शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आइतबारकाे राशिफल

आइतबार, ०३ चैत २०७५, ०६ : ००
आइतबार, ०३ चैत २०७५

काठमाडाैं - वि.सं.२०७५ साल चैत्र ०३ गते । आईतबार । ईश्वी सन् २०१९ मार्च १७ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । फाल्गुन शुक्ल पक्ष । तिथि एकादशी,२६ घडी ४४ पला,बेलुकी ०४ बजेर ५६ मिनेट उप्रान्त दुवादशी । नक्षत्र तिष्य,३६ घडी २६ पला,बेलुकी ०८ बजेर ४८ मिनेट उप्रान्त अश्लेषा । योग अतिगण्ड,३९ घडि ३७ पला,बेलुकी १० बजेर ०५ मिनेट उप्रान्त सुकर्मा । करण भद्रा,बेलुकी ०४ बजेर ५६ मिनेट उप्रान्त बव,रातको ०३ बजेर ४६ मिनेट उप्रान्त वालव । आनन्दादिमा श्रीवत्स योग । चन्द्रराशि कर्कट । आमलकी एकादशी व्रत।

काठमाडौंमा सूर्योदय ०६ बजेर १४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १२ मिनेट । दिनमान २८ घडी ५६ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पैत्रिक घर जग्गामा गरिने व्यापार व्यावसाय फस्टाएर जानेछ । कृषि तथा पशुपालनमा रुपैया पैसा लगानि गरि आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । आफन्त तथा समाजका बौद्धिक व्यात्तित्वहरु सँग बिवाद हुने योग रहेकोछ । खानपान तथा मौषमको  ख्याल गर्नुहोला छाति तथा श्वास प्रश्वास सम्बन्धि समस्या आउन सक्छ । अरुकै लहैलहैमा लागेर आफ्नो सस्कार भुल्दा पछि गएर पछुतो हुने ग्रहयोग रहेकोछ । अध्ययनमा अलि बढि समय खर्चिय नतिजा आफ्नौ पक्षमा पार्न सकिनेछ । 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) उद्योग तथा व्यापार व्यावसायमा ध्यान नदिदा घाटा सहनुपर्ला । यात्रा गर्दा ध्यान दिनुहोला दुख पाईनेछ । दाजुभाई तथा छिमेकिको साथ नपाईने हुदा मन खिन्न रहनेछ । मुद्दा मामिला तथा प्र्रतिश्पर्धामा तपाईको पक्षमा निर्णय नआउदा मानशिक तनाव बढ्नेछ । बिद्यामा गरिएको लगानिबाट सन्तोषजनक नतिजा आउनेछ । प्रयण सम्बन्धमा चिसोपन बढ्ने भएपनि अन्तत एक अर्कालाई बुझ्दै अगाडि बढ्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बोलिको प्रभाब बढ्ने हुनाले महत्वपुर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निको सहयोगले राम्रा काम गर्न सकिनेछ  । कुटुम्बबाट तपाईले गरेको काममा सहयोग प्राप्त हुनेछ । पढाई लेखाईमा सफलता हात लाग्ने योग रहेकोछ । व्यापार व्याव्वसायबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) परिवार तथा आफन्तजनमा आत्मियताको भाव बढ्नेछ भने माया प्रेममा नजिक हुँने समय रहेकोछ । व्यापार बिस्तार गरि भनेजस्तो लाभ लिन सकिने तथा बिभिन्न क्षेत्रमा लगानि गरि आम्दानिका स्रोतहरु बिस्तार गर्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुनालेअन्य प्रतिष्पर्धिहरुलाई टप्न सकिनेछ भने सबैको धन्यवादको पात्र हुँदा मन प्रशन्न रहनेछ । राजनिति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट सेवा सुबिधा प्राप्त गर्न सक्नेछन् ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) विदेशि सामानको व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ भने कर्म प्राप्तिको निम्ति लामो दुरिको बिदेश यात्रा हुँने योग रहेकोछ । पढाई लेखाईमा सुधार हुँदै जाने तथा अलि बढि मेहेनेत गर्दा पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । अग्रज तथा आफन्तहरुको सल्लाह बमोजिम अगाडि बढ्नुहोला गन्तब्य पहिल्याउँन सहज हुनेछ । समयमा काम बन्ने हुनाले मान सम्मानमा बृद्धि भएर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्ना घट्न सक्छ । प्राकृतिक स्रोत तथा सरकारि धनको सहि परिचालन गर्न नसक्दा आम्दानिका बाटाहरु साघुरा हुँनेछन् । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रनेछ भने मनोबल कमजोर हुँने हुँदा अरु प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । प्रेममा एक अर्का बिच बैमनस्यता बढेर जाने योग रहेकोछ भने जीवन साथिसँग अबिश्वास बढेर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) मान सम्मान तथा ईज्जत प्रतिश्ठामा दाग लाग्न सक्छ काम गर्दा ख्याल गर्नुहोला । सरकारि सेवामा झन्झटिला प्रक्रिया अबलम्बन गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । राज्जबाट गलत आक्षेपहरु लाग्न सक्छ । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछाडि परिनेछ । ब्यापार ब्याबसायमा नाफा कमाउन निकैनै समय दिनु पर्नेछ । बिहानको समय उत्तम रहेकोले अध्ययन तथा अध्यापनमा सफलता प्राप्त गर्न सकिनेछ भने धार्मिक स्थल तथा लामो दुरिको यात्राको तय हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) अध्ययनको शिलशिलामा लामो दुरिको यात्रा गर्न सकिनेछ । धर्म कर्ममा मन जाने हुनालेदिनभर जसो मन शान्त रहनेछ । सरकारि तथा प्रशासनि क्षेत्रमा सेवा प्रभाह गर्नेहरुलाई रिजाएरु महत्वपुर्ण काम दिन सकिनेछ । पढाई लेखाईमा सुधार भएर जानेछ भने नतिजाको आफैतिर ल्याउँन सकिनेछ । माया प्रेममा नजिक हुँने समय रहेकोछ भने एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । व्यापारमा थोरै लगानि र थोरै समय दिएपनि मनग्गे नाँफा कमाउँन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समय मध्ययम रहेकोले कुनै व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि दिन कुर्नुहोला । आर्थिक व्यावस्थापनका लागि गरिने कामहरु अन्तिम निष्कर्षमा नपुगि बिचमानै अवरुद्ध हुन सक्छन् , ध्यान दिनुहोला । हरेक क्षेत्रमा अवसरवादि हावि हुनाले कामहरु समयमा सम्पन्न हुँदैनन् । पढाई लेखाईमा एकरुपमा नहुदा अरुभन्दा पछ परिनेछ । माया प्रेममा अबिश्वास तथा धोका हुने अधिक सम्भावना रहेकोछ । 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) साझेदारि व्यापार व्यावसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ । पर्यटन सम्बन्धि व्यावसाय फस्टायर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नि बिचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ । वैदेशिक यात्राको सम्भावना निकै बलियो रहेको छ । साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) मुद्दा मामिला तथा न्यायिक निकायबाट हुने निर्णयहरु पछिको लागि सार्नु नै उपयूक्त हुनेछ किनकि आज आउने फैसला तपाईको पक्षमा हुने छैन । व्यापार व्यावसायमा समय दिएपनि आम्दानि कम हुनेछ भने खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न असजिलो हुनेछ । नोकरि तथा पढाईमा हुने प्रतिष्पर्धामा विजय हुन कडा मेहनेत गर्नु पर्नेछ । पुराना समस्या पुनह बल्झन तथा ऋण लाग्नेछ ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नया नया काम गर्ने जोस जागर बढेर आउनेछ । माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् । रमाईलो यात्राको तय हुँने तथा व्यापारबाट मनग्गे नाफा कमाउन सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । आकश्मिक धन तथा भौतिक सम्पति लाभ हुनेछ भने शेयर बजारमा गरेको लगानि फस्टाएर जानेछ ।

तपाईको दिन शुभ रहोस् ।     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप