सिक्का खसाल्नुहोस्, प्याड लिनुहाेस्
भैरहवा - हामीलाई थाहा छ महिनावारीका कारण नेपालका कतिपय ठाउँका छात्रा विद्यालय जान सकेका छैनन् । यसले महिनामा एउटी छात्राको करिब ४ ५ दिन पठनपाठन रोकिने गर्छ । यस्तो समस्या ग्रामीण क्षेत्रमा अझ विकराल छ ।
तर रुपन्देही भैरहवास्थित बुद्धज्योति माध्यामिक विद्यालयका विद्यार्थी महिनावारीको समस्यबाट मुक्त हुन पाएका छन् । यो विद्यालयले आफ्ना विद्यार्थीलाई लक्ष्य गरी स्यानिटरी प्याड भेन्टिङ मेसिन राखेको छ, जहाँ विद्यार्थीले एक रुपैयाँको सिक्का हालेपछि स्वचालित रुपमा प्याड निस्कन्छ ।
हुन त यसअघि पनि विद्यालयले छात्रालाई प्याड दिने गरेको थियो । तर आवश्यक परेको बेला र शिक्षिका नहुँदा विद्यार्थीले प्याड माग्न गाह्रो मान्थे । स्वतालित मेसिन राखेपछि भने छात्रालाई न कसैसँग प्याड माग्ने झन्झट भएको छ, न त रकमकै । एक रुयैयाँ सिक्का पनि विद्यालय आफैले उपलब्ध गराई मेसिन नजिकै राखिदिएको छ । यो समाचार सलमान खानले अन्नपूर्णमा लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान