शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘जय होली’आयोजना हुने

सोमबार, ०४ चैत २०७५, ०९ : ५४
सोमबार, ०४ चैत २०७५

काठमाडौँ –नेपालीहरुको महान चाड होलीलाई लक्षित गरेर चैत्र ६ गते ‘जय होली’ नामक कार्यक्रम आयोजना हुने भएको छ। 

‘के.ई.ई अर्गनाईजर्स’ले आयोजना गर्न लागेको उक्त कार्यक्रममा एसियन म्याक्स टेलिभिजन र एसियन म्युजिक पनि आवद्ध हुने भएको छ । 

पुतलीसडक चोक नजिकैको बि एफ सि रेस्टुरेन्ट परिसरमा हुने जय होलि सिजन २ , २०७३ सालको होलिका दिन बानेश्वरमा आयोजन भएको जय होली कार्यक्रमको दोश्रो संस्करण हो ।

यस कार्यक्रमको मुख्य प्रायोजक म्याक्स एसियन टि.भि रहेको छ ।

यस कार्यक्रममा राष्ट्रिय स्तरका गायकहरुको प्रस्तुती रहने छ ।

चर्चित गायक सुगम पोखरेल ,अभिनास घिसिङ , भरत सितौला , जितेन लेप्चा ,सन्जिब पुडासैनी ,रबि मल्ल लगाएतका गायकहरुले कार्यक्रममा प्रस्तुती दिने छन् भने कार्यक्रमको उद्घोषन रोशन लामाले गर्ने छन् ।

देशका मौलिक सम्पती र चाडपर्वको अवस्तित्व कता कता ओझेलमा पर्न लागेको बेला, देशको संस्कृती र परम्परा उजागर गर्न यश कार्यक्रम आयोजना गर्न लागिएको के।ई।ई अर्गनाईजर्सका प्रबन्ध निर्देशक कल्याण बिक्रम आचार्यले जानकारी गराएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप