शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सलमान खानले गाएको गीतको टिजर रिलिज, सोसल मिडियामा उडाइयो मजाक

शनिबार, ०२ चैत २०७५, १२ : ४९
शनिबार, ०२ चैत २०७५

बलिउडका सुपरस्टार भनिने सलमान खानको फिल्म नोटबुक २९ मार्चमा रिलिज हुँदैछ । फिल्ममा जहिर इकबाल र प्रनूतन मुख्य भूमिकामा छन् । सलमान फिल्मका निर्माता हुन् र उनले फिल्मको एउटा गीत गाएका छन् । गीतको टिजर भिडियो रिलिज भएको छ । यसको पूरा भिडियो चाँडै नै रिलिज हुने बताइएको छ ।

सलमान खान यसअघि हिरो र रेस–थ्रीका लागि गीत गाइसकेका छन् । फिल्म नोटबुकको जुन गीत सलमानले गाएका छन् त्यो सुरुमा पाकिस्तानी गायक आतिफ असलमको आवाजमा रेकर्ड गरिएको थियो । तर पुलवामा हमलापछि आतिफको गीत फिल्मबाट हटाइएको थियो । अब सलमान आफैंले यो गीत गाएका छन् ।

इन्टरनेटमा उड्यो मजाकः

सलमान खानको गाएको गीतको टिजर रिलिज भएपछि धेरैले उनको आवाज मन नपरेको भन्दै टिप्पणी गरे । कतिले सलमानको आवाज एडिट गरिएको आरोप लगाए भने कतिले सलमानको आवाजको गीतको मजाक उडाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप