वैदेशिक रोजगारीमा गएका महिलासँगै भित्रिन्छन् शिशु
काठमाडौं - पछिल्लो सन्तान हुर्कदै गरेको देख्दा झापाकी कविता (नाम परिर्वतन) को मन पटक्कै खुसी हुँदैन । बच्चाको अनुहार हेर्दै जाँदा जब विगत सम्झिन्छिन्, उनको तनाव झनै बढ्छ ।
घरपरिवार र आफन्तले स्वीकृति नदिँदानदिँदै वैदेशिक रोजगारीमा गएकाले कतिपय बेला गल्ती गरिएको पनि लाग्छ उनलाई । वैदेशिक रोजगारीमा जान उनको रहर त कहाँ हो र ? १० कक्षासम्म अध्ययन गरेकी उनको चहना सकेसम्म स्वदेशमै केही गरौँ भन्ने थियो । स्वदेशमा बस्दा चाहाना पूरा हुन नसकेपछि ६ वर्षअघि उनको साहारा बनेको थियो वैदेशिक रोजगार ।
त्यही वैदेशिक रोवगार उनको लागि ‘ताँवाको माछो भुङ्ग्रोमा....’ परे जस्तै भएको छ । त्यो पनि दुई वर्षलाई होइन, जिन्दगीभरिलाई । आर्थिक अवस्था सुधार गर्न भन्दै विदेश गएकी २७ वर्षीय कवितको वैदेशिक रोजगारीको आर्थिक अवस्था सुधार गुर्नको साटो साहुले जवरजस्ती करणी गरी जन्मेको सन्तानलाई कसरी हुर्काउने भन्ने समस्या थपिएको छ । यो समाचार रुद्र खड्काले नागरिकमा लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै