केन्द्रीय संस्करण
शिक्षा–विमर्श

इतिहासबारे न चेतना छ न बहस– अभि सुवेदी

जुन विद्यार्थी उक्त पार्टीको सदस्य भयो, त्यो कसरी विद्यार्थी भयो ?

person explore access_timeचैत ४, २०७५ chat_bubble_outline0
Source: commons.wikimedia.org

हाम्रो समाजमा औपचारिक अध्ययनलाई श्रम बजारसँग जोडेर हेर्ने गरिन्छ । तत्काल आय आर्जन गर्न सकिने विषयमा अभिभावक र विद्यार्थीको रुचि देखिन्छ । समाजसँग प्रत्यक्ष जोडिएको र दीर्घकालीन महत्त्व जोडिएको मानविकी, राजनीति तथा शिक्षा सङ्कायतर्फ विद्यार्थीको रुचि ओरालो लाग्दै जानु चिन्ताको विषय हो । यसतर्फ न सरोकारवालाले नै पर्याप्त ध्यान दिन सकेका छन् न राज्यले नै विशेष पहल देखाइरहेको छ ।

राज्यले लगानी गर्न जान्ने तर प्रतिफलतर्फ ध्यान नदिने, गुणस्तरभन्दा देखावटी कुरामा राज्य अल्झिने कार्य विद्यमान छ । यस्तै स्थिति रह्यो भने आउँदा दिनमा मानविकीका शङ्कायका कक्षा शून्यप्रायः हुन सक्छन् ।

मानविकी सङ्कायको अध्ययनतर्फको बाटो स्पष्ट पार्न नसक्दा पनि विद्यार्थीहरू अन्योलमा परेको देखिन्छ । राज्यले लगानी गर्न जान्ने तर प्रतिफलतर्फ ध्यान नदिने, गुणस्तरभन्दा देखावटी कुरामा राज्य अल्झिने कार्य विद्यमान छ । यस्तै स्थिति रह्यो भने आउँदा दिनमा मानविकीका शङ्कायका कक्षा शून्यप्रायः हुन सक्छन् । यसतर्फ सरोकारवाला बेलैमा सचेत हुनु जरुरी देखिन्छ ।

लामो समय त्रिभुवन विश्वविद्यालय (टीयू) मा प्रध्यापन गराउँदै आएका र मानविकी सङ्काय, अङ्ग्रेजी विभागीय प्रमुखको जिम्मेवारी समेत सम्हालेका प्रोफेसर अभी सुवेदीसँग मानविकी सङ्कायमा विद्यार्थी कम हुनुको कारणलगायतका समस्याबारे सुनिता न्यौपानेले कुरा गरेकी छन् ।

समयअनुसार पाठ्यक्र परिवर्तन गर्न नसक्नु

मानविकी सङ्कायमा विद्यार्थी कम हुनुको एउटा प्रमुख कारण भनेको समयअनुसार पाठ्यक्रम परिवर्तन गर्न नसक्नु नै हो । मैले मानविकी सङ्कायमा धेरै समय बिताएँ । विभागीय प्रमुख पनि भएँ । मेरो अनुभव के छ भने पाठ्यक्रममा धेरै चिजहरू पनि राख्यौँ । इन्टरडिसिपिलिनरी कुरा पनि राखियो । साहित्य मात्र नराखी क्रिटिकल थिङ्किङ, कल्चरल थिङ्किङ, आट्र्सका धेरै कुरा राखियो ।

सेमेस्टर प्रणाली हुनु

पछिल्लो समय सेमेस्टर प्रणाली लागू भएको छ । सेमेस्टर प्रणालीमा विद्यार्थीले आफ्ना काम गरेर बुझाउनुपर्याे । यस प्रणालीमा हाजिरी जरुरी बनाइएको छ । यही कारणले गर्दा पनि विद्यार्थी कम भएका छन् । पहिले हाजिरीको मतलब थिएन । वर्षदिनमा गयो, जाँच दियो । त्यतिबेला विद्यार्थी आउँथे । सेमेस्टर प्रणालीमा अलि अप्ठ्यारो भयो ।

राजनीतिमा 'पोलिटिक्स' घुसाउनु

पाठ्यक्रम समयअनुसार परिवर्तन भएन । विद्यार्थीहरूलाई संग्लग्न गराउने पाठ्यक्रम भए भने पनि विद्यार्थी नआउने भए । किनभने जागिर गरेर पढ्ने विद्यार्थी थुप्रै रहेछन् । राजनीति गर्ने पनि विद्यार्थी हुने रहेछन् । एकजना नेताले भनेका छन्  ‘राजनीतिमा पोलिटिक्स घुसाउने’ । राजनीतिमा पोलिटिक्स घुसाउने विद्यार्थीहरू पनि हुन्छन् थुप्रै । तिनीहरू हाजिरी गरेर दिनदिनै आएर पढ्दैनन् । त्यसले गर्दा विद्यार्थी कम भएका हुन् ।

सामाजिक विज्ञानमा संसारभरि नै सङ्कट

विश्वविद्यालय तहमा मानविकी सङ्कायको ट्रेन्ड हेरियो भने हाम्रोमा मात्र होइन विश्वभरी नै सङ्कट छ । त्यो सङ्कट के–के कारणले आयो भने मानविकी अध्ययन गरेका विद्यार्थीले सजिलै जागिर पाउन छाड्नु हो ।

