शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चैत ३ गते– पाँच नम्बर प्रदेशमा कहाँ के भयो ?

आइतबार, ०३ चैत २०७५, २२ : ३८
आइतबार, ०३ चैत २०७५

ठेकेदार फरार भएपछि सुस्ताको झोलुङ्गे अलपत्र

परासी– लामो समयदेखि ठेकेदार फरार रहेपछि सुस्ताको झोलुङ्गे पुल अलपत्र परेकोे छ । बन्दी र राव मेटिरियलको अभाव देखाउँदै आलटाल गर्दै आएको ठेकेदार अहिले सम्पर्कमा नआएपछि पुल अलपत्र परेको हो ।

जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेको सुस्ताबासी पुल बन्न नसकेकाले अहिलेपनि जोखिमपूर्ण यात्रा डुंङ्गा चढेर आवत जावत गर्न बाध्य रहेको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खानले दुखेसो पोखे ।

 सुस्ता भूमि हाल पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ मा पर्द छ । नारायणी नदी (गण्डकी) पारी भारतको विहार संग जोडिएको सुस्ताभूमि र जिल्लाको सुस्ता गाउँपालिका जोड्ने गरी सरकारले ४ वर्ष अगाडी झोलुङ्गे पुलको आयोजना दिएपनि ठेकेदारको लापरवाहीले उक्त पुल निर्माण सुभारम्भ नै एक वर्ष ढिलो भएको स्थानीयले बताए ।

वर्षाैदेखि जोखिम पूर्ण यात्रा गर्दै आएका सुस्ताबासीको समस्या सामाधान गर्न सरकारले सुस्ता र पक्लिहवाँ जोडन एसियाकै दोश्रो ठूलो झोलुङ्गे पुलको आयोजना दिएको थियो

 वि.स २०७३ पुषमा शुरु भएको उक्त झोलुङ्गे पुलको निर्माण कार्य अझै १० प्रतिशत पनि काम हुन सकेको छैन ।

जनशक्ति अभाव प्रदेशको कृषि क्षेत्रको प्रमुख समस्या : कृषिमन्त्री पौडेल

बाँके – प्रदेश ५ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्ष पुगेको अवसरमा आइतबार गृह जिल्ला बाँकेको नेपालगञ्जमा पत्रकार सम्मेलन गरी मन्त्रालयका गतिविधि सार्वजनिक गरेकी छन् ।

पत्रकार सम्मेलनमा बोल्दै जनशक्तिको अभाव, सङ्घ तथा स्थानीय सरकारसँगको समन्वय र सहकार्यको अभाव लगायतका चुनौती विद्यमान रहेको मन्त्री पौडेलले बताईन् ।

 प्रदेश सरकारले कोहलपुर नगरपालिका १५ का ४५ घरपरिवार लोपोन्मुख चिडिमार समुदायलाई घर निर्माणका लागि चार करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

मन्त्रालयले तीन वर्ष्भित्र दूध, मासु, माछा र अण्डा उत्पादनमा प्रदेशको आवश्यकता अनुसार, आन्तरिक श्रोतबाटै परिपूर्ति गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यसैगरी कृषि अनुदान, बजारीकरण लगायतका माध्यमबाट उत्पादनमा वृद्धि गर्ने लक्ष्य राखिएको छ ।

चार अर्ब सात करोड रुपैयाँ बजेट रहेकोमा हालसम्म १७ दशमलव ३ प्रतिशत बजेट मात्रै खर्च भएको मन्त्री पौडेलले जानकारी दिईन्न । ६ विधेयक, १८ कार्य्विधि र १५ निर्दे्शिका निर्माण गरिएको छ । 

प्रहरी भ्यानले मोटरसाइकललाई ठक्कर दिएपछि...


बुटवल– प्रहरीको भ्यानले रुपन्देहीको मणिग्राममा मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकसहित तीनजना प्रहरी घाइते भएका छन् । मोटरसाईकललाई बचाउने क्रममा प्रहरीको भ्यान सडक किनारको बारमा ठोक्किन पुगेको थियो

त्यसक्रममा प्रहरीतर्फ तीनजना घाइते भएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख प्रहरी नायव निरीक्षक सन्तोष बुढाथोकीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय मंगलापुरबाट मणिग्रामतर्फ आइरहेको बा १ झ ८१०२ नम्बरको भ्यानले विद्युत कार्यालय अगाडि सोही दिशाबाट आइरहेको लु १७ प २४८६ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । मोटरसाईकललाई ठक्कर दिएपछि सडक बारमा ठोक्किन पुगेको उक्त भ्यानले बार समेत भत्काइदिएको छ ।

दुर्घटनामा घाइते हुनेमा मोटरसाईकल चालक लुम्बिनी सांस्कृतिक नगरपालिकाका १९ वर्षीय उमेश यादव, प्रहरी सहायक निरीक्षक केशबहादुर थापा, जवानहरु किशोर जिसी र नगबहादुर खत्री रहेका छन् । उनीहरुको क्रिमशन अस्पताल मणिग्राममा उपचार भैरहेको र अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ

