बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

शहिद गङ्गालाल श्रेष्ठको जन्म शताब्दी भोलि, प्रचण्डले संवोधन गर्ने

शनिबार, ०२ चैत २०७५, १२ : १०
शनिबार, ०२ चैत २०७५

काठमाडौं– शहिद गङ्गालाल श्रेष्ठ जन्मेको एकसय वर्ष पूरा भएको छ । श्रेष्ठको जन्म शताब्दीको अवसरमा आईतबार काठमाडौंको बसन्तपुरमा विशेष कार्यक्रमको आयोजना गरिने बताईएको छ ।

सोमबार बसन्तपुरमा आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाका सचिवालय सदस्य एवं पूर्व प्रधानमन्त्री माधव नेपाल र कांग्रेस सभापती शेर बहादुर देउवाले संवोधन गर्ने भएका छन् ।

मध्यान्ह १ बजे बसन्तपुरमा जन्म शताब्दी सभा हुनुअघि रामेछाप–काठमाडौं सम्पर्क मञ्च र संघीय जनसम्पर्क मञ्च रामेछापले विशेष झाँकी सहित –याली निकाल्ने आयोजकमध्येका ईलक सिंह तामाङले जानकारी दिएका छन् । उनका अनुसार सभा हुनुअघि गंगालाल श्रेष्ठको प्रतिमा भएको स्थान शोभा भगवतीमा माल्यार्पण गरिने छ ।

वि.सं. १९७५ सालमा रामेछापको भँगेरीमा जन्मेका शहिद गङ्गालाल श्रेष्ठलाई राणा शासन बिरोधी गतिविधी गरेको भन्दै १९९७ साल माघ १५ गते सेन्ट्रल जेलबाट घरछेउको बाटोहुँदै विष्णुमती किनारमा रहेको शोभा भगवतीमा गोली हानेर मृत्युदण्ड दिईएको थियो ।

नेपालको राजनीतिक परिवर्तनको आन्दोनमा एक धरोहर गङ्गालालको जन्म शताब्दी मनाउनका लागी ‘शहिद गंगालाल श्रेष्ठ जन्मशताब्दी आयोजना समिति’ बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप