यो सरकार नै जनसरकार हो : प्रधानमन्त्री ओली

विराटनगर–प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रदेश कमिटीका सदस्यहरुलाई कुशल संगठक, सहि विचारका संवाहक र अनुशासनका प्रतिमूर्तिका रुपमा समाजमा प्रस्तुत हुन निर्देशन दिएका छन् ।
नेकपा प्रदेश कमिटी प्रदेश नम्वर १ को पहिलो वैठक तथा सपथ ग्रहण समारोहलाई सम्वोधन गर्दै उनले त्यस्तो निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री ओलीले सामाजिक चेतना र विकास निर्माणका अभियन्ताका रुपमा सफलता मिलोस भन्ने शुभकामना समेत दिए।
प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई जनताले दुई तिहाई वहुमत दिएको हुनाले यो सरकार नै जनसरकार भएको बताए । “ती जनताकै लागि सरकारले काम गरिरहेकाले यो सरकार नै जनसरकार हो ” प्रधानमन्त्री ओलीले भने “ कम्युनिष्ट पार्टीको सरकार कस्तो हुन्छ भन्ने कुरा यो सरकारले देखाउने छ । ”
आधुनिक देश,आधुनिक प्रदेश र आधुनिक स्थानीय सरकार कस्तो हुन्छ भन्ने देखाउन त्यहि ढंगले काम गर्न उनले निर्देशन दिए । उनले प्रदेश कमिटीका सदस्यहरुलाई स्थानीय तहलाई निर्देशन कम सुझाव बढि दिन सल्लाह दिए ।
प्रधानमन्त्री ओलीले आउँदो चुनावमा दुई तिहाई भन्दा वढि मतसहितको सरकार बनाउने दावी गरे । “नेकपा वैचारिक हिसावले स्पष्ट छ ” प्रधानमन्त्रीले भने “ हरेक राष्टिय मुद्धामा हाम्रो मत स्पष्ट छ । ”
प्रधानमन्त्री ओलीले शास्त्रीय मार्क्सवाद भन्दा आजको समयअनुसार चल्न सक्ने मार्क्सवादको उपयोग गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी ४ पेय पदार्थले जमाउँछन् कलेजोमा बोसो
-
ग्याँस सिलिन्डर साट्दा उपभोक्ता ठग्ने काम भयो : सांसद कोइराला
-
‘ए कान्छा’मा युबिन र मञ्जुको रोमान्स
-
सिन्धुली गढी घुमेर हेर्दा...
-
मुख्यमन्त्रीलाई कर्मचारीले सम्झाए प्रदेशको क्षेत्राधिकार, कर्मचारीलाई विभिन्न सुविधा माग
-
प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हट्यो