विश्वविद्यालय तहमा मानविकी सङ्कायको ट्रेन्ड हेरियो भने हाम्रोमा मात्र होइन विश्वभरी नै सङ्कट छ । त्यो सङ्कट के–के कारणले आयो भने मानविकी अध्ययन गरेका विद्यार्थीले सजिलै जागिर पाउन छाड्नु हो । मानविकीका विद्यार्थीले सीधै जागिर पाउने विषय भएन । राज्यले लगानी गर्ने ठूला ठूला युनिभर्सिटीमा मानिसहरूले के भन्न थाले भने आर्ट, पोलिटिकल साइन्स, सोसोलोजी पढाएर के गर्ने ? त्यो उत्पादनमूलक  विषय नै होइन । यसपछि राज्यले दिने अनुदान पनि काटिँदै आयो । त्यसलाई ‘कट ब्याक’ भनिन्छ ।

म बेलायतमा विद्यार्थी हुँदा आफै त्यसको सिकार भएको हुँ । १९७९–१९८० मा मार्गरेट थ्याचरको सरकार आयो । मार्गरेट थ्याचर आउने वित्तिकै हुमानिटी, सोसियल साइन्स जस्ता सङ्काय कट ब्याक गरिन् । विदेशका विद्यार्थीलाई छात्रवृत्ति दिनु हुँदैन भनेर काटिन् । उनी प्रधानमन्त्री भएको १९,  २० दिनमा चिठी पाइयो ।

लामो समयसम्म सञ्चालन भएका विश्वविद्यालयमा पनि सङ्काय/विभागहरू बन्द भए । भारतमा पनि यस्तै समस्या आयो । तर पनि मानविकी, सोसल साइन्सले अनेक ढङ्गले प्रयास गरेर चलाइरहेका छन् । कतिपय बन्द भए, त्यो स्वाभाविक नै हो ।

हाम्रो कमजोरी विद्यार्थी लगनशील एवं प्रतिबद्ध भएर र अनावश्यक राजनीति नगरी पढ्ने विद्यार्थीको सङ्ख्या कम भयो । सेमेस्टरमा नियमित हाजिरी आवश्यक भयो । त्यसका लागि विद्यार्थी प्रतिबद्ध भएन । अर्काे कुरा पाठ्यक्रम समयानुसार परिवर्तन भएनन् । त्यसकारण धेरै ठूलो सङ्कट आउँदै छन् ।

कतिपय विभागमा  प्रोफेसर छन्, विद्यार्थी छैनन् । म आफै प्रोफेसर हुँ । हाम्रा पनि समस्या होलान् । हामीले कति निष्कपट तरिकाले काम गरिन्छ, त्यो पनि एउटा कुरा हो । हाम्रो पनि आलोचना होस् । हामी तयार छौँ । आलोचनाको निम्ति हामी खुल्ला छौँ । विद्यार्थीहरू पनि आफ्ना लागि तयार हुनुपर्छ ।

विद्यार्थीको परिभाषा परिवर्तन

मलाई साह्रै मन नपर्ने र चित्त दुख्ने कुरा हो, ‘विद्यार्थीहरूको झगडा मिलाउन फलाना फलाना केन्द्रीय नेता जानुभएको छ ।’ जुन विद्यार्थी उक्त पार्टीको सदस्य भयो, त्यो कसरी विद्यार्थी भयो ?

समाचार हेर्छु । मलाई साह्रै मन नपर्ने र चित्त दुख्ने कुरा हो, ‘विद्यार्थीहरूको झगडा मिलाउन फलाना फलाना केन्द्रीय नेता जानुभएको छ ।’ जुन विद्यार्थी उक्त पार्टीको सदस्य भयो, त्यो कसरी विद्यार्थी भयो ? मैले अझै बुझ्न सकेको छैन । जस्तैः विद्यार्थीको विषय लिएर मारामार भयो । नेताहरू झ्यालबाट हेरिरहेका छन् भन्ने पनि समाचार भयो । उनीहरू कसरी विद्यार्थी भए ?

अप्रिय लाग्ला तर विद्यार्थीको परिभाषा नै परिवर्तन भयो । धेरै राजनीतीकरण गरियो ।  विद्यार्थीलाई पार्टीमा लैजाने दलहरूको मोह हुन्छ, उहाँहरूले त्यो मोह त्याग्न सक्नुभएन ।

सुधार गर्न के गर्ने ?

निकै ठूलो कसरत गर्नुपर्छ । जस्तैः विद्यार्थीहरूले पनि पढाइमा चाख दिनुपर्याे । विद्यार्थीले पढाइमा चाख नदिनुको कारण, पढेर के गर्ने भन्ने कुरामा भरपर्छ । पाठ्यक्रम पनि समयानुसार परिवर्तन हुनुपर्याे । विद्यार्थीमा राजनीतिभित्र पोलिटिक्स घुसाउँदैनौँ भन्ने त्याग हुनुपर्याे । बहसहरू हुनुपर्याे । अन्तरक्रिया हुनुपर्याे । छलफल पोलिटिक्स विषय मात्र नगरौँ । छलफल गर्नका लागि साहित्य, आर्ट, इतिहास छ । हाम्रोमा इतिहासमा बहस नै हुँदैन । इतिहासको चेतना नै छैन । यी सबै गर्न सकियो भने विद्यार्थी आउने सम्भावना छ । नत्र भने हामी अप्ठ्यारो परिस्थितिमा जाँदै छौँ ।

विश्वविद्यालय बेरोजगार उत्पादन गर्ने कारखाना

कुनै विषयको शिक्षा पढेर आफूले पाउने जागिर नै छैन भने त्यस अवस्थामा विश्वविद्यालय बेरोजगार उत्पादन गर्ने कारखाना हुन्छ, विद्यार्थी योग्य  हुनै सक्दैन । कसैले रोजगारी पाएन भने त्यो बेरोजगार भयो । यसमा विद्यार्थीको मात्र दोष हुँदैन ।

                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...