शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शून्य लागतमा नेपाली श्रमिक लैजान कतार सकारात्मक

सोमबार, ०४ चैत २०७५, ०८ : २१
सोमबार, ०४ चैत २०७५

काठमाडौँ – कतार नेपाली श्रमिक शून्य लागतमा लैजान विषयमा सकारात्मक देखिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा गएको नेपाली प्रतिनिधि र ती देशका प्रतिनिधिबीच भएको छलफलमा कतार सकारात्मक देखिएको हो । 

कतारसँग पहिलो चरणको वार्ता सकेर फर्किनुभएका सहसचिव घिमिरेले द्विपक्षीय वार्ता फलदायी रहेको र श्रमिकलाई व्ययभार नपर्ने गरी तथा उनीहरूका आधारभूत अधिकार एवं सुरक्षाको ग्यारेन्टी गर्ने गरी श्रम समझदारी गर्ने विषयमा कतार सकारात्मक रहेको जानकारी दिए । 

सहसचिव घिमिरे नेतृत्वको नेपाली टोलीले गएको बुधबार र बिहीबार कतारसँग त्यहाँको प्रशासन विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयका प्रतिनिधिसँग पहिलो चरणको छलफल गरेर स्वदेश फर्किएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप