सिरक उद्योगमा आगलागी, १५ लाख बराबरको क्षति
शुक्रबार, ०१ चैत २०७५, २० : ५१
दाङ । यहाँको एक सिरक डसना उद्योगमा आज आगलागी हुँदा करीब रु १५ लाख मूल्य बराबरको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार नुवाकोटको मेगङ गाउँपालिका–३ का अनिल गुरुङले घोराही उपमहानगरपालिका–१० नारायणपुरस्थित प्रकाश न्यौपानेको घरमा सञ्चालन गर्दै आइरहेको सिरक डसना उद्योगमा आगलागी हुँदा उक्त क्षति भएको हो ।
कारखानामा विद्युत् सर्ट भई आगलागी हुँदा कारखानामा रहेका सिरक, डसना, कपास र मेशिनसहित करीब रु १५ लाख बराबरको क्षति भएको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।
आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । दमकल, प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
-
अङ्ग्रेजसँगको युद्धमा मधेसका जनताले लडेको इतिहास झल्काउने 'स्मृति उद्यान' बजेट अभावमा अलपत्र
-
इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति
-
माथिल्लो अरुणको वित्तीय व्यवस्थापन विश्व बैंकले गर्ने करिब निश्चित
-
नेपाली सेनाले माग्यो रिक्त पदमा दरखास्त (सूचनासहित)
-
सुशासन समितिको बैठक बस्दै, फास्ट ट्र्याकका बारेमा छलफल हुने