शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कालीमाटीमा देवः विकास बैंकको शाखा संचालन

आइतबार, ०३ चैत २०७५, १८ : ५९
आइतबार, ०३ चैत २०७५

काठमाडौं– देवः विकास बैंकले काठमाडौं महानगरपालिका १३ स्थित कालीमाटीमा शाखा कार्यालय संचालनमा ल्याएको छ । संचालनमा आएको कालीमाटी शाखा कार्यालयको काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै मेयर शाक्यले मेरो काठमाडौं मैले बनाउँछु भन्ने भावना सहित आर्थिक समृद्ध काठमाडौं निर्माणमा महानगरवासी सँग सहकार्य गर्ने र महानगरको आर्थिक एवं सामाजिक विकासमा देवः विकास बैकले प्रभावकारी भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिए ।  

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद श्रेष्ठले स्थानीय निक्षेपकर्ता, व्यवसायी, उद्यमीहरुलाई सरल, सुलभ तथा सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्न तथा सेवाग्राहीहरुलाई सहज वित्तीय पहँुचका साथै निक्षेपकर्ता, स्थानिय व्यवसायी, उद्यमी, औद्योगिक तथा व्यवसायिक संघ संस्थासँग सुमधुर, प्रगाढ र व्यवसायिक सम्बन्ध बनाई आर्थिक गतिविधिको विकास र विस्तार गर्न सकारात्मक भुमिका निर्वाह गर्ने बताए ।

काठमाडौं महानगरपालिका वडा नं १३ का वडा अध्यक्ष ध्रुव नारायण मानन्धरले बैंकको शाखा सञ्चालनबाट यस क्षेत्रमा भएका अवसरहरुलाई थप सदुपयोग भई वडाको विकासमा मद्दत पुग्ने भएकोले बैंकको सफलताको शुभकामना व्यक्त गरे ।

बैंक संचालक समितिका अध्यक्ष बज्र गुरुङले स्थानीय सरकारसँगको सहकार्यमा यस क्षेत्रका आर्थिक सम्बृद्धिका लागी लगानी र अवसर सिर्जना गरिने विश्वास सहित बैंकले आगामी दिनमा देशको पूर्वी क्षेत्रमा शाखा विस्तार गरिने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप