सहायता कोषका लागि एनआरएनए स्कटल्याण्डको 'हिल वाक'
स्कटल्याण्ड- एनआरएनए स्कटल्याण्ड राज्य समन्वय समितिले स्कटल्याण्डको प्रख्यात डुमएट हिल, स्टरलिङमा आगामी मार्च २४ गते आइतबार बिहान १० बजे हिल वाक इभेन्ट आयोजना गरेको छ।
एनआरएनए स्कटल्याण्डको नौलो तरिकाले हिल वाक इभेन्टको आयोजना गरेर सहयोग संकलन गर्ने लक्ष्यको गैर आवासीय नेपालीहरुमाझ विशेष चर्चाको विषय बनेको छ।
एनआरएनए स्कटल्याण्डका अध्यक्ष मोहन कार्की हिल वाक इभेन्टबाट सहायता कोषको लागि सहयोग संकलन गर्ने र उक्त कोषबाट संकलित सहयोग आपतकालीन र मानव कल्याणको क्षेत्रमा प्रयोग गरिने बताउँछन् ।
डुमएट हिलमा पाँच माइलको हिडाईको लागि करिब साँढे दुई घण्टा लाग्ने अनुमान गरिएको छ। हिल वाक एक स्वस्थ इभेन्ट पनि रहेको र यस्ता स्वस्थ इभेन्टहरुबाट सहभागीहरुको शारिरिक र मानसिक स्वास्थ्यमा फाइदा पुग्ने समेत अध्यक्ष कार्कीले बताए।
हिल वाकमा आधिकारिक मेडिकल स्वयम्सेवकहरु र अन्य स्वयमसेवकहरू समेत सहभागीहरूको सहयोग र सुरक्षाको लागि प्रबन्ध गरिएको इभेन्ट संयोजक राम बगालेले बताए। उक्त हिडाईमा परिवार र बालबालिका सहितको सहभागिता रहने हुनाले सहभागीताको लागि स्कटल्याण्डको बिभिन्न स्थानबाट नेपालीहरुको सहभागिताको लागि अपेक्षा गरिए अनुसार सहभागी हून आआफ़नो क्षेत्रका प्रतिनिधि मार्फत नाम दर्ता गराउने हरूको शंख्या उच्च रहेको तथ्य संस्थाका सचिब कृष्ण दहालले बताए ।
संस्थाका खेलकुद संयोजक उज्जवल कार्कीका अनुसार उक्त इभेन्टको लागि स्कटल्याण्डको एडिनब्रा, ग्लासगो, एबर्डिन, फलक्रिक, फाइफ, डनफर्मलिन र स्टरलिङमा स्थानीय सम्पर्क व्यक्तिहरु तोकिएको छ ।
एनआरएनए स्कटल्याण्डको यस्तो कार्यक्रम अत्यन्त राम्रो प्रकृतिको भएको र संस्थाले बेला बेलामा यस्ता कार्यक्रमहरू आयोजना गरिरहनु पर्ने संस्थाका सल्लाहकार डा. रामकुमार अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले बढाए क्यानडा–चीनको चिन्ता
-
कर्णाली याक्सको ‘युथ ब्रान्ड एम्बासडर’ मा सिसन बानिया
-
३३४ किलो यार्सागुम्बा निर्यात हुँदा भित्रियो साढे १२ करोड
-
क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशन तयारी अन्तिम चरणमा, बिहीबार भूगोल पार्कमा उद्घाटन हुने
-
कीर्तिपुरमा गुमेको साख फिर्ता ल्याउनुपर्ने दबाबमा एमाले उम्मेदवार (भिडियोसहित)
-
इमरान खानका हजारौँ समर्थक इस्लामाबादमा, सरकारले बोलायो सेना