युभेन्टसको अपराजित यात्रामा पूर्णविराम
एजेन्सी – इटालियन सिरिए फुटबलमा युभेन्टसको अपराजित यात्रालाई जिनोआले पूर्ण विराम लगाई दिएको छ । स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई विश्राम दिइएको खेलमा युभेन्टस आइतबार राति जिनोआसँग २–० गोलले पराजित भएको छ ।
जिनोआको घरेलु मैदानमा भएको खेलमा युभेन्टसलाई सिजनको पहिलो हार चखाउन स्टेफानो स्टुरारोले ७२औं मिनेटमा पहिलो गोल गरेका थिए । ८१औं मिनेटमा गोरन पाण्डेले गोलगर्दै जिनोआको जित सुनिश्चित गरे ।
युभेन्टसले दोस्रो हाफको सुरुआतमा पोउलो डिबालाको गोलमा अग्रता लिएपनि भिएआरले उक्त गोललाई अफसाइड ठहर गरेको थियो । च्याम्पियन्स लिगमा उत्कृष्ट कमब्याक गर्दै युभेन्टसलाई क्वार्टरफाइनलमा स्थान बनाउन रोनाल्डोलाई यस खेलमा विश्राम दिईएको थियो ।
हारेपनि शीर्ष टोली युभेन्टसले २८ खेलबाट ७५ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको नापोलीको ६० अंक छ । जितसँगै ३३ अंक बनाएको जिनोआ १२ औं स्थानमा उक्लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमल ऐरीले लिए आयरल्यान्ड ‘ए’ को पहिलो विकेट
-
एसईई अनुगमनका लागि दिईएका अनुमतिपत्र रद्द
-
आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले पहिले फिल्डिङ गर्ने
-
कोहलपुर–सुर्खेत प्रसारण लाइन : रूख कटान प्रक्रिया सुरु
-
दिल्लीका प्रशिक्षक रिकी पोन्टिङ रिसाएपछि रोकिएको थियो खेल
-
गाजामा औषधि र खाद्य सामग्री पुर्याउन दिन इजरायललाई आदेश