को थिइन् एब्बा एकरल्याण्ड जसको ‘हत्याको बदला’ लिन न्यूजिल्याण्डमा नरसंहार भयो ?

न्यूजिल्याण्डको क्राइस्टचर्च शहर स्थिती दुई मस्जिदमा अन्धाधुन्ध गोलीबारीका कारण ४९ निर्दोषको ज्यान गयो । हमलाकर्ता अष्ट्रेलियन नागरिक हुन् । उनको नाम ब्रेन्टन टेरन्ट बताइएको छ । न्यूजिल्याण्डको लगभग साढे एक बजे उक्त हमला भएको हो । त्यहाँकी प्रधानमन्त्री जसिन्दा आर्डर्नले यसलाई चरमपन्थी हमला बताएकी छिन् ।
यो घटनामा जुन व्यक्तिको नाम सार्वजनिक भइरहेको छ, उनले आफ्नो फेसबुकमा लाइभ स्ट्रिमिङ गरेका थिए । यसअघि उनले एउटा पोस्ट पनि लेखेका थिए जसमा उनले घटनाको योजना किन बनाइएको भन्ने बारे जानकारी दिएका थिए । उनी आफूलाई स्कटिश, इंग्लिक र आयरिश अभिभावकको सन्तान बताएका छन् । उनले लेखे –
‘एब्बा एकरल्याण्डको बदला लिनका लागि यो हमला भइरहेको छ’
ब्रेन्टेनले आफ्नो मेनिफेस्टोमा लेखे,
‘घुसपैठ गर्नेहरुको हातबाट एब्बाको मृत्यु, उनको हिंस्रक हत्यालाई रोक्न नसक्नु मेरो बाध्यताले मलाई क्षतविक्षत तुल्यायो र मेरो घृणा बढ्यो । मैले अब यस्तो हमलालाई नजरअन्दाज गर्न सकिनँ ।’
उक्त मेनिफेस्टोमा टेरन्टले स्टकहोममा भएको हमलाले आफूलाई उक्त हमला गर्न प्रेरित गरेको उनले बताएका छन् । विशेषगरी ११ वर्षे ती किशोरीले हत्याले थप प्रेरित गरेको उनले बताए ।
को थिइन् एब्बाः
एब्बा एकरल्याण्ड ११ वर्षकी बालिका थिइन् जसको सन् २०१७ मा अप्रिलमा स्टकहोममा भएको चरमपन्थी हमलामा मृत्यु भएको थियो । उक्त हमलामा पाँचजनाको मृत्यु भएको थियो ।
सन् २०१७ को यो हमलामा चरमपन्थी रख्मत अकिलोवले आल्हेन्स डिपार्टमेन्ट स्टोरमा बियरले भरिएको मालवाहक गाडी जोतेका थिए । उक्त गाडी अपहरण गरिएको थियो र त्यसमा बम पनि राखिएको बताइयो । रख्मत उज्बेकिस्तानका थिए र उनले स्विडेनलाई इस्लामिक स्टेटविरुद्ध उत्रिएको सजाय स्वरुप उक्त हमला गरेको बताएका थिए ।
उनको फेसबुक पेजमा आइएसआइएससँग जोडिएका विचार देखियो । केही प्रोपोगान्डा लिंक पनि भेटियो । रख्मत स्विडेनमा बस्न आएका थिए । उज्बेकिस्तानमा श्रीमती र चार सन्तान छोडेर । तर त्यहाँ उनलाई बस्न अनुमती दिइएन । उनी जहाँ काम गर्दथे त्यहाँबाट निकालियो । दिनभरी गाँजा चरेस खाएर सुतिरहने भएकाले उनलाई कामबाट निकालियो । त्यसपछि नै उनले गाडी अपहरण गरेर धेरैभन्दा धेरैलाई मार्ने योजना बनाए ।
उनलाई १६ वर्षको जेल सजाय सुनाइयो । यो पूरा भएपछि उनलाई स्विडेनबाट निकालिनेछ र सधैंका लागि प्रतिबन्ध लगाइनेछ ।
एब्बा त्यहीँ थिइन्, जब बियर बोकेको उक्त गाडी मानिसहरुलाई तितर–बितर गर्दै डिपार्टमेन्ट स्टोरमा छिरेको थियो । त्यतिबेला उनलाई हराएको बताइयो तर पछि पुलिसले उनको मृत्यु भइसकेको पुष्टि गर्यो ।
उनका आमा–बुवाले सोसल मिडियामा उनको तस्बिर राखेर उनलाई खोजिदिन अनुरोध गरे । उनको फोटो भाइरल भएपछि पुलिसले घर फर्कने बेला पैदल हिडिँरहेकी उनी चरमपन्थी हमलाको शिकार भएको जानकारी दियो ।
त्यसको एक वर्ष पछि सन् २०१८ को नोभेम्बरमा एब्बाका पिता स्टेफानले उनकी छोरीको चिहानमा कोही आएर त्यहाँ फोहोर गरेको जानकारी दिए । ती व्यक्ति एक आप्रवासी भएको र उनलाई स्विडेनबाट निकालिएपनि अझै पनि त्यहीँ भएको र उनले अन्य थुप्रै चिहानलाई नष्ट गरेको एब्बाका पिताले बताएका थिए ।
घटनापछि एब्बाकी आमा–बुवाको बयानः
स्विडेनको टेलिभिजनमा कुराकानी गर्दै एब्बाकी आमाले उक्त हमलाको निन्दा गरेकी छिन् ।
‘यस्तो नरसंहारले एब्बाको आत्मालाई पक्कै पनि दुःखी तुल्याउनेछ,’ जेनेट एकरल्याण्डले भनिन् ।
यस्तै न्यूजिल्याण्डको हमला लगत्तै एब्बाका बुवाले आफ्नो फेसबुक अकाउन्टमा यस्तो घृणित कार्यका लागि आफ्नो छोरीको नाम जोड्न नहुने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलमानलाई ऊर्जामन्त्री खड्काको २४ घण्टे स्पष्टीकरण
-
अन्य दलसँग संघर्षभन्दा बढी नै समन्वय गर्दा पार्टी कमजोर भयो : प्रचण्ड
-
च्याम्पियन्स ट्रफीमा वर्षाले सधैँ किन लखेट्छ अस्ट्रेलियालाई ?
-
उपचारात्मक क्षेत्रमा नागरिकलाई बढी सुविधा दिने कुरामा सरकार गम्भीर छ : मन्त्री पौडेल
-
अडियो बाहिरिएपछि मन्त्रीका स्वकीय सचिवले विष खाए, उपचारका क्रममा मृत्यु
-
नागरिक उड्डयन प्राधिकरण टुक्र्याउनेसम्बन्धी दुई विधेयक प्रतिनिधि सभामा प्रस्तुत