मंगलापुरका प्रहरी प्रमुख यादवले मोटरसाईकल चालकले मदिरा सेवन गरेकाले दुर्घटना हुन पुगेको दावी गरे । मोटरसाईकल बचाउने क्रममा सडकका बारमा भ्यान ठोक्किदा प्रहरीतर्फ तीनजना घाइते भएको उनले बताए ।

दुईवटा ट्रक ठोक्किँदा एक जनाको मृत्यु

बुटवल – पूर्व–पश्चिम महेन्द्र राजमार्गको नारायणगढ–बुटवल सडक खण्ड अन्तर्गत नवलपरासीको कावासोतीस्थित खरकट्टा जङ्गलमा आज बिहान दुईवटा ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । भने दुई जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार कावासोती नजिकै खरकट्टा जङ्गलमा बिग्रिएर रोकिराखेको ना ७ ख १०९९ नम्बरको ट्रकमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना ६ ख ११९४ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा सो दुर्घटना भएका हो ।

दुर्घटनामा मृत्यु हुनेमा दाङका १८ वर्षीय अनराम रखाल मगर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ ।

त्यस्तै, दुर्घटनामा दाङकै ३० वर्षीय सुदिप राई र २३ वर्षीय विनोद लामा गम्भीर घाइते भएका छन् ।  घाइते दुबैको अहिले पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ

 गुल्मीमा आगलागीबाट घर नष्ट

  जिल्लाको चन्द्रकोट गाउँपालिका(१ मा रहेको सुन्तली परियारको कच्ची घरमामा आइतबार बिहान आगलागी हुँदा घर जलेर नष्ट भएको छ। जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रबहादुर खडकाका अनुसार आइतबार बिहान भैँसीलाई कुँडो पकाउनका लागि आगो सल्काएर अन्य घरयासी काम गर्न लाग्दा आगो अनियन्त्रित भएर घर जलेको हो। खडकाका अनुसार घर जलेर पूर्णरुपमा नष्ट भएको बताए।  उनले आगलागीबाट करिब ४ लाख ५० हजार रुपैयाँ जति क्षति भएको बताए। आगलागीमा कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। 

लालपूर्जा पाउने खबरले रामपुरवासीमा खुशियाली

बेझाड– तीन दशकअघिदेखि लालपूर्जाको आशैआशमा निराश बनेका रामपुरवासी लालपूर्जा पाउने खबरले खुशी भएका छन् ।  सरकारले हालैमात्र पाल्पा रामपुर नगरपालिकाअन्तर्गतको जग्गादर्ता समिति गठन आदेश २०७५ स्वीकृत गरेपछि नगरवासीमा खुशियाली छाएको हो ।

जिल्लाकै उपत्यकाका रुपमा रहेका रामपुर नगरपालिकाका स्थानीयवासी जग्गादर्ता समिति गठन आदेश २०७५ सरकारले स्वीकृत गरेपछि रोकिएको लालपूर्जा पाउने खबरले उत्साहित बनेका हुन् ।

हालको रामपुर नगरपालिका वडा नं ५ स्थित रामतुलसी मावि र वडा नं ६ स्थित दरैठाँटी मावि सञ्चालनका लागि विद्यालयले त्यहाँका घर घडेरी बिक्री गरेपछि स्थानीयवासीले विसं २०३५÷०३६ देखि नै सो जग्गा भोगचलन गर्दै आइरहेका छन् ।

रामपुर बजारमा ठूलाठूला घर, भवन धमाधम बन्नेक्रम जारी छ । उद्योग, व्यापार व्यवसाय दिनानुदिन खुल्ने सङ्ख्या बढिरहेको अवस्थामा यस क्षेत्रका नागरिक लालपूर्जा नपाउँदा चिन्तित बनेका थिए ।

लालपूर्जा्विहीन बनेका रामपुर नगरपालिका– ५, ६ र ७ का ८५६ घरधुरीका स्थानीयवासी लालपूर्जा पाउने सरकारले निर्णय गरेसँगै खुशी व्यक्त गरेका छन् । रामपुर नगरपालिका– ५ बेझाड बजारका डिलमाया सोमैले २५ वर्षअघि रामतुलसी माविको नामबाट वितरण गरिएको जग्गामा लालपूर्जा पाउने आशामा घडेरी लिए वि.सं २०७१ वैशाख २५ गते रामपुर गाउँविकास समितिबाट रामपुर नगरपालिका घोषणा भई नगरवासीका रुपमा बसोबास गर्दै आएका यहाँका स्थानीयवासीले आफू बसोबास गरेको घरघडेरीको लालपूर्जा नपाउँदा किनबेचमा निकै चुनौती झेल्दै आएका थिए ।

सरकारले रामपुर नगरपालिकाअन्तर्गतको जग्गा दर्ता समिति गठन आदेश २०७५ स्वीकृत गरेपछि अहिले यहाँ गाउँ, टोल, बजार, चोकमा एकापसमा बहस हुन थालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप