बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लभरपुल शीर्ष स्थानमा उक्लियो

सोमबार, ०४ चैत २०७५, ०९ : १७
सोमबार, ०४ चैत २०७५

एजेन्सी – लिभरपुल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा फुलहमाथि २–१ गोलको संघर्षपूर्ण जित निकाल्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो ।

जितसँगै लिभरपुलले ३१ खेलबाट ७६ अंक बनाएको छ । लिभरपुल दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा दुई अंकले अगाडी छ । यद्यपी सिटीले एक खेल कम खेलेको छ । सिटीको ७४ अंक छ । रेलिगेसनको चपेटामा रहेको फुलहमको मैदानमा लिभरपुलले खेलको २६औं मिनेटमा साडियो मानेको गोलबाट अग्रता लिएको थियो । मानेले ब्राजिली रोबर्टाे फिर्मिनोको पासमा गोल गरको थिए ।

७४औं मिनेटमा लिभरपुलका गोलरक्षक र रक्षकबीच आपसी तालमेल नमिल्दा फुलहामका रायन बावेलले गोल गर्दै खेललाई बराबरीमा ल्याए । बराबरीपछि जोसिएको लिभरपुलले ८०औं मिनेटमा पेनाल्टी मार्फत निर्णायक गोल गरेको थियो । फुलहमका गोलरक्षक सर्जियो रिकोले साडियो मानेलाई फल गरेपछि लिभरपुले पेनाल्टीको मौका पाएको थियो । उक्त मौकालाई कप्तान जेम्स मिल्नरले सदुपयोग गरे । त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् । लिभरपुलसँगको हारसँगै रेलिगेसनमा रहेको फुलहामको १७ अंक छ ।

यसैगरी आइतबार रातिनै भएको अर्को खेलमा एभर्टनले चेल्सीलाई २–० गोलले हराएको छ । घरेलु मैदानमा एभर्टनको जितमा रिर्चलिसनले ४९औं र गेल्फी सिगुड्सनले ७२औं मिनेटमा गोल गरेका थिए । यस हाररे शीर्ष चारमा रहने चेल्सीको योजनामा ठूलो धक्का लागेको छ । ५७ अंक बनाएको चेल्सी छैटौं स्थानमा छ । जितसँगै ४० अंक बनाएको एभर्टन ११औं स्थानमा उक्लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप