शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमबाप्पे र डी मारियाको गोलमा पीएसजी विजयी

सोमबार, ०४ चैत २०७५, ०९ : २२
सोमबार, ०४ चैत २०७५

एजेन्सी – केलियन एमबाप्पे र एन्जल डी मारियाको सानदार प्रदर्शनसँगै पेरिस सेन्ट जर्मन (पीएसजी) ले फ्रान्सेली लिगमा आइबार राति मार्सेलीलाई ३–१ गोलले पराजित गरेको छ ।

घरेलु मैदानमा पीएसजीको जितमा केलियन एमबाप्पेले खाता खोले । उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए । एमबाप्पेको यो सिजनको लिगमा २६औं गोल हो । त्यसपछि मार्सेलीले ४६औं मिनेटमा बराबरी गोल फर्काएको थियो । मार्सेलीका भालेर जर्मनले गोल गरेका थिए ।

५५औं मिनेटमा डी मारियाले पोस्ट नजिकबाट गोलगर्दै पीएसजीलाई पुनः अगाडी बढाए । ६२औं मिनेटमा मार्सेलीका गोलरक्षक स्टिभ मान्डान्डाले डिबक्स बाहिर आएर हातले बल समातेपछि रेफ्रीले उनलाई रातो कार्ड दिएका थिए । सोही फ्रिकिकमा डी मारियाले ब्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित पारे ।

खेलको अन्तिममा पीएसजीले पेनाल्टीको मौका गुमाएको थियो । उपाधितर्फ उन्मुख पीएसजीले जितसँगै २८ खेलबाट ७७ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको लिलेको २९ खेलबाट  ५७ अंक छ । ४७ अंक बनाएको मार्सेली चौथो स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप