रधानमन्त्री इमरान खानको मन्त्रीको भन्दा पनि कम तलब भएको बताएको छ । उनको फेब्रुअरी २०१९ को तलब सूची जारी गर्दै पाकिस्तानी मिडियाले यस्तो जारी गरेको हो ।

जियो न्यूजको रिपोर्ट अनुसार प्रधानमन्त्री इमरान खानले हरेक महिना दुई लाख एक हजार पाउँछन् । करबाहेक उनले हरेक महिना एक लाख ९६ हजार ९ सय ७९ रुपैयाँ पाउँछन् ।

उनले पाउने सबै भत्ता संलग्न गर्ने हो भने इमरानले मासिक दुई लाख एक हजार पाँच सय ७४ पाउँछन् । जसमध्ये चार हजार पाँच सय ९५ करमा जान्छ ।

उनको तुलनामा उनका मन्त्रीहरुले दुई लाख पचार हजारसम्म तलब थाप्छन् । पंजाबका मुख्यमन्त्रीको तलब तीन लाख ५० हजार भएको जियो टिभीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप