किन कमजोर भयो माओवादी आन्दोलन ?
नेपालको आधुनिक राजनीतिमा माओवादी आन्दोलनको इतिहास कसैले चाहेर पनि नचाहेर पनि मेटाउन सक्तैन । सन् १९९० को दशकमा सुरु भएको यही आन्दोलनले नेपाललाई एउटा वीरता र स्वाभिमानसहितको देशका रूपमा विश्व समुदायमा चिनाएको हो । नेपाली जनता र यहा“का राजनीतिक दलहरूलाई पनि सामन्ती राजतन्त्रको जुवाबाट मुक्त बनाएको थियो ।
अहिले पनि नेपालले जुन राजनीतिक परिवर्तन प्राप्त गरेको छ, त्यसमा यही आन्दोलनको लगाव जोडिएको छ । हजारौँ वर्षदेखि रहेको दमित मानसिकतामा क्रान्तिकारी क्रमभङ्गता हासिल गर्न पनि प्रचण्डले नेतृत्व गरेको यही पार्टी चाहिएको थियो । गणतन्त्र र सङ्घीयता सहितको संविधान घोषणाका लागि प्रचण्डकै साहास चाहियो । सीमान्तकृत, पीछडिएका, दलित, महिला, आदिवासीलगायतका वर्ग समुदायलाई राजनीतिको मूलधारमा ल्याउन समावेशिता कायम गर्न पनि प्रचण्ड नै चाहियो । संविधान कार्यान्वयन हुँदैन कि भनेर निराशा छाएको बेला स्थानीय निर्वाचन गर्न पनि प्रचण्डकै नेतृत्वको सरकार चाहियो । अहिलेसम्मका घटनाक्रमहरूबाट यो निष्कर्षमा पुग्न सकिन्छ कि यो देशमा कुनै ठूलो सङ्कट पर्दा त्यसबाट पार लगाउन प्रचण्ड नै चाहिन्छ ।
माओवादी आन्दोलनले नै स्थापित गरेको राजनीतिक धरातलमा भने अर्कैैको रजाइँ चलेको देख्दा भने यतिबेला माओवादी आन्दोलनकै अगुवाहरूलाई कस्तो लाग्छ होला ? यी सबै प्रकरणहरूलाई नियाल्ने, विश्लेषण गर्ने र रमिते बन्नेहरूले पनि के सोचिरहेका होलान् ? किन जो इतिहासको निर्माता हो, उसैलाई इतिहासले दण्डित गरिरहेको छ ? बाली लगाउने एउटा छ, बाली स्याहार्ने अर्कै छ । आखिर यस्तो किन भैरहेको छ ? कमजोरी कहा“ छ ? जनता नै माओवादी आन्दोलनप्रति नकारात्मक भएका हुन् वा माओवादी पार्टी र त्यसको संरचनामा नै केही खोट छ ? नेतृत्वले मात्र होइन पार्टीका आम कार्यकर्ता र समर्थकले समेत गम्भीर भएर सोच्नुपर्ने बेला भएको छ । पार्टी केन्द्रको सचिवालय बैठकमा निर्वाचनमा पार्टीको पराजयको समीक्षा भएको थियो । बैठकमा अध्यक्ष प्रचण्डले उठाएको एउटा सन्दर्भ निकै मार्मिक र अर्थपूर्ण छ । यस्तै हो भने ‘माओवादी पार्टी नै बिघटन गरिदिउ“m’ भन्ने अध्यक्ष प्रचण्डको भनाइले समग्र पार्टी जीवनको अव्यवस्थाको चित्रण गरेको छ ।
अहिलेसम्म पार्टी कसरी चलेको रहेछ भन्ने बुझ्न यो कथन नै काफी छ । यो अध्यक्ष प्रचण्डको अन्तरमनको पीडा मिश्रित अभिव्यक्ति हो । यस भनाइले पार्टीको पराजयको कारण अरू कोही नभएर पार्टीकै कार्यशैली र विचौलिया प्रवृत्ति हो भन्ने कुरालाई इङ्गित गरेको छ । हजारौँका कमिटी र कामचोर र जनताको नजरमा बदनाम भैसकेका नेता कार्यकर्ताहरूको गतिविधिका कारण नै पार्टी कमजोर भैरहेको कुरालाई बुझ्न नेतृत्वले फेरि पनि विलम्ब गर्नु हुँदैन । पार्टीको स्थायी संरचना बनाएर कम्युनिस्ट नैतिकता र पद्धतिमा पार्टी सञ्चालन गर्नुको सट्टा चाटुकार र धुपौरेहरूलाई अवसर दिने कार्यशैली तत्काल बदल्नु पर्दछ । पार्टीको सङ्गठनात्मक जिम्मेवारीमा रहेर पार्टीमा मन्द विष छर्ने जोकोहीलाई पनि अनुशासनको सामान्य कारबाही होइन, कठोर सजाय दिनुपर्दछ । पश्चिमाहरूले दिएको एनजीओ मोडेलको समावेशी ढङ्गले होइन वर्गीय दृष्टिकोणको आधारमा कम्युनिस्ट पार्टीको सञ्चालन हुनु पर्दछ । जनताले देख्न चाहेको माओवादीको चरित्र अनुसारको पार्टी बनाउने प्रयत्न गरौँ ।
यद्यपि निर्वाचनमा पार्टीको नराम्रो पराजय भए पनि जनताले अझै माओवादीबाट आशा मारिसकेको अवस्था छैन । निर्वाचनमा आएको मतको प्रकृतिले पनि यही सन्देश दिइरहेको छ । समस्या जनतामा होइन । कार्यकर्तामा पनि होइन । समस्या त नव सामन्ती प्रवृत्ति अँगालिरहेका नेताहरूमा देखिन्छ । माओवादी पार्टीलाई पहिलेकै अवस्थामा ल्याउन तत्काल सम्भव नहोला तर राष्ट्रिय राजनीतिमा प्रतिस्पर्धात्मक र प्रभावशाली बनाउन भने मूल नेतृत्वले चाह्यो भने सम्भव छ । यसका लागि केही कठोर निर्णयहरू गर्नु पर्दछ । केही सुझावहरू :
१. सबैभन्दा पहिले भारी भएका कमिटीहरू भङ्ग गर्नु पर्दछ ।
२. जनयुद्धको ब्याज खाएर मात्र फाइदा लिनेहरूलाई पार्टी जिम्मा लगाउनु हु“दैन । पार्टीलाई विविधता भएकाहरूको केन्द्रका रूपमा विकास गरिनु पर्दछ ।
३. राजनीतिक र वैचारिक आधारमा मात्र दलीय मोर्चा र सहकार्य गर्नु पर्दछ ।
४.पूर्णकालीन कार्यकर्ता निर्माणमा पार्टीको प्राथमिकता रहनुपर्दछ ।
५. पार्टी कमिटीहरू निर्माण गर्दा जनवादको अभ्यासलाई महत्व दिनुपर्दछ । नेताहरूको चाकडी गरेको भरमा कमिटीमा ल्याउने प्रथा बन्द गरिनुपर्दछ ।
६. पार्टीको स्थायी संरचना निर्माण गरी सबै पार्टी सदस्यहरूलाई कुनै न कुनै कमिटीमा सङ्गठित हुने व्यवस्था गर्नुपर्दछ । जीवन्त पार्टी कमिटीहरूले नै जनतालाई गोलबन्द गर्ने हैसियत राख्दछन् ।
७. पार्टी सदस्यता वितरणलाई वैज्ञानिक बनाउनुपर्दछ । यसका लागि कमिटी स्तरको पाठ्यक्रम बनाउनुपर्दछ ।
८. सहर केन्द्रित पार्टी नेता र कार्यकर्ताहरूलाई गाउ“ फर्काउनुपर्दछ । जसरी पनि पैसा कमाउनु पर्दछ भन्ने मानसिकताका नेता कार्यकर्ताहरूलाई किनारा लगाएर जनसाधारणले मन पराएका नेताहरूलाई उत्साहित गराउनु पर्दछ ।
९. कुनै अवसर दिँदा नेताको निकटस्थ र परिवारको सदस्य हुनुपर्ने अघोषित प्रावधान खारेज गरी कार्यक्षमता र पार्टीप्रतिको लगनशीलतालाई पनि आधार बनाउनुपर्दछ ।
१०. नेताहरूमा बढ्दै गएको आडम्बरी र नवसामन्ती संस्कारलाई नियन्त्रण गर्न सर्वहारा वर्गीय जीवनशैली अपनाउनुपर्दछ । स्मरण रहोस् महात्मा गान्धीले खादी र खराउ लगाएरै संसारलाई मार्गदर्शन गर्न सके ।
११. जनयुद्धबाट स्थापित भएको माओवादी पार्टीलाई जनताको नजरमा कम्युनिस्ट पार्टी जस्तै बनाउन नेतृत्वले भगीरथ प्रयत्न गर्नु पर्दछ ।
१२ं जनवर्गीय सङ्गठनहरूलाई मृत अवस्थामा राख्ने अभ्यास परित्याग गरी तिनलाई जनतासँगको सम्बन्ध जोड्ने सेतुको रूपमा विकास गर्नुपर्दछ ।
स्थानीय तहको निर्वाचनमा माओवादी एउटा क्रान्तिकारी वैकल्पिक शक्तिका रूपमा जनतामा जान सकेन । निर्वाचन जित्ने बहानामा जोसँग पनि मिलेर उसले आफ्नो मौलिक पहिचान नै गुमाउन पुग्यो । जसलाई जनताले मन पराएनन् । परिणाम पनि गठबन्धन गरिएको ठाउ“मा सकारात्मक आएन । कार्यनीति र रणनीतिको बीचमा तालमेल हुन नसक्दा अहिलेका समस्याहरू देखिएका छन् । दर्शन, विचार र सिद्धान्तभन्दा पर गएर गरिने दाउपेचको राजनीतिमा खासै महत्व हु“दैन । यो कुरा नेतृत्वले बुझेर पनि किन बुझ पचाइरहेको होला ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरिया पठाउँछु भनेर ९ लाख ठगेको आरोपमा एक जना पक्राउ
-
कर्मचारीविहीन भएपछि वडा अध्यक्षले लगाए वडा कार्यालयमा ताला
-
प्रहरी विधेयक प्रधानमन्त्री कार्यालयमा पेस
-
दुर्गा प्रसाईँलाई उचित उपचारको प्रबन्ध गर्न प्रहरीलाई निर्देशन
-
चार महिनामा एक करोडभन्दा बढी कण्डम आयात
-
गोविन्दाले भान्जा कृष्णा अभिषेकलाई किन भने गधा ?