शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गोवाका मुख्यमन्त्री मनोहर पर्रिकरको निधन

आइतबार, ०३ चैत २०७५, २० : ४५
आइतबार, ०३ चैत २०७५

नयाँदिल्ली– गोवाका मुख्यमन्त्री मनोहर पर्रिकरको आइतबार निधन भएको छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले आफ्नो ट्वीटमार्फत मनोहरको निधन भएको जानकारी दिएका छन् ।

उनी लामो समयदेखि बिरामी रहेका थिए भने पछिल्लो केही दिनयता अवस्था थप गम्भीर  बनेको थियो । 

विगत एक वर्षदेखि प्यान्क्रियाटिक क्यान्सरबाटग्रस्त ६३ वर्षीय मनोहर सबैभन्दा पहिले १४ फेब्रुअरी २०१८ मा बिरामी परेका थिए । त्यसपछि उनी गोवा मेडिकल कलेजमा भर्ना भएका थिए । त्यसको केही दिनपछि उनी मुम्बईस्थित लिलावती अस्पतालमा रेफर भए भने त्यहाँबाट अमेरिकापनि लगियो । 

यस्तै गत सेम्टेम्बर १५ मा उनलाई  भारत ल्याएर नयाँदिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको थियो । उपचारपछि उनी अक्टोबर १४ मा गोवा फर्किएